Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • वर्षेनीको बाढी-पहिरो समस्या
वर्षेनीको बाढी-पहिरो समस्या सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, साउन २२, २०७९

हरेक वर्षको असार-साउन तथा भदौ यी तीन महिना नेपालको लागि दशाको महिनाको रुपमा लिइने गरेको छ । यी तीन महिना बर्षादको महिना भएको कारण कतिखेर अनि कहाँ बाढी–पहिरो गएर वितण्डा मच्चाउने हुन भन्ने हरपल डरै डर हुने गर्दछ ।

यो डरको घर विगतमा झै यो बर्षपनि कायमै रहेको छ । नेपाल जस्तो गरिबी देशको लागि बाढी-पहिरो भनेको थप गरिबीको उपज हो । यो बर्षपनि ठाउँ-ठाउँमा बाढी-पहिरोले गर्दा नेपाली जनतालाई आक्रान्त पारेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको विवरणअनुसार बाढीपहिरोका कारण विगत १० वर्षमा झन्डै २,००० जनाको मृत्यु भएको छ भने ७२,००० भन्दा बढी घरपरिवार प्रभावित भएका छन् ।

त्यस अवधिमा बाढीपहिरोकै कारण १८ अर्ब भन्दा बढीको क्षति भएको विवरण केन्द्रले राखेको छ । उक्त अवधिमा पहिरोका मात्र २,००८ घटना भएका छन् भने १,०५३ जनाको पहिरोका कारण निधन भएको छ । पहिरोले विगत १० वर्षमा ७,००० भन्दा बढी घरपरिवारलाई प्रभावित पारेको छ । जुन अत्यन्त दुःखदायी आँकडा हो ।

केन्द्रको विवरणमा २०७२ सालयता पहिलेको तुलनामा पहिरोका घटनामा वृद्धि हुँदै गएको देखिन्छ । पछिल्ला वर्षहरूमा विशेषगरी बाढीपहिरोका घटना बढ्नुमा मानवीय कारण मुख्य दोषी देखिएको छ । उनीहरूका अनुसार समथर स्थानमा बाढी र डुबान देखिनुमा नदी वा पानी बग्ने क्षेत्रहरूको अतिक्रमण मुख्य कारण रहेको देखिएको छ ।

पहाडमा पहिरो जानुमा चाहिँ जथाभाबी मेसिन चलाएर बाटो खन्ने प्रवृत्ति मुख्य कारण बनेको छ । गाउँघरमा पहिले आफ्नो खेतबारी र जङ्गल वा सरकारी जग्गाको सीमामा कुलेसो खनेर त्यसलाई नजिकैको प्राकृतिक खोल्सामा लाने चलन रहेको थियो । त्यस्तो चलन अहिले गाउँमा वृद्धवृद्धा मात्र हुँदा हराएको र वर्षाको भेल खेतीयोग्य बारीको कमलो माटोमा झर्दा पहिरो बढ्ने गरेको पाइएको छ ।

मानविय तथा प्राकृतिक जे-जस्तो कारणवाट बाढी-पहिरो गएतापनि दुःखदायी घटना तथा परिघटना हो । यसलाई निराकरण गर्न र गराउन समयमा नै स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मका तीनै तहका सरकारले ध्यान दिनु अत्यन्त जरुरी छ ।

अनि याे पनि : 

  • नामी साप्ताहिक ई-पेपर 
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  ०९:०२
##Nami
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्