Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने
दल र उम्मेदवारको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ५, २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिन्ह राखेर मतपत्र छपाइ गरिएको थियो ।

त्यसरी मतपत्र छपाइ गर्दा मतपत्र ठूलो (भद्धा) भएको र बदरको सङ्ख्या पनि बढाएको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित हुने (प्रत्यक्ष) तर्फ उम्मेदवारी दिने उम्मेदवार र समानुपातिक प्रणालीतर्फ उम्मेदवारी दिने दलको निर्वाचन चिन्ह समावेश गरेर मतपत्र छपाइ गरिने जानकारी दिएका हुन् ।

आयोगले आउँदो निर्वाचनका लागि सङ्घीयको १६५, प्रदेशतर्फ ३३०, सात प्रदेशका लागि ७ र समानुपातिकका लागि १ गरी ५०३ प्रकारका मतपत्र छपाइ हुने जनाएको छ ।

मतदान केन्द्रमा ४ वटा अलग अलग मतपत्र, मतसङ्केत गर्ने स्थान, र मतपेटिकाको व्यवस्था गरिने र निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेको वृद्धाश्रममा रहेका मतदाता लगायतका अस्थायी मतदाता सूचीमा समावेश गरी समानुपातिकतर्फ मताधिकारका लागि आयोगले तयारी गरेको छ ।

आयोगले मङसिर ४ गतेको निर्वाचनका लागि १० खर्ब बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ। सो बारे मन्त्रालय र आयोगबीच आजै छलफल भइरहेको छ ।

आयोगले  जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब २ लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ। आयोगका प्रवक्ता पौडेलका अनुसार निर्वाचनमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग हुनेछ।

तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ । प्रवक्ता शर्माले केन्द्रबाट खरिद गर्दा लागत कम हुने पाइएकाले त्यसअनुसार खरिद प्रक्रिया (बोलपत्र) सुरु भइसकेको जनाए।

आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षासम्बन्धी अवधारणापत्र, २०७९, मतदाता शिक्षा नीति, २०७८, निर्वाचन तालिम निर्देशिका, २०७८ अनुसार काम गर्ने तयारी पनि सुरु गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ लाई परिमार्जनको तयारी गरेको छ भने निर्वाचनको तयारीका सन्दर्भमा दलहरुसँग चाँडै राजनीतिक परामर्श गर्दैछ । दलहरुसँग आचारसंहितामा हस्ताक्षरसमेत गराइने जनाइएको छ।

आयोगले निर्वाचनमा अनुगमनका लागि अनुगमन निर्देशिका र पर्यवेक्षणका लागि पर्यवेक्षण निर्देशिका पनि जारी गर्दैछ। निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि आह्वान भइसकेको छ भने राष्ट्रिय पर्यवेक्षणका लागि पनि चाँडै आह्वान हुनेछ।

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १६:०६
##ElectionCommissionNepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण बुधबार, माघ १५, २०८२
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ? आइतबार, माघ १२, २०८२
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै
आज राष्ट्रियसभा सदस्यकाे लागि मतदान हुँदै आइतबार, माघ १२, २०८२
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड आइतबार, माघ १२, २०८२
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा
देशभर प्रतिनिधिसभा निर्वाचन: तीन हजार ४०६ उमेदवार मैदानमा शनिबार, माघ ११, २०८२
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ १०, २०८२
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी
१६५ क्षेत्रमा करिब तीन हजार उम्मेदवारी मंगलबार, माघ ७, २०८२
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता
उदयपुरका दुवै निर्वाचन क्षेत्रमा नेकपाको भव्य उम्मेदवारी दर्ता मंगलबार, माघ ७, २०८२
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल
६० हजार मतको लक्ष्य छ, कम्तीमा ५० हजार भोट पाउँछु: सागर ढकाल मंगलबार, माघ ७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः २ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्