Top Navigation
Main Navigation
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, वैशाख २६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्य
नेपाली कम्युनिष्ट आन्दोलनको विगत, वर्तमान र भविष्य
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, साउन २८, २०७९

नेपालमा राजा विरोधी आन्दोलनका पहिलो विद्रोही योद्धा थिए लखन थापा मगर । उनलाई विसं. १९३३ सालमा मृत्युदण्ड दिएर सामन्ती शाही शासकहरुले आफ्नो सत्ता विनासको निम्तो दिएका थिए ।

बिसं १९९७ सालमा आएर पुर्नजागृतको रुपमा परिणत हुँदा विद्रोहको विऊ टंकप्रसाद आर्चायको नेतृत्वमा रोपियो, त्यसले प्रजापरिषद गठन गर्यो । जसले राजा शाहीहरुका विरुद्धमा पर्चाबाजी सुरु गरेको थियो ।

तत्पश्चात राजधानीमा आम गिरफ्तारी गर्दै राणाशाही विरोधी विद्रोहीहरु सुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ सहित चार जनालाई तत्कालिन तानाशाही सरकारले प्राणदण्ड दिएको थियो । त्यसैगरी छत्तिस जनालाई कारावासको दण्ड दिइयो । केहिलाई चेतावनी दिएर राजाशाहीहरुले आफ्नो लुटको साम्राज्यमा आधिपत्य जमाई राखे । देखा परेका फलामे काँडाहरुलाई ठेगान लगाए ।

१९९७ सालको काण्डपछि विस्तारै मुलुकभर राणासाही विरोधी स्वरहरु गुन्जीन थाले । भित्र भित्रै विद्रोहका मुनाहरु पलाउन थाले । त्यतिवेलासम्म एकछत्र जहानियाँ राणाशासन कायमै थियो । मुलुकमा जर्जर सामन्ती शासकको थिचोमिचो व्याप्त थियो । कहालीलाग्दो शोषण, अन्याय, अत्याचार र भ्रष्टाचारले सीमा काटेको थियो ।

त्यसै समयमा क.पुष्पलाल श्रेष्ठ जो सहिद गंगालाल श्रेष्ठका भाई थिए । उनको पहलमा कलकत्ताको स्यामबजारस्थित नवीन गल्लीको एउटा वङ्गालीको घरमा लेनिनको जन्म जयन्तीको अवसर पारेर २००६ साल वैशाख १० गते (२२ अप्रिल १९४९) नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिकता सहित विधिवत जन्म भयो ।

नेपाल कम्युनिष्ट पार्टीको गठनको २ दिन पछाडि वैशाख १२ गतेको वैठकले क.पुष्पलाल श्रेष्ठलाई महासचिव निर्वाचित गर्यो र संस्थापक केन्द्रिय समितिमा क.निरञ्जन गोविन्द वैद्य, क.नरवहादुर कर्माचार्य, क. नारायणविलास जोशी र क. मोतिदेवी श्रेष्ठ सहित पाँच जनाको कमिटी गठन भयो ।

नेपाल कम्युनिष्ट पार्टी गठनको चार महिना पछाडि २००६ भाद्र ३० गते ने.क.पा गठनको औपचारिक जानकारी गरियो । औपचारिक घोषणा गर्दा केन्द्रिय कमिटीमा क.पुष्पलाल श्रेष्ठको नेतृत्वमा मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारी र माईसाप भनिने अयोध्या सिंह मात्र थिए ।

उक्त कमिटीमा महासचिव क.पुष्पलाल नै थिए । कलकत्ताको स्यामबजारमा गठन हुँदा बैशाख १० गते २००६ सालको केन्द्रिय समिति नै भाद्र ३० गते २००६ मा आईपुग्दा चार महिनाको छोटो अवधिमा नै संस्थापक चार जना हटेका थिए । उनीहरु कसले र कसरी हटे आजसम्म विवादमै छ ।

कम्युनिष्ट पार्टी स्थापनाकालदेखि नै विवादको सिकार हुनु पुगेको देख्न सकिन्छ । २००८ असारमा नेकपाको पहिलो सम्मेलन कलकत्तामा नै भएको थियो । जसलाई क.पुष्पलालले पार्टी विवादको सिकार हुन पुगेको देख्न सकिन्छ । २००८ असारमा नेकपाको पहिलो सम्मेलन कलकत्तामा नै भएको थियो । जसलाई क.पुष्पलालले पार्टीभित्र संशोधनवादको प्रवेश भएको भनेपनि पार्टी भित्रको यो पहिलो सैद्धान्तिक वहसको उपमा दिइएको थियो ।

