काठमाडाैं । मानिसको जात मानिस नै हो। मानिस बाहेक उसको अर्को जात नै छैन्। लिङ्गको आधारमा हिजोका दिनमा स्त्री र पुरुष गरेर दुई जात थियो भने, आजको दिनमा यी दुई जातमा थप एक जात थपिएको छ। त्यो हो–तेश्रो लिङ्गी । अव भन्न सकिन्छ–लिङ्गको आधारमा यी तीन जात वाहेक अर्को जात नभएको अवस्थामा जातिय नाममा अझै विभेद हुने गरेको पाइएको छ। जातिय सोचले अझै नेपालका पहाडी तथा तराईमा ठूलै जरो गाडे्को पाइन्छ। यसको असर मुसहर सम्प्रदाय पनि पर्दैआएको छ।
नेपालमा रहेका दलित समुदाय मानिएको मुसहर जातिको यकिन उत्पत्ति स्थल जानकारीमा आउन सकेको छैन्। तरपनि, नेपालमा यो जातिको इतिहास नयाँ भने नभएको बिभिन्न ऐतिहासिक दस्तावेजबाट पुष्टि गर्ने गरेको छ । मुसहर समुदाय नेपालको तराई भूभाग तथा भारतको बिहार, युपी, एमपी लगायत बिभिन्न स्थानमा बसोबास गर्ने गरेको पाईन्छ । अति सिमान्तकृत समुदायको रूपमा मुसहरहरू नेपाल र भारतीय भूमिमा बसोबास गरिरहेको पाइन्छ। आर्थिक राजनैतिक र सामाजिक रूपमा पछाडि परेको यो समुदाय हाल केही समय यता आफ्नो जीवनस्तर उठाउन प्रयासरत छ ।
पछिल्लो तथ्याङ्क अनुसार, न्युन साक्षरता भएको यो समूदायका ६२ जना बिद्यार्थीहरू उच्चशिक्षा हासिल गरिरहेको नेपालको सरकारी शैक्षिक आँकडा २०७३ मा उल्लेख भएको पाइन्छ ।
मुसहर शब्द भोजपुरी मुस+अहर (शाब्दिक रूपमा मुसा खाने) बाट व्युत्पन्न भएको भनिन्छ । मुसा मार्नेको रूपमा उनीहरूको परम्परागत पेशाको कारण उनीहरुलाई मुसहर जाति भन्ने गरेको हो।
मुसहर पूर्वी गंगाको तराई र तराईमा पाइने दलित समुदाय हो। यिनीहरूलाई ऋषिदेव, सदा, मांझी, बनबासी पनि भनिन्छ। मुसहरका अन्य नाम भुइँ र रजवर पनि हुन्। तिनीहरूको नामको शाब्दिक अर्थ ’मुसा मार्ने’ हो किनभने तिनीहरूको मुख्य पेशा मुसा पक्रने हो । जो गरिबी र अभावका कारण यो काम गर्न बाध्य छन्।
यो जाति पनि समाजमा जातिय छुबाछुत तथा बिभेदको प्रमुख चपेटामा परेको समुदाय हो । शैक्षिक दृष्टिकोणले अन्य दलित जातिको तुलनामा शुन्य रहेको यो जातिको कुल जनसंख्या १ लाख ७२ हजार ४ सय ३४ रहेको छ । जसमध्ये ६.९ प्रतिशत मानिसहरु मात्र साक्षर छन ।
जुन तराईको दलितहरु मध्ये सबैभन्दा कम साक्षर प्रतिशत हो । जतिसुकै सामाजिक चेतनाको अभिबृद्धि गर्ने र गराउने कार्य भएतापनि उनीहरुलाई सामाजिक रुपमा गर्ने र गराउने भेदभावको अझै कमी आएको देखिदैन । जुन दुःखद कुरा हो । नामी साप्ताहिकमा प्रकाशित सम्पादकीय
प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३ ०७:०७