Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज १४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सहकारीको अर्वौ अर्ब निक्षेप धरापमा
सहकारीको अर्वौ अर्ब निक्षेप धरापमा सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, भदौ ४, २०७९

नेपालमा सहकारीको जुन रुपमा परिकल्पना गरिएको थियो । त्यो व्यवहारमा सोचेजस्तो साकार हुन सकेको छैन् । सहकारी भावनामार्फत गाउँ-समाज अनि देशकै विकास गर्ने र गराउने प्रमुख उदेश्यसहित विकास गरिएको सहकारी कालान्तरमा लगभग लगभग विभिन्न कारणले फेल हुन पुगेको छ ।

अर्वौ अर्ब निक्षेप धरापमा परेको छ । यसको एउटै कारण नेपालमा सहकारीको नियमन फितलो छ । कारोबार सुरक्षित छैन । तर, पनि सहकारीमा निक्षेप राख्ने संख्या बढिरहेको पाइन्छ। राष्ट्र बैंकको अध्ययनले समेत कारोबार बढ्दै गएको देखाएको छ ।

समग्र वित्तीय प्रणाली स्वास्थ्य राख्न सहकारीको प्रभावकारी नियमन गर्नुपर्ने नेपाल राष्ट्र बैंकका अधिकारीहरुले भनिरहेको पाइएको छ । त्यसका लागि सहकारी क्षेत्रको नियमनका लागि छुट्टै नियमन निकाय गठन गर्न छलफल भइरहेको पनि भनिएको छ ।

राष्ट्र बैंकभन्दा पनि सहकारी मन्त्रालय, सहकारी विभागलगायत सरोकारवालाका निकायबीच सार्थक बहस गरी बजेटमा भएको नियमन निकाय गठन गरेर थप व्यवस्थित गर्नुपर्छ भन्ने छलफलमा जोडदार माग भैरहेको छ । यद्यपि, छलफलमा छलफल मात्र भैरहेको देखिएतापनि छलफलको परिणाम फल भने अहिलेसम्म उपभोक्ताहरुले पाउन सकेको छैन् ।

देश संघीयतामा गएसँगै सहकारीको नियमन स्थानीय तह, प्रदेश र संघीय सरकारले गर्दै आएका छन्। तर, प्रभावकारी नियमन हुन नसक्दा सहकारीको कारोबार असुरक्षित बन्दै गएको छ ।

प्रभावकारी नियमन हुन नसक्दा अनुगमन गरिएका सहकारी पनि धराशायी भएका छन् । दोस्रो तहको नियमन निकाय गठन गर्ने व्यवस्था गत वर्षको बजेट पनि आएको थियो। २०६८ सालदेखि बहस भइरहे पनि सरकारले ध्यान दिन सकिरहेको छैन ।

बैंक तथा वित्तीय संस्थाभन्दा बढी ब्याज पाइने लोभमा सहकारीमा निक्षेप राख्ने क्रम बढ्दै गएको छ। तर, नियमन हुन नसक्दा सहकारीमा ठगी धन्दा मौलाएको अर्थविद्हरुको भनाई प्रकाशमा आइसकेको छ।

बचत सहकारी बैंकिङ जस्तै कारोबार गर्ने गरे पनि सहकारी विभागको क्षमताले नभ्याएको र राष्ट्र बैंकको परिधिभित्र नभएकाले जोखिम बढ्दै गएको उनीहरुको भनाईले पनि सहकारी जोखिममा रहेको प्रमाणित भएको छ ।

बर्षमा दर्जनौ दर्जन सहकारी भाग्ने प्रचलन बढ्दै गएको तथा दुई बर्षको लकडाउन यता व्यापक आर्थिक मन्दीका कारण सहकारीमा बचत गर्ने भन्दा निक्षेप झिक्नेको लर्को भएको कारण पनि सहकारीको अवस्था जर्जर हुन गएको छ।

हिजोका दिन नातागोता तथा आफन्तका कारण सहकारीमा बचत गर्ने तथा निक्षेप जम्मा गर्नेहरु पनि सहकारीको असुरक्षित कारोवारका कारण त्रसित बनेका छन् । धेरै व्याज पाउने लोभले लाभ र पछि विलाप भएको धेरैको अवस्था देखेर बरु, थोरै व्याज भएतापनि सुरक्षित क तथा ख बर्गका बैंक तथा विकास बैंकमा नै कारोवार गर्न रुचाउने ग्राहकको संख्यामा बृद्धि भैरहेको छ ।

सहकारीको असुरक्षित कारोवारका कारण ग बर्गको फाइनान्सहरुमा पनि बचत गर्न तथा निक्षेप जम्मा गर्न डराउनेहरु धेरै पाइएको छ। बैंकको दर्जा नपाएका फाइनान्सहरुलाई विश्वास गर्न नसकिरहेको वर्तमान अवस्था रहेको छ।

यो गुमिरहेको विश्वास बढाउनका लागि सरकार आफै जिम्मेवार भएको प्रशस्त आधार बचतकर्ताहरु समक्ष दिन सकेमात्र सहकारीमा गुमेको विश्वास फर्किन सक्छ ।

अन्यथा हचुवाको भरमा कुनै जिम्मेवार निकाय नभएको सहकारीको कारोवार जहिले पनि जोखिममा पर्ने भएको कारण सरकार तथा संवन्धित निकायले यसतर्फ ध्यान दिन अत्यन्त आवश्यक मात्र नभइकन अवेर नै भैसकेको छ।

अनि याे पनि :

  • नामी साप्ताहिक ई-पेपर

 

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १०:०२
##cooperative #sahakari
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ कविता : अकालमै नआओस् मृत्यु 
  • नंः २ बालबालिकाको भविष्य अनिश्चितताको बन्दी
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ इसेवाको 'जात्रा केयर’ बीमा योजना सार्वजनिक
  • नंः ५ इसेवा र सिटिजन्स बैंकबीच सहकार्य सुरु
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ
शाओमी नेपालको चाडपर्व लक्षित योजना यस्ताे छ NamiNews- नामीन्यूज
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्