पार्टीभित्रको आन्तरिक संघर्षको रुपमा गणतन्त्र कि संवैधानिक राजतन्त्र ? भन्ने सैद्धान्तिक वहसमा गणतन्त्रको पक्षमा क. पुष्पलाल उभिएका थिए भने संवैधानिक राजतन्त्रको पक्षमा क.मनमोहन अधिकारी उभिएका थिए । गणतन्त्रको पक्षमा उभिएका क. पुष्पलाललाई महासचिवबाट हटाईयो । यसले पार्टीभित्र संशोधनवादको प्रवेश भएको स्पष्ट हुन्छ ।

स्थापनाकालदेखि नै संख्या, विवाद अस्पष्टता र छलकपटबाट कम्युनिष्ट आन्दोलन  आरोपित भएको देखिन्छ । कम्युनिष्ट पार्टी र त्यसका नेतृत्व संङख्या र विवादको ७३ वर्षे इतिहासवाट कहिल्यै मुक्त हुन सकेनन् । ‘हुने विरुवाको चिल्लो पात’ भनेझै इतिहासको जगमा वर्तमान उभिएको हुन्छ । वर्तमानको जगले भविष्य निर्माण हुन्छ

आजका हाम्रा कम्युनिष्ट पार्टीका नेतृत्वको वैचारिक विचलनताले र सैद्धान्तिक अकर्मण्यताले कम्युनिष्ट आन्दोलनको भविष्य पतनवादको खाल्टोतिर जाँदैछ भन्ने दृश्य प्रष्टै छ । नेकपा स्थापनाको ४ वर्षपछि २०१० सालमा पार्टीको पहिलो अधिवेशन भयो । उक्त अधिवेशनमा क. मनमोहन अधिकारीले २००६ सालमा नेकपाले जारी गरेको प्रथम घोषणापत्र नै संशोधनको प्रस्ताव राखेर संशोधन गरी गणतन्त्रवादी घोषणा पत्रलाई असफल बनाएर वैज्ञानिक राजतन्त्र स्वीकार गरेको थियो ।

वास्तवमा २०४७ सालमा गठन भएको नेकपा एमालेको लाईन नै क. मनमोहनले २०१० सालमा पारित गराएको संशोधन अनुसार थियो । जसको नेतृत्व मदन भण्डारीदेखि माधव, झलनाथ, वामदेव, केपीसम्मले गरेको इतिहास घामझै छर्लङ्ग छ । जुनवेला मनमोहन अधिकारीले प्रस्तुत गरेका प्रस्तावमा प्रथम घोषणापत्रको वामपन्थी मुलहरुलाई सुधार्नुपर्ने उल्लेख गरेका थिए ।

यसरी नै उनले नेकपालाई वैधानिक राजतन्त्र र संसदीय अभ्यासको लाईनको पक्षमा अगाडी बढाए । मनमोहनको त्यहि संशोधनवादी लाइनका कारण केशरजंग रायमाझी प्रवृत्तिको जन्म भएको हो भन्ने कारणको अरु प्रष्टिकरण दिन पर्ने देखिदैन । त्यसैकारण पनि नेकपामा पहिलो फुट भएको बुझन सकिन्छ ।

दोस्रो महाधिवेसनबाट उनै दरवारको दानापानी खाएका केशरजंग रायमाझी महासचिव बने । परिणामस्वरुप २०१९ सालमा नेकपाले पहिलो विभाजनको कलंक व्यहोर्नुपर्यो । जुनवेला २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई जेल हाल्दा कम्युनिष्ट पार्टीका महासचिव रायमाझी निंरङकुसताको पक्षमा उभिएर राजाको त्यो कदमको खुलेरै स्वागत गरे । त्यहि नै नेकपा फुटको मुख्य कारण वन्न पुग्यो ।

