Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • बालेन शाहमाथि बर्बर आक्रमण
बालेन शाहमाथि बर्बर आक्रमण
कपिल अर्याल
कपिल अर्याल शनिबार, भदौ ४, २०७९
Balen Shah

नेपालको संबिधानले हरेक नागरिकलाई बोल्न, लेख्न, संगठन गर्न, शान्तिपूर्वक आन्दोलन गर्न, राजनीतिक रुपमा सहभागी हुन पाउने अधिकार प्रत्यायोजन गरेको छ । लोकतन्त्रको महिमा पनि यही हो भन्नेमा सबैको अभिमत छ ।

तर केही वर्ष यता व्यवहारमा यो देखिँदैन । उदाहरणका लागि हालै स्थानिय निकायको निर्वाचनमा धरान उप महानगरपालिकाबाट निर्वाचित हर्क साम्पाङ राई र काठमाडौं महानगरपालिकाबाट निर्बाचित बालेन्द्र शाहमाथि दलिय अतिक्रमण सुरु भएको छ ।

धराने जनतालाई खानेपानीको व्यबस्था गर्नु वा वर्षौदेखि फोहोरले ग्रसित काठमांडौ सहरको फोहोर व्यबस्थापन गर्नु के अभिसाप हो र ? बरु यस्ता जनपक्षिय काममा सबैको साथ र सहयोग हुनुपर्ने हो । पार्टीमा संलग्न रहे खराब पनि सहि हुने स्वतन्त्र रुपमा कुनै ब्यक्तिले काम गर्दा प्रतिगमन हुने यो कस्तो मानसकितामा हुर्कदै छ नेपाली राजनीति।

३० वर्षसम्म कैयौ नेतृत्व सत्ता आए गए । राजधानी जस्तो सहरको अबस्थामा बदलाव भएन। फोहोरका डङ्गुरले काठमाडौंबासीको स्वास्थ्य अबस्थामा कस्तो प्रभाव पार्यो होला भनेर चिन्ता भएन। अहिले बालेन शाहमाथि बर्बर आक्रमण गर्न राजनीतिक दललाई कुन नैतिकताले दिन्छ ? कमजोरी को भागीदार हुनु पर्दैन ।

लाज पचेकाहरु उल्टै अनेक राजनीतिक बहानामा बालेन शाहमाथि खनिरहेका छन् । सिसडोल र बञ्चरेडाँडामा कार्यकर्ता भड्काएर काममा अबरोध श्रृजना गरिरहेका छन् । मानवबस्तीका समस्या छैनन् भन्ने होईन, तहाँ पनि समस्या छन् तर महानगरपालिकालाई मात्र दोष देखाएर उम्कने छुट राजनीतिक दललाई बिलकुलै छैन बरु सामुहिकतामा समस्या हलको बाटो अपनाउन जरुरी छ । बागमती प्रदेश सरकार वा संघिय सरकार नाक थुनेर टुलुटुलु हेर्ने कि फोहोर व्यबस्थापनका लागि पहल गर्ने ।

सुन्दा गमक्कै पर्ने अहो मन्दिरै मन्दिरको सहर, जनसङ्ख्याका सहर, अझ प्राचिन समय अनुसार कान्तिपुर नगरी, देशको केन्द्र । के हुन्थ्यो र खै व्यवहारमा फोहोरको सहर यो परिचय स्थापित गराउने को हुन खोज्न पर्ने बेला भएको छ । बागमती सफाईको नाममा अर्बौ बजेट स्वाहा पारियो तर बागमती जिँउ का त्यँही । न सफा हुन्छ न त मानिस फोहोर फाल्न छोड्छन् बरु सफाई अभियान चलिरहन्छ बजेट खर्चिरहन्छ ।

अब त काठमाडौं समस्याको सहरको रुपमा परिभाषित हुनुपर्दछ । दलिल मानसिकताले बिक्षिप्त भएका केही राजनीतिक दलहरु फोहोरमाथि राजनीति गरिरहेका छन् । जनताले फोहोरसँगै ति दलिल हर्कतवालालाई फोहोर कै टिप्परमा हालेर बञ्चरेडाँडामा पुराउनु पर्दछ।

बञ्चरेडाँडा र सिसडोलका जनताले उठाएका जायज माग संबोधन गर्नैपर्छ यसमा दुईमत छैन । सडक स्तरोन्नतीका कुरामा राज्यस्तरबाटै ध्यान जानुपर्छ । महानगपालिकाकोे आफ्नो भूमिका निर्वाह गर्नुमा कुनै कसुर बाँकी राख्नुहुँदैन। यसो गरियो भने हाल काडमाडौंका गल्लीगल्लीमा थोपरिएका फोहोरका रास व्यबस्थित हुन सक्दछन् ।

