Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
पाल्पाको रम्भा गाउँपालिकामा रहेकाे अमर आधारभूत विद्यालयको समितिमा महिला नेतृत्व
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, जेठ १०, २०८३

मिलन काफ्ले
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका–४ अन्तर्गत रहेको अमर आधारभूत विद्यालयको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघको पुनर्गठन गरेको छ।

कृष्णबहादुर सिंजाली अध्यक्ष रहेको निवर्तमान विद्यालय व्यवस्थापन समिति विघटन गर्दै ओमकुमारी सारूको अध्यक्षतामा सात सदस्यीय विद्यालय व्यवस्थापन समिति तथा अनिता दर्लामीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्वसम्मत रूपमा पुनर्गठन गरिएको हो।

नवगठित विद्यालय व्यवस्थापन समितिमा सदस्यका रूपमा भगवती खनाल, बिन्दु काफ्ले र तुलसा सारू रहेका छन्। पदेन सदस्यमा वडा अध्यक्ष कृष्णबहादुर रायमाझी, शिक्षक प्रतिनिधिमा मधुसुदन खनाल तथा सदस्य सचिवमा प्रधानाध्यापक ईश्वरीप्रसाद बस्याल रहेका छन्।

शिक्षा नियमावलीको संशोधित कार्यविधिअनुसार चयन गरिएको व्यवस्थापन समितिमा चार जना सदस्य तथा शिक्षक अभिभावक संघका ११ जना सदस्य सबै महिला रहेका छन्। यो केवल संयोग हो वा समाजको वास्तविकता भन्ने विषय बहसको विषय बन्न सक्छ। तथापि, अमर विद्यालयको इतिहासमा यति ठूलो संख्यामा महिला प्रतिनिधित्वसहितको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ गठन भएको यो पहिलोपटक हो।

भेलाका प्रमुख अतिथि तथा रम्भा गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ४ का वडा अध्यक्ष कृष्णबहादुर रायमाझीले नवगठित समितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदेन सदस्यका रूपमा आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

रायमाझीले महिला नेतृत्वले विद्यालयलाई थप प्रगतिको दिशातर्फ अगाडि बढाउने विश्वास व्यक्त गर्दै गाउँमा युवा तथा सक्रिय उमेर समूहका पुरुषहरूको संख्या न्यून हुँदा विकास निर्माण तथा अन्य सामाजिक गतिविधिमा समेत प्रत्यक्ष असर परेको बताए।

त्यसैगरी, नवगठित विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष ओमकुमारी सारूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा कुशल व्यवस्थापनमा आफू सदैव प्रतिबद्ध रहने बताइन्।

भेलाले सोही दिन पाँच सदस्यीय विद्यालय सल्लाहकार समिति समेत गठन गरेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३  ०६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाज
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि आइतबार, भदौ ७, २०८३
फोटो प्रदर्शनीमा घुइँचो
फोटो प्रदर्शनीमा घुइँचो बिहीबार, भदौ ४, २०८३
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए मंगलबार, साउन २६, २०८३
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार
पशुपतिनाथ : साउनकाे अन्तिम साेमबार सोमबार, साउन २५, २०८३
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ललितपुरमा इ-सेवाको  ‘श्रावण र शृङ्गार’ कार्यक्रम आइतबार, साउन २४, २०८३
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग
अधुरा पुलमाथि डबल लेनको सपना: सिद्धिचरण लोकमार्ग आइतबार, साउन २४, २०८३
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता
आशिर्या देशारको चित्रमा संस्कृति, सपना र सफलता शनिबार, साउन २३, २०८३
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन
महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष सञ्चालन शुक्रबार, साउन २२, २०८३
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न
नेपाल टेलिकम मिस नेवाः ट्यालेन्ट शो सम्पन्न आइतबार, साउन १७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ तिशा शाक्यले चुमिन् १९औँ मिस नेवाः नेपाल उपाधि
  • नंः २ सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
  • नंः ३ किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
  • नंः ४ बागमती प्रदेश मुख्यमन्त्रीको सपथ ग्रहण
  • नंः ५ जनताको अधिकारको पक्षमा प्रचण्ड
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्