Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • ठूला अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन
ठूला अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन २५, २०७९

काठमाडौँ । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् ।

ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ ।

अस्पतालका निर्देशक डा मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताए ।

उनका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र (आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ ।

अस्पतालले फोहर सङ्कलन गर्ने क्रममा नै वर्गीकरण गरी सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा रावलले जानकारी दिए ।

“हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ”, उनले भने, “मानव अङ्ग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौँ र अरु फोहरलाई निर्मलीकरण गर्दछौँ ।” 

अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनी बताउँछन् ।

“पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या पर्याे । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो,” उनले भने, “सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौँ । सोही अनुसार फोहर व्यवस्थापन गर्नुभयो ।”

इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताउँछन् । अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् ।

“सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौँ”, उनले भने, “फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौँ ।” टेकु अस्पतलामा कोभिड-१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनी बताउँछन् ।

 सामानलाई त्यतिकै राखेर पछि कोभिड-१९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ ।

अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ रहेको छ । उनले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए ।

उनका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ ।

अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ । निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ ।

अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताउँछन् । उनले काठमाडौँ महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताए ।

 यसका साथै अस्पतालले मानवअङ्ग र  जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनी बताउँछन् ।

“जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौँ”, उनले भने, “धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौँ ।” अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ।

प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १८:००
##sukrarajtropicalhospital
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प बुधबार, भदौ २४, २०८३
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ?
हराएका व्यक्तिको डिएनए परीक्षण कसरी हुन्छ ? मंगलबार, भदौ १६, २०८३
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग मंगलबार, भदौ ९, २०८३
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
लाेकप्रिय समाचार
  • नंः १ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः २ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ३ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्