घरघरमा सर सफाई अभियानका सचेतना कार्यक्रम संचालन गर्नु, विद्यालयस्तरबाट पाठ्यक्रममा फोहोर र सरसफाई लगायतका विषयबस्तु पढाइनु, कुहिने सामाग्री र नकुहिने सामाग्री तदनुसार फोहोरको संकलन जस्ता विषयमा जानकारी दिनु वा गराउँनु महानगरपालिकाको दाहित्व हो । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जस्तै जरिवाना वा दण्डको व्यबसथा गरियो भने पनि धेरै हदसम्म काठमाडौंले फोहोर न्यूनिकरण गर्न सक्दछ ।

फोहोरलाई व्यबस्थितसाथ उपभोग गरे फोहोरबाट निर्माण हुने मल, बस्तु वा साधनले व्यवसाहिकता र अर्थतन्त्रमा समेत बुद्धि ल्याउन सक्दछ । फोहोरलाई घृणाको दृष्टिकोणबाट होइन उपयोगिताको सिद्धान्तबाट हेर्न सके कृषि र उद्योग क्षेत्रमा ठूलै फड्को मार्न सक्दछ । बस हाम्रा सोच र मानसिकतामा परिवर्तन हुन जरुर छ । काम गर्नेलाई अबरोध गरेर होइन हौसला दिएर काम सम्पन्न गर्नुपर्दछ ।

समाज चेतनाले परिवर्नत भइसकेको छ । जनताले जसलाई विश्वास गरेर चुनावमा जिताउँछन् उनीहरुलाई सहयोग गर्नु सबैको दाहित्व हो। राजनीतिक दल न विचारमा अडिग छन् न सिद्धान्तमा जे गरे पनि हुन्छ भन्ने नव तानाशाहा बिरुद्ध जनताले विकल्प खोज्नु स्वाभाविक हो । तर यसको अर्थ दलभित्र सबै खराब छन् भन्ने होेइन । हाम्रालाई होइन राम्रालाई चुन्ने बानी ब्यहोरामा रुपान्तरण गर्न नागरिकले स्वविवेकको निर्णय समेत गर्न सक्नुपर्दछ।

तसर्थ बालेन शाहको फोहोर सफाई एउटा आन्दोलन हो यो आन्दोलनले खाली फोहोरको कुरा मात्र गरेको छैन हाम्रा आचरण, व्यवहार, चिन्तन र मनोविज्ञान भित्र कुन्ठीत फोहोरहरु पनि त्यागौं भन्ने एउटा सन्देश मुलक आन्दोलनको जग हो । हामीले साथ दिनुपर्छ । निरुपेक्ष रुपमा स्वतन्त्र हुनु पनि बिचार हो । दलियकरणलाई भिडसँग दाँजेर त्यहाँ भित्रका कुसंस्कार र विकृतिलाई सापेक्षित प्रजातन्त्रको दृष्टान्तबाट स्वीकारिनु आफैमा अंहकारको ढोंग मात्र हो ।

यसमा पनि दर्शनशास्त्री, समाजशास्त्री, राजनीतिज्ञ र प्राज्ञिक बौद्धिकवर्गले आत्मसमिक्षा गर्न जरुर छ । त्यसैले पनि हामी एकभाव भएर परिवर्तनलाई स्वीकार गर्दै निर्वाचित सबैलाई साथ र सहयोग गर्नुपर्छ । काखा र पाखाको विभेदिकरणलाई अन्त्य गरी सिसडोल, बञ्चरेडाँडा र काठमाडौमा देखिएका फोहोरका समस्या हल गर्न सबै राजनीतिक समुह तदारुक हुनु पर्दछ ।

बढ्दो सहरीकरणलाई मध्येनजर गर्दै ७५३ स्थानिय तह, प्रदेश र संघीय सरकारले समेत बालेन्द्र शाहको यो फोहोर सफाई आन्दोलनमा सरिक भएर दलियतन्त्रभित्र देखिएका फोहोर, राजनीति र समाजमा देखिएका फोहोर श्रावण महिनामा लुतो फाले जस्तै तमाम समस्यालाई देशका कुनाकुनाबाटै फाल्ने साहस गरौं ।

अनि याे पनि :

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  १८:१६
##balenshah #kapilaryal
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्