Top Navigation
  • Contact
Main Navigation
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
शनिबार, असोज १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
शारदा बजगाईँ
शारदा बजगाईँ शनिबार, जेठ १६, २०८३

सुन्दा तितो लाग्ला तर सत्य यही छ भन्ने लाग्छ ।भ्रष्टाचारको विषयलाई एउटा सूक्ष्म तर अत्यन्तै गम्भीर धरातलको विषयमा हेर्नुपर्छ। हाल आर्थिक भ्रष्टाचारभन्दा पनि बढी नैतिक भ्रष्टाचार भएका देखिन्छन्। सबैमा नैतिकता हराएको भने पक्कै छैनन्। केही व्यक्तिमा अझै पनि आफ्नो क्षमताप्रतिको घमण्ड देखिन्छ। 

क्षमता घमण्डमा होइन नम्र व्यवहार र नैतिकवान जिम्मेवारीमा देखाउन सक्नुपर्छ। सेवाग्राही सेवाको अपेक्षामा हुन्छ कर्मचारीले अरुको समयको बेवास्ता गरिरहेका हुन्छन्। शिक्षक समयमा विद्यालय नपुग्नु, कक्षा कोठामा तोकिएको समयसम्म नबस्नु। सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्नु यस्तै यस्तै घटनाहरू नैतिक भ्रष्टाचार हुन्। जिम्मेवार भएर काम गर्ने व्यक्तिहरूलाई काम गर्न नदिनु लालछना लगाउनु,विवेक चेतना छ तर व्यवहार फरक छ अरुले भनेर भन्दा पनि आफैले बुझेर आफूलाई सुधार्न बुद्धिमत्ता रहनेछ।

भ्रष्टाचार भन्नेबित्तिकै हाम्रो मानसपटलमा अरर्बौंका ठेक्कापट्टा, ठूला सरकारी फाइल र उच्चपदस्थ कर्मचारीको अनुहार झल्किन्छ। तर, भ्रष्टाचारको जड सधैं ठूला अंकमा मात्र हुँदैन यसको बीउ त हाम्रो दैनिक व्यवहार हो। नैतिकताको खडेरी तथा यो सानो त हो नि’ भन्ने सोच्ने प्रवृत्तिमा लुकेको हुन्छ। वास्तवमा, भ्रष्टाचार कुनै विशेष क्षेत्र वा पदको पेवा होइन, यो त आफ्नो जिम्मेवारी र इमानदारिताप्रतिको बेइमानी हो।

विद्यालयमा छात्राहरूका लागि आएको सेनेटरी प्याड सही रुपले वितरण भएको छ भने गर्वको कुरा हो।  हामी आर्थिक रूपमा सम्पन्न नै छौं तथापि  सेनेटरीको प्याड प्रयोगमा प्रतिकूल अवस्थाबाहेक पनि लालची बन्छौँ  भने गाउँघरमा भएका बेरोजगार दिदीबहिनीले यसको व्यवस्थापन कसरी गर्छन् होला?विद्यालयमा छात्राहरूका लागि निःशुल्क वितरण गर्न ल्याइएको स्यानिटरी प्याड घरमा लैजानु वा आफ्नै व्यक्तिगत प्रयोजनमा खर्च गर्नु भ्रष्टाचारको एउटा ज्वलन्त र नमिठो उदाहरण हो। यो केवल एउटा वस्तुको चोरी मात्र होइन, बरु ती छात्राहरूको अधिकारमाथिको प्रहार हो जसका लागि राज्यले त्यो सुविधा उपलब्ध गराएको थियो। उसैले प्रयोग गर्न पाउनुपर्छ भन्ने हो। 

जब हामी कार्यालयको कलम, कागज वा सरकारी साधनलाई आफ्नै निजी सम्पत्ति सम्झिन थाल्छौं, त्यहीँबाट भ्रष्टाचारको संस्थागत सुरुवात हुन्छ।जहाँ काम गरिन्छ, त्यहीँको नियम पालना नगर्नु र आफ्नो स्वार्थका लागि सार्वजनिक स्रोतको दुरुपयोग गर्नु नै भ्रष्टाचार हो। एउटा शिक्षकले पढाउने समयमा अन्य काम गर्नु, एउटा कर्मचारीले समयमा काम नगरी सेवाग्राहीलाई झुलाउनु वा विद्यालयको स्रोत साधनमा परिवारको हक खोज्नु नैतिक पतनका पराकाष्ठा हुन्।

यस्ता प्रवृत्तिलाई रोक्न केवल कानुनको डर देखाएर मात्र पुग्दैन, यसका लागि चेतना र संरचना दुवैमा सुधार आवश्यक छ।नैतिक शिक्षा र स्व–अनुशासन व्यक्तिको चेतनामा हुन जरुरी छ।भ्रष्टाचार नियन्त्रणको पहिलो पाइला ’स्व–मूल्याङ्कन’ हो। मैले लिइरहेको यो वस्तु मेरो पसिनाको कमाइ हो कि कसैको अधिकार?भन्ने प्रश्न हरेक व्यक्तिले आफूले आफैंलाई सोध्नुपर्छ।

पारदर्शी वितरण प्रणाली आवश्यक पर्दछ।विद्यालय वा कुनै पनि सार्वजनिक निकायमा आउने सामग्रीको आम्दानी र खर्चको विवरण पारदर्शी हुनुपर्छ। अभिलेख स्पष्ट र सार्वजनिक गरिनुपर्छ। नियमन गर्ने निकायले प्रयोग विषयमा नियमन गर्न सक्नुपर्छ।

सामाजिक उत्तरदायित्व बोध हुनु आवश्यक छ। सबै बालिकाहरूलाई आफ्ना सन्तानको नजरले हेर्न सक्नुपर्छ।यदि कसैले गलत गरिरहेको छ भने त्यसलाई ’सानो कुरा त हो नि’ भनेर नजरअन्दाज गर्नु हुँदैन। गलतलाई गलत भन्ने आँट समाजका हरेक तप्काले गर्नुपर्छ। निगरानी र दण्डको व्यवस्था हरेक नैतिक जिम्मेवारी सुधारका साधन हुन्।स–साना गतिविधिमा पनि कडा निगरानी राख्नुपर्छ। सानो गल्ती गर्दा सजाय पाइँदैन भन्ने सोचले नै भोलि ठूला अपराधको जन्म हुन्छ।

भ्रष्टाचारमुक्त समाजको निर्माण कुनै एउटा ठूलो क्रान्तिबाट मात्र सम्भव छैन। यो त हाम्रा स–साना बानीहरूको सुधारबाट सुरु हुन्छ। जब हामी विद्यालयको प्याडलाई आफ्नै छोरी–चेलीको अधिकार सम्झेर संरक्षण गर्छौं र कार्यालयको समयलाई राष्ट्रको सेवा सम्झेर सदुपयोग गर्छौं, तब मात्र वास्तविक अर्थमा सुशासनको जग बस्छ। सम्झौँ, भ्रष्टाचार अंकमा सानो भए पनि यसले पार्ने नैतिक असर भने कहिल्यै सानो हुँदैन।

नामी साप्ताहिकबाट

प्रकाशित मिति: शनिबार, जेठ १६, २०८३  ०७:४७
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
  • नंः ४ ग्रान्ड फिनालीमा २२ प्रतिस्पर्धी भिड्दै
  • नंः ५ बाढीपीडितलाई नायिका जोस्ना फुयालको ५१ हजार सहयोग
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्