राजाको त्यो निरङकुसताको विपक्षमा भने क. पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, तुल्सीलाल अमात्य र मनमोहन अधिकारी थिए । रायमाझी अन्ततः राजदरवारको जुठो खिचडीको स्वादमा फस्न पुगे । त्यसैविचमा पुष्पलाल, तुलसीलाल, मोहनविक्रम र मनमोहनहरुको पनि विभाजनका श्रृङखलाहरु एकपछि अर्को फुटको सिकार हुन थाले ।

जसले गर्दा २०२३ सालसम्म आइपुग्दा नेपालमा कम्युनिष्ट पार्टीहरु लगभग अवसानको संधारमै पुगेका थिए । 
यस्ता टुट, फुट र विभाजनको मुख्य कारकतत्व भनेकै विशेषतः दक्षिणपन्थी संशोधनवाद, व्यक्तिवादी अवसरवाद, अस्पष्टतावादी  पतनवाद र दलाल सामन्तवादी परस्तवाद नेकपा स्थापनाकाल देखिनै हुर्किदै आएको बुझन गाह«ो नपर्ला । यथास्थितिवादको आवरणभित्र संशोधनवादको घुसपैठ भएको प्रष्ट बुझन माक्सवादी दुष्मनका विद्यार्थीहरुलाई गाह्रो नपर्ला ।

त्यसपछि एकातिर पुर्व मेचीकोशी प्रान्तिय कमिटि गठन भयो भने अर्कोतिर केशरजंग रायमाझीको समुहमा पनि विभाजन आयो । एकवर्षपछि क.पुष्पलालले नेकपाको तेस्रो महाधिवेशन गरे । त्यो पनि २०२५ सालमा विभाजित भयो । पार्टीका शिर्षस्थ नेताहरु तुल्सीलाल र पुष्पलाल पनि छुट्टिए ।

२०२८ सालमा आएर नेपाली कम्युनिष्ट आन्दोलनमा दुई वटा लाइनहरु प्रष्ट देखा परे । एउटा झापा जिल्ला कमिटी र अर्को केन्द्रिय न्यूक्ब्लियस थियो । जसको नेतृत्व सीपी मैनालीले झापा आन्दोलन गरेका थिए भने मोहनविक्रम सिंहले पञ्चायत विरुद्ध भारतीय विस्तारवाद र सामन्तवाद विरुद्धको आन्दोलनको नेतृत्व गरेका थिए ।

२०२८ सालदेखि यता यी दुई समुहहरुविच दर्जनौ पटक विभाजनका तिता–नमिठा अनुभवहरु नेपाली कम्युनिष्ट आन्दोलनले भोग्दै आएको इतिहास छ । २०२८ सालदेखि वैचारिक र सैद्धान्तिक रुपमा यी दुई समूहविच निकै फराकिलो ध्रुविकरण झण्डै ५० वर्ष भन्दा वढी नै रह्यो। २०३१ सालमा मोहनविक्रम र निर्मल लामाको नेतृत्वमा चौथो महाधिवेशनद्धारा नयाँ जनवादी गणतन्त्र स्थापनाका लागि सशस्त्र सधर्ष गर्ने प्रस्ताव पारित भयो ।

२०३५ सालमा नेकपा (माले) ले पनि जनवादी क्रान्ति, पुजिँवादी क्रान्ति, सर्वहारा वर्गको अधिनायकत्व, जनताको जनवादी गणतन्त्रमा जोड दिँदै ने.क.पा मालेको स्थापना भयो । २०३६ सालमा फेरी मनमोहन अधिकारीले नेकपा मनमोहन समूह गठन गर्दै रणनीतिक नयाँ जनवादी गणतन्त्र र कार्यनीतिक प्रजातन्त्रको पुनः स्थापना जनमत संग्रहमा वहुदललाई भोट माग्ने लाईन पास गरे ।

२०४२ सालमा नेकपा माक्सवादी गठन मनमोहन अधिकारीकै अध्यक्षतामा भयो । महासचिव मनमोहन अधिकारी, सचिव सहाना प्रधान र वलराम उपाध्यायसँगै सदस्यहरुमा भरतमोहन अधिकारी सिद्धिलाल सिंह, कमल कोइराला, केशरमणि पोखरेल, बोधराज काफ्ले, माधव ज्ञवाली, शरणविक्रम मल्ल, तिलक पराजुली,  एकराज पाण्डे, रामसिंह रावल, राम वहादुर भण्डारी, वीर्णबहादुर कार्की, समिर यादव, दुखीलाल चौधरी, भिम सँेढाई, महेश्वर शाह आदि समेत थिए ।

