Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • उदयपुर सिमेन्ट उद्योगकाे ५६ करोड सञ्चित नाफा कायम
उदयपुर सिमेन्ट उद्योगकाे ५६ करोड सञ्चित नाफा कायम
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, साउन ३०, २०७९

उदयपुर । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार ४ सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९०.५२ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा करिब ४ लाख बोरा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरिएको उद्योगले जनाएको छ ।

तीन दशक पुराना मिल तथा मेशिनको मर्मतसम्भार गरी उद्योगले उक्त उपलब्धि हासिल गरेको हो ।

लहानस्थित नेपाल विद्युत् प्राधिकरणको ट्रान्सफर्मरमा आएको गडबडीका कारण बिक्री लक्ष्य भेट्टाउन नसकिएको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी दिए ।

उद्योगले गत असारमा ३ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य राखेको थियो । असारमा करिब १० दिन मात्रै उद्योग सञ्चालनमा आएको थियो । दस दिनमा उद्योगले ८७ हजार १ सय ३३ बोरा सिमेन्ट उत्पादन गरेको थियो ।

गत आव २०७८/०७९ मा मूल्य अभिवृद्धि करबापत १८ करोड ८२ लाख ६२ हजार २ सय २७, अन्तःशुल्क बापत २ करोड ३८ लाख ९६ हजार ६ सय ९, अग्रिम करबापत १ करोड ६० लाख २९ हजार ९ सय ७९, रोयल्टी बापत ८३ लाख ५२ हजार ५ सय ८०, प्रदूषण शुल्क ५४ लाख ३२ हजार सङ्कलन गरी भुक्तानीका क्रममा रहेको उद्योगले जनाएको छ।

उद्योगले अघिल्लो आवको तुलनामा गत आवमा दैनिक उत्पादन क्षमतामा भारी वृद्धि गरेको छ । अघिल्लो आवमा औसत दैनिक ४ हजार ८ सय ४४ बोरा सिमेन्ट उत्पादन भएकामा गत आवमा ७ हजार २ सय ४२ बोरा सिमेन्ट उत्पादन गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

थप लगानी गरेर दैनिक २२ हजार बोरा सिमेन्ट उत्पादन गर्न सकिने उद्योगको क्षमता रहेको महाप्रबन्धक गोपी न्यौपानेले बताए । “करिब ५६ करोड थप लगानी गर्न सके प्रतिदिन १ हजार १ सय मेट्रिक टन अर्थात् दैनिक २२ हजार बोरासम्म उत्पादन हुन सक्नेगरी ‘अपग्रेडेशन’ गर्न सकिने अध्ययनबाट देखिएका छन्”, उनले भने ।

आव २०७७/०७८ सम्म उद्योगको उत्पादन ३० प्रतिशतमा सीमित थियो । आव २०७८/०७९ मा भने उद्योगको उत्पादन वृद्धि भएको छ । सो वर्ष उद्योगले कूल क्षमताको ३९.१९ प्रतिशत सिमेन्ट उत्पादन गर्न सफल भएको छ ।

उद्योगलाई नाफामा लैजान कम्तीमा ५० प्रतिशतभन्दा बढी उत्पादन हुनुपर्ने प्रवक्ता पोखरेलले बताए । उद्योगको वित्तीय विवरणमा पनि सुधारको सङ्केत देखिएको छ । गत आवसम्म ५ अर्ब ५० करोड घाटा पूर्ति भई ५६ करोड सञ्चित नाफा कायम भएको उद्योगले जनाएको छ ।

पछिल्ला वर्षदेखि उद्योगले उत्पादन वृद्धिका साथै वित्तीय अवस्थालाई सुधार गर्दै लगेको छ । कोइलालगायत कच्चापदार्थको सिमेन्ट दिएर भुक्तानी गर्ने प्रथाको अन्त्य गरिएको महाप्रबन्धक न्यौपानेले बताए।

महाप्रबन्धक न्यौपानेको अग्रसरतामा उद्योगको साधारणसभाले सिमेन्ट उत्पादनका लागि अर्को नयाँ प्लान्ट निर्माण गर्ने कानूनी बाटो खोलिदिएको छ ।

यसका साथै उद्योगले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । उद्योगले प्रतिबोरा २ रुपैयाँ ५० पैसा प्रदूषण शुल्क त्रियुगा नगरपालिकामा दाखिला गर्दै आएको छ ।

उद्योगको उत्पादन वृद्धि गरी मुलुकको अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले आगामी आवको बजेट तय गरिएको महाप्रबन्धक न्यौपानेले बताए।

“उद्योगको पूर्ण क्षमता उपयोग गरी उत्पादन बढाउने र आयआर्जन गर्ने, ठूलो परिमाणमा रहेको खानीको उपयोग गर्न नीति निर्माण गर्ने, सङ्घीय सरकारको औद्योगिक प्रवद्र्धन नीतिमा सहयोग पुर्याउँदै रोजगारी प्रवर्द्धन गर्ने, सिमेन्टमा आत्मनिर्भर बनाउन योगदान गर्ने, क्लिङ्कर तथा सिमेन्ट निकासी गर्न प्रयत्न गरी राजश्वमा योगदान गर्ने लक्ष्यका साथ बजेट निर्माण गरिएको छ”, उनले भने । 


 

प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  २१:४३
##UdayapurCementIndustries
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै
जगदम्बा मोटर्सले विद्युतीय ट्रयाक्टर र डम्प-ट्रक भित्र्याउँदै शनिबार, असोज १०, २०८३
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक शुक्रबार, असोज ९, २०८३
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु बिहीबार, असोज ८, २०८३
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार
बजाजको दशैं ‘गेम अफ पावर’, राइडर पुरस्कार बिहीबार, असोज ८, २०८३
बजाजको निःशुल्क चेकअप क्याम्प
बजाजको निःशुल्क चेकअप क्याम्प आइतबार, असोज ४, २०८३
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता शुक्रबार, असोज २, २०८३
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने शनिबार, भदौ २७, २०८३
तेस्रो पटक  ISO 9001: 2015 बाट प्रमाणित
तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित बुधबार, भदौ २४, २०८३
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल
विपत्तिमा ग्यासको भाउः सरकार मौन, उद्योगी मालामाल शुक्रबार, भदौ १९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः २ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्