Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • आमा पुस्ता भन्छन्ः वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन् छोरी, बुहारीले
आमा पुस्ता भन्छन्ः वर्षभर रमाइलो गरेकैले तीजको महत्व बुझेनन् छोरी, बुहारीले
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, भदौ १३, २०७९

काठमाडौँ ।
            ‘माइत जाने बेला भयो कुनकुन सारी लाउने हो 
            बिदा दिनुस् सासूबज्यै कहिले आउने हो’ 

धादिङको ८७ वर्षीया बिन्दा पाठक आफ्ना पालाको यो गीत घरमा आइपुग्ने सबैलाई सुनाउँछन् । आफ्ना छोरी, बुहारी र नातिनीहरुले स्पिकरमा बजाएका गीत चित्त नबुझेर उनी आफ्नो समयको गीत गुनगुनाउँछन् । त्यतिबेला उनी तीन दिनसम्म तीज गीत गाउँथे ।

अहिले उनका सन्तानले त्यो भाका टिप्न जानेका छैनन् । आमा र दिदीहरुबाटै सुनेरै गीत सिकेको विन्दाले पहिलेका गीतले ग्रामीण परिवेशमा घरघरमा भइरहेको महिला हिंसाको झल्को दिन्थ्यो । परिवार र समाजले महिलामाथि गरेको विभेदको झल्को गीतमा हुन्थ्यो । एउटी छोरीले अर्का (श्रीमान्) को घरमा पाएको दुःख कष्टको अभिव्यक्ति पाइन्थ्यो।

समाज बदलिएसँगै तीज मनाउने तरिका, भाका, नाच, खाइने खानकुरा, लगाउने लुगा सबैमा परिवर्तन आइसकेको छ। हामीले यसरी तीज मनाउने गरेका थियौँ भन्ने कुरा अहिलेका पुस्ताका लागि कथा जस्तै बनेको छ । धेरैले त अग्रजका अनुभव सुन्न चासो नै दिँदैनन् । चासो लिएर सुन्नेले पनि त्यसको मर्म नबुझेको पुरानो पुस्ताको गुनासो छ।

‘स्वतन्त्रताको अधिकार’ कानुनले सुनिश्चित गर्नु पहिले नै तीज त्यसलाई कार्यान्वयन गर्ने अवसरका रुपमा रहेको थियो। वर्षभर श्रीमानको घरमा भएको थिचोमिचो महिलाले गीतमार्फत व्यक्त गर्दथे । अहिले कतिपय महिला व्रत बस्दैनन्।  कतिले निराहार व्रत बस्ने गरेका छन् भने कतिपयले आफ्नो इच्छा र स्वास्थ्यअनुसार पानी मात्र वा फलफूल वा रोटीलगायत खानेकुरा खाने गरेका छन् ।

पहिले पहिले तीजमा सबै महिलाले निराहार नै व्रत बस्ने गरेको घरघरका आमा र हजुरआमा बताउँछन् । अहिलेको पुस्ताले रमाइलोका लागि व्रत बस्ने गरेकामा त्यतिबेला निराहार व्रत बस्नु अनिवार्य जस्तै थियो । पाठकले भने, “दिनभर व्रत बसेर साँझ बुढाको गोडा धोएको पानी खाएपछि मात्रै पानी खाइन्थ्यो ।”

अचेल तीजभन्दा एक महिनाभन्दा पहिलेदेखि दर खाने र नाचगान सुरु हुन्छ । तीजमा लगाउने लुगा र खानेकुुराको तयारी निकै पहिलेदेखि हुने गरेको छ । त्यति हुँदाहुँदै पनि ७८ वर्षीया रामकुमारी शर्माले पहिलेको जस्तो अहिलेको तीजमा रौनक भेट्नु भएको छैन । अचेलका मान्छेले  वर्षभर नै नाचगान र रमाइलो गर्न पाउने भएकाले तीज नै कुर्नुपर्ने अवस्था नभएको उनको भनाइ थियो ।

कुशेऔँसीदेखि चेलीबेटीले नै तीज सुरु भएको मान्ने गरेका छन्। पहिले सडक र गाडी नहुँदा हिँडेरै माइती पुग्नु पर्थ्याे। रामकुमारी पनि झण्डै सात घण्टा हिँडेर मकवानपुरको मन्थली पुग्नुहुन्थ्यो । औँसीका दिन माइती गएपछि एकैपटक पञ्चमी सकेर आउने गर्नुहुन्थ्यो । उनले भने, “बाल बच्चा जन्मेपछि धेरैसमयसम्म माइत जान नपाइएपछि घरमै बसेर तीज मनाइन्थ्यो पाँच, छ महिनासम्म जान नपाएको माइती जान पाउँदा साह्रै रमाइलो हुन्थ्यो ।”