२०४७ सालको पौषमा नेकपा माक्सवादी सातौं सम्मेलन नेकपा माक्सवादी र नेकपा मालेको संयुक्त भेलाद्धारा नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी र लेलिनवादी नामाकरण नेकपा (एमाले) गठन त्यसभन्दा अगाडि २०४६ सालको पौषमा नेकपा माक्सवादी सातांै सम्मेलन नेकपा माक्सवादी र नेकपा मालेको संयुक्त भेलाद्धारा नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी र लेलिनवादी नामाकरण नेकपा (एमाले) गठन त्यसभन्दा अगाडि २०४६ सालको जनआन्दोलनमा तुलसीलालको अध्यक्षतामा बसेको वैठकले संयुक्त वाममोर्चाको गठन सहाना प्रधानको अध्यक्षतामा २१ सदसीय संयुक्त वाममोर्चा गठन भयो ।

संयुक्त वाम मोर्चामा संलग्न पार्टीहरु यस्ता थिए । नेकपा माक्सवादी, नेकपा माक्सवादी लेलिनवादी, नेकपा चौम, नेकपा अमात्य, नेकपा मानन्धर, नेकपा वर्मा, नेमकिपा (रोहित) स्वतन्त्र वामपन्थी पदमरत्न तुलाधर थिए भने अर्कातिर संयुक्त जनआन्दोलन समितिमा नेकपा मोटो मसाल, नेकपा मसाल, नेपाल कम्युनिष्ट लिग, नेकपा मालेमा (कृष्णदास) र स्वतन्त्र वामपन्थी नेता गणेश पण्डीत पनि थिए । २०४६ सालको आन्दोलन निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातान्त्रिक वहुदलिय व्यवस्थाको स्थापनाको पक्षमा थियो ।

२०४६ साल यता पनि नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन र एकताका इतिहास निकै छन् । ने.क.पा (एमाले) को २०५४ सालको विभाजन भई २०५८ सालमा एकता उता माओवादीको इतिहास पनि टुटफुट विभाजनका विनासकारी पहिरोवाट गुज्रिदै आएको थियो । नेकपा चौमबाट लागेको फुटको पहिरो २०७९ सालसम्म पनि रोकिएन । पुष्पलाल, निर्मल लामा, मोहन विक्रम, मोहन वैद्य (किरण) हुँदै पुष्पकमल (प्रचण्ड) सम्म आइपुग्दा माओवादी आन्दोलनभित्र ठूला-साना गरि २०४१ सालदेखि झण्डै २०७९ सम्म आइपुग्दा विभाजनका पहिराहरु अनगिन्ती देख्न सकिन्छ ।

क्रान्तिको चरित्र, वर्ग संघर्ष र समाज परिवर्तनका विषेशताहरुलाई नेतृत्वले सहि ढंगले बुझन नसक्दा समाजको परिवर्तनका मुख्य सम्भावनाहरु पनि पतनवादको बाटो रोज्न वाध्य हुनेछन् । २०५२ साल फागुन १ गतेबाट दिर्धकालिन जनयुद्धको बाटो तय गरी प्रतिक्रियावादी राज्यसत्तालाई परस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि वढ्दै, आधार इलाका निर्माण गर्दै जनमुक्ति सेनालाई सशक्त पार्दै अघि वढ्दै गयो । हजारौ मानिसहरु सहिद भए । हजारौ वेपत्ता भए । हजारौ घाइते अपाङ्ग भए । अन्तत १० वर्षपुग्दा नपुग्दै माक्सवादी लेनिनवाद र माओवादको झण्डा दह्रोेसित समात्ने कि संशोधनवाद विस्तारवाद र साम्राज्यवाद परस्त चिन्तन र व्यवहारलाई ढुलमलित गर्न दिने भन्ने प्रश्नको वहस चलाउन र ऐतिहासिक निर्णय लिन चुनवाङ बैैठक २०६२ साल असोजमा वस्यो ।

