Top Navigation
Main Navigation
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार २४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • अञ्जना, अग्रिमा, निकिता र बिष्णा सेमिफाईनलमा
अञ्जना, अग्रिमा, निकिता र बिष्णा सेमिफाईनलमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, साउन १३, २०७९

काठमाडौ । बेलटार एकेडेमीकी अञ्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी बिष्णा बिष्ट स्पोर्ट्स हव नेपाल प्रा लिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको शिर्ष २० बाहेककाको महिला एकल तर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

अञ्जना राईले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेकी हुन् ।

यस्तै सेमिफाईलन प्रवेश गर्ने क्रममा अग्रिमा भण्डारीले सेनाकी प्रियांशी बमलाई २१–१६, १५–२१, २१–१९ ले पराजित गरिन् भने निकिता लामाले १६ फिदरकी रिहाना शेरचनललाई २१–११, २२–२० ले तथा बिष्णा बिष्टले बेलटारकी रोजी राईलाई २०–२२, २१–१२, २१–१२ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेका हुन् ।

शिर्ष २० बाहेकका पुरुष युगल खुलातर्फ सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडीले लाफा समुह बुटवलका मनोज फौदार र बिवेक न्यौपानको जोडीलाई २१–१९, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए ।

Nepal Oil Corporation

यस्तैगरि सेमिमा स्थान बनाउने क्रममा नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीले तीनचुलीका निश्चल खत्री र श्रीजल पोखरेलको जोडीलाई २१–१९, २०–२२, २१–१८ ले, सुर्यदर्शनका जुम्ल्याहा दाजुभाई राम मल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीको जोडीले पुलिसका हिरा राई र सुर्य दर्शनका दीपक रानालाई २१–१९, २१–१७ ले तथा तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापाको जोडीले सेनाका हिमाल चन्द र सन्तोष पनेरुको जोडीलाई २१–८, २१–१५ ले पराजित गरेका छन् ।

यु १७ ब्वाईजतर्फ शिल्क ग्रुपका कविर के.सी.ले बेलटार एकेडेमीका सुसन पौडेललार्ई २१–१३, २१–९ ले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरे भने आयोजकका सुनिल कार्कीले १६ फिदरका अभय महरालाई २१–१७, २३–२१ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलमा कविर संगको भेट पक्का गरेका हुन् ।

त्यस्तै लाफा समूहका मनोज फौदारले रिसभ राई २१–१७, २१–१५ ले तथा सेनाका डेभिड थापा मगरले बेलटार एकेडेमीका केनिश मगरलाई २१–५, २१–१३ ले पराजित गर्दै सेमिमा स्थान बनाए ।

पुरुष ४५ बर्ष माथिको स्पर्धामा जेष्टका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीले जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । उक्त जोडीले टोखाका कान्छा नारायण महर्जन र मानकाजी श्रेष्ठको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका छन ।

यस्तै चितवनका खुश गुरुङ्ग र तनहुका मानबहादुर रानाको जोडीले आयोजकका सुरेनबहादुर आले र लाक्पा शेर्पालाई २१–१७, ८, ७–२१, २१–१९ ले, आबिएमएसका किशान छयाम्जुङ्ग र राजेश शाक्यको जोडीले देविनगरका दिल कार्की र चन्द्र खापुङ्गको जोडीलाई १४–२१, २२–२०, २१–१८ ले तथा पिएफसीका पुर्ण हरि होना र सञ्जय कपालीको जोडीले चन्द्रागिरीका विरेन्द्र बिष्ट र हरि खत्रीको जोडीलाई २१–१७, २१–१७ ले पराजित गर्दै सेमिफाईनलमा स्थान पक्का गरेका छन् ।

सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेनबहादुर आले र ईन्द्र महताको जोडी, चितवनका खुस गुरुङ्ग र तनहुका मान बहादुर रानको जोडी, सामाखुसीका बिष्णु राना र टिका थापा मगरको जोडी तथा आयोजकका सानबहादुर साम्बा र लाक्पा शेर्पाको जोडी पनि जित निकाल्दै सेमिफाईन प्रवेश गरेका छन् ।

त्यस्तै, ५५ बर्ष माथिको खेलमाम बसुन्धाराका पुर्णचन्द्र जोशी र उमेश के.सी.को जोडी, पाँचथरका मनि कदङ्गवा र गणेश सुब्बाको जोडी, बुटवलका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी तथा पोखराका रमेश भट्टचन र कमल थापाको जोडी पनि जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २०:१७
##Badminton
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ३ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ४ तुलसीपुरको पातुखोला जीर्ण पुलमा श्रमदानबाट तटबन्ध निर्माण
  • नंः ५ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्