तीजमा व्रतका रुपमा विशेष खानेकुरा खाने चलन पहिलेदेखि  थियो । साँझमा सामान्य खाना खाएर राति १२ बजे पहिले खिर खाइने गरिएको काभ्रेकी सुन्तली केसीले बताए । उतिबेला दरका रुपमा खिर खाने गरिन्थ्यो । भर्खर जीवनको सात दशक पार गरेकी उनी दर खाने दिनमा दिउँसोदेखि  नै सेल, पुरी पकाएर खाने गरिएको बताए । अहिले जस्तो बजारको खानेकुरा नभए पनि चेलीबेटीका लागि माइतीले विशेष खानेकुराको जोहो गर्ने गरेको सुन्तलीले बताए।

कुनै फल फल्दा होस् वा मीठो अन्न बनाउँदा छोरी तीजमा आउँछे अनि खुवाउनुपर्छ भन्ने आमाबुबालाई लाग्थ्यो । उनले भने, “घरमा भनेजस्तो खान नपाउने र समयमा नपाउने भएकाले माइतीमा आमाले पकाएको जे पनि मीठो लाग्थ्यो।” पहिले दर खाने दिनदेखि नै नाचगान गरिन्थ्यो । टाढा घर भएका चेलीबेटी औँसीकै दिनदेखि आउने हुँदा त्यो दिनदेखि नै रौनक सुरु हुने सुन्तलीले बताए । 

टाढा भएर वा घरमा सासू-ससुरा र श्रीमानले नपठाउने चेली रोएरै घाँसदाउरा गर्ने गरेको उनले बताए । तीज लागेपछि पाखामा घाँस काट्न जाँदा माइतीबाट आउने बाटो देखिन्थ्यो र सधैँ त्यही बाटो हेर्न मन लाग्थ्यो । “अहिले पो केटी स्कुटर चलाएर राति बिहान आफैँ हिँड्छन्, हाम्रो पालामा छोरी चेलीलाई कसैको जिम्मा नलगाइ हिँड्न दिइदैनथ्यो”, सुन्तलीले भने, “माइती लिन आए त जान पाइन्थ्यो भन्दै कुरेर बसिन्थ्यो ।” 

पहिले अहिले जस्तो फेरिफेरि लगाउन लुगा नहुने र वर्षौसम्म एउटै सारी जतनले लगाउने गरिन्थ्यो । पहिले नाचगान त दर खाने दिनबाट सुरु हुन्थ्यो । व्रतको दिन दिनभर नाचगान गरेर रातैसम्म पनि गाउने र नाच्ने हुन्थ्यो। सबै जम्मा भएर नजिकैको मन्दिर गएर दर्शन गरिने उनले  बताए । निराहार व्रत बसे पनि तीजको रमाइलोले कति पनि भोक र थकाइको महसुस नहुने उनको भनाइ थियो ।

अचेल महिनौँअघिदेखि दर खाने र कोठामा वा छतमा सानो समूहमा जम्मा भएर नाच्ने चलन देशभित्र मात्रै नभएर विदेशमा बसोबास गर्ने नेपालीमा समेत पाइएको छ । तीज मनाउने मात्रैभन्दा फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा हाल्ने बढी छन् ।

तीजभन्दा पहिलेदेखि नै नाचगान सुरु गरे पनि तीजकै बेलामा भने कम रमाइलो हुने गरेको पुरानो पुस्ताको अनुभव छ। एकै ठाउँमा ठूलो सङ्ख्यामा जम्मा हुनेभन्दा सानो सानो समूहमा स्पिकर बजाएर नाचेर तीज मनाउने गरेको पाइन्छ।

कोभिड सङ्क्रमणका कारण घरघरमै तीज मनाउने चलन बढ्दै छ । अहिलेका मान्छे सबैसँग घुलमिल गर्नेभन्दा सानो समूहमा आफ्नै घरपरिवार र नजिकैका साथीभाइसँग रमाउने गरेको आमा पुस्ताको अनुभव छ । मोबाइल, ल्यापटप, टेलिभिजन, आइप्याडका कारण कोठाभित्रै रमाइरहेका पुस्ता तीजजस्तो चाडमा समेत बाहिर निस्केर ठूलो समूहमा घुलमिल गर्न चाहँँदैन ।

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १९:०४
##teej
प्रतिक्रिया दिनुहोस्
थप समाज
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्