बैठकले शान्तिपूर्ण राजनीतिमा प्रवेश गर्ने निर्णयसँगै सात राजनीतिक दलसँग १२ बुँदे सम्झौता भयो । त्यो निर्णय निरंकुश राजतन्त्र अन्त्य गरी पूर्ण लोकतन्त्रको स्थापना गर्ने, शान्ति स्थापना गर्दै राजनीतिक आर्थिक, सामाजिक, सांस्कृतिक सबै खाले वर्गिय, जातिय, क्षेत्रिय र लिङिगए समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्ने समझदारी भयो।

सोही अनुरुप निरंकुश राजतन्त्र विरुद्ध देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधिवेरी सृजना भयो । १० वर्षे जनयुद्ध १९ दिने जनआन्दोलनको बलमा २४० वर्षे सामन्ती निरंकुश राजतन्त्रको विधिवत रुपमा अवसान भयो  । २०६४ साल चैत्र २८ मा संविधान सभाको निर्वाचन सम्पन्न भयो । माओवादी सबैभन्दा ठूलो पार्टी भयो । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड भए ।

तर पहिलो संविधानसभावाट संविधान निर्माण हुन सकेन र दोस्रो संविधान सभाको निर्वाचन २०७० मंसिर ४ मा सम्पन्न भयो । २०७२ असोज ३ गते संविधान सभाद्धारा नेपालको संविधान २०७२ जारी भयो । त्यसविचमा पनि कम्युनिष्ट पार्टीहरुमा राजनीतिक आरोह तथा अवरोह भने कायमै रहे । २०१९ सालमा बनारसबाट छुटिटएका दुई धारहरु २०७५ जेष्ठ ३ मा नेकपा माओवादी केन्द्र र नेकपा  एमालेविच पुनर्मिलन भयो । त्यो पनि लामो समय टिक्न सकेन । तिन वर्ष पार गर्दा नगर्दै फेरी २०७५ जेष्ठ ३ को पुनर्मिलनले २०१९ सालको दोस्रो रुप लिएर विभाजन भयो ।

एउटा कुरा के बुझन जरुरी छ भने कम्युनिष्ट पार्टीको घोषणापत्र प्रकाशन यताका मात्र इतिहास हेर्ने हो भनेपनि साम्राज्यवादले कम्युनिष्ट पार्टीको घोषणा पत्रले अघि सारेको मान्यताका विरुद्ध कसरी एकिकृत शक्ति प्रयोग गर्यो र गरिरहेछ भन्ने विषय बुझ्न त्यति गाह्रो नपर्ला । नेपाली कम्युनिष्ट आन्दोलनका इतिहास हेर्दा ठूला–ठूला परिवर्तनको मुख्य व्यक्ति वन्न सक्ने तर जुटेर भन्दा फुटेर कलङ्कको पगरी लाउन पछि नहट्ने संशोधनवादी मनोविज्ञानको उपज आज कम्युनिष्ट आन्दोलनकै इतिहासको जगमा उभिएको वर्तमान र भविष्यको धरासयीको दोसाँधमा छ ।

यसले नेपाली समाज र सिंगो कम्युनिष्ट आन्दोलनको भविष्य के र कस्तो होला ? आम माक्सवादी दर्शनबाट प्रशिक्षित नेता–कार्यकर्ताहरुले के बुझेका होलान ? तर पनि कम्युनिष्टहरु आशावादी हुन्छन् ।

परिस्थितिले अवसरवादी भएकाहरु फेरिपनि सुध्रिन सक्दछन् । नेताहरुले अवसरवादी भएर मैमत्ता हुँदा कैयाै‌ पटक इमानदार कार्यकर्ताहरुले दक्षिणपन्थीका वारहरु भत्काएर पार्टी र नेतृत्वलाई सहि बाटोमा ल्याएका उदाहरण हामी सामु छर्लङ्गै छ । यी र यस्ता प्रवृत्तिका विरुद्धमा आगामी दिनमा एकपछि अर्को घटनाले क्रान्तिकारीहरुको चेतनाको आँखा खुल्दै जानेछ ।

