Top Navigation
  • Contact
Main Navigation
शुक्रबार, भदौ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शुक्रबार, भदौ ५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
उदयपुरमा घरकाे आँगनमै बसेकी महिलामाथि मामाद्वारा खुकुरी प्रहार, अवस्था गम्भीर
युवराज कार्की (सन्ताेष)
युवराज कार्की (सन्ताेष) बिहीबार, जेठ ७, २०८३

युवराज कार्की (सन्ताेष)

उदयपुर । उदयपुरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–२, संगम टोलमा बिहीबार बिहान आँगनमै बसिरहेकी एक महिलामाथि उनकै मामा नाता पर्ने व्यक्तिले खुकुरी प्रहार गर्दा उनी गम्भीर घाइते भएकी छन् ।

स्थानीय रबिन्द्र पौडेलको घरको आँगनमा बसिरहेको अवस्थामा सोही स्थानकी २९ वर्षीया सुमा राईमाथि ४३ वर्षीय बिनोद राईले एक्कासि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट सुमा राईको टाउको, ढाड तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर विष्णुबहादुर खड्काका अनुसार घाइते राईको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन् । प्रारम्भिक उपचारपछि उनलाई जिल्ला अस्पताल उदयपुरबाट थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रिफर गरिएको छ ।

इन्स्पेक्टर खड्काले भने, “खुकुरी प्रहारबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । चिकित्सकका अनुसार अवस्था गम्भीर छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि विराटनगर पठाइएको हो ।”

घटनापछि फरार हुन नपाउँदै आक्रमणमा संलग्न बिनोद राईलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आरोपित र पीडितबीच यसअघि पनि गाउँघरका घरायसी विषयमा सामान्य विवाद हुने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, बिहीबार बिहान के विषयमा विवाद चर्कियो र किन खुकुरी प्रहारसम्मको अवस्था सिर्जना भयो भन्ने विषय अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

इन्स्पेक्टर खड्काले थपे, “पहिलादेखि घरायसी विषयमा सामान्य विवाद हुने गरेको बुझिएको छ । तर, आजको घटनाको वास्तविक कारण खुलिसकेको छैन । हामी विस्तृत अनुसन्धान गरिरहेका छौँ ।”

प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान
राजेश हिमालयको अगुवाइमा बृहत रक्तदान शनिबार, साउन १६, २०८३
लाेकप्रिय समाचार
  • नंः १ देउवाकाे वक्तव्य र मन्तव्यकाे सन्देश के हाे ?
  • नंः २ सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
  • नंः ३ किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
  • नंः ४ देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
  • नंः ५ जनताको अधिकारको पक्षमा प्रचण्ड
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्