कम्युनिष्टहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुपर्दछ । २००६ सालदेखि २०७९ सालसम्मका नेपाली कम्युनिष्ट आन्दोलनका कमी–कमजोरी र हाम्रो परिस्थितिलाई सहि विश्लेषण नगर्ने हो भने ? कम्युनिष्ट पार्टीका विचार र आन्दोलन अगुवाईबाट प्राप्त भएका ७३ वर्षसम्म लामो कम्युनिष्ट आन्दोलनमा सहभागी भएर समर्थक तथा शुभचिन्तकहरुले गरेको शहादत, रगत, पसिना बगाएको र भोगेको जेल–नेल यातना लगायत लाखौंलाख कम्युनिष्टप्रतिको आकर्षण जनताको पीर मर्कामा गाएका गीत, लगाएका नारा, लेखिएका कविता व्यर्थ हुन्छन् ।

आज यस घडीसम्म आइपुग्दा त्यसबाट उत्प्रेरित विभिन्न वर्ग र समुदायका आम नेपाली समाज सिंगो कम्युनिष्ट आन्दोलनको एउटा परिवार हो । कम्युनिष्ट आन्दोलनको इतिहासले आजसम्म यो देशमा ६ जना कार्यकारीणी प्रमुख प्रधानमन्त्री बने । राष्ट्र प्रमुख राष्ट्रपति बने । उपराष्ट्रपति बने । तर जुन वर्गको उत्थानका निम्ति आन्दोलन भयो त्यो कति पूरा भयो कति हुन बाँकी छ । त्यो नेपाली समाजमा प्रष्टै छ ।

इतिहासमा भएका कमजोरी र वर्तमानको दम्भबाट वाहिरन नसके भविष्य अन्धकार हुने निश्चित छ । लामो वर्तमान नेतृत्व वर्गविहिन समाजको सपना देखाउने र वर्ग उत्पादनको राजनीतिक भट्टी बनाउनेसँगै पद–पैसा र पावरमा रमाउने जनतामाथि भावनात्मक सांघातिक आक्रमण गरी जसरी पनि सत्तामा पुग्ने प्रवृतिको निरन्तर जन्म गराउने कार्यकर्ता नेताहरुको निधारमा तेल घसेर, जसरी पनि नेताको स्तुती गरेर आफ्ना महत्वकांक्षाहरु पूरा गर्ने प्रवृतिवाट कम्युनिष्ट आन्दोलनको भविष्य विघटनको रेलझै दौडिरहेको छ ।

समयले नेटो नकाट्दै समिक्षाको हाल अघि सार्न सके विनाशको सूचनालाई टार्न सकिएला । अन्यथा इतिहास र वर्तमान नै खरानीको थुप्रोमा परिणत हुनेगरि विनास नआउला भन्न सकिन्न ।

-लेखक : भुपेन्द्र थापा (माधव)

अनि याे पनि

प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १३:१७
##bhupendrathapa
प्रतिक्रिया दिनुहोस्
थप विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती शुक्रबार, वैशाख २५, २०८३
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना बुधबार, वैशाख २३, २०८३
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति आइतबार, वैशाख २०, २०८३
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ? आइतबार, वैशाख २०, २०८३
सरकारको महिना दिन: असफलता र सफलता   
सरकारको महिना दिन: असफलता र सफलता    शनिबार, वैशाख १९, २०८३
पहिलो माया अमर माया
पहिलो माया अमर माया बिहीबार, वैशाख १७, २०८३
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास
बालबालिकाको माग पूरा गर्ने गलत अभ्यास मंगलबार, वैशाख १५, २०८३
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी  
प्राइभेटमा सरकारी आतंक–बेरोजगार बढाउने बर्बादी   मंगलबार, वैशाख १५, २०८३
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल
बन्द रहेकाे मेराे विद्यालयमा नमिलेको तालमेल सोमबार, वैशाख १४, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
  • नंः २ पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
  • नंः ३ हृदय जोड्ने विवाहमा किन बोझ बन्दैछ सुन र दाइजो ?
  • नंः ४ बालेनको सम्पत्ति छानबिन आयोगः आशा कि नाटक ?
  • नंः ५ सुकुम्बासी व्यवस्थापनमा सरकारको पहलः अवसर र चुनौती
विचार
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती
एकताको सन्देश बाेकेकाे नेकपामा व्यवस्थापनको चुनौती विदुर कटुवाल
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना
नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाः चुनौती र सम्भावना अच्युत प्रसाद नेपाल
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति
पद र मर्यादाक्रममाथिको दम्भः  एउटा सामाजिक र मनोवैज्ञानिक विसंगति शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्