Top Navigation
Main Navigation
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महिलालाई महिनावारीमा अझै विभेद
महिलालाई महिनावारीमा अझै विभेद सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २, २०७९

घर मानिसको पहिलो पाठशाला हो । आमा पहिलो शिक्षिका । महिला सृष्टिकर्ता अनि सभ्यताकी जननी  हुन् । महिलाको भूमिकालाई परापूर्वकालदेखि नै महत्व दिदै आएको छ । जहाँ नारीको सम्मान हुन्छ–त्यहाँ ईश्वर पनि खुशी हुन्छन्। तर व्यवहारमा नेपाली समाजले यो भनाईलाई आत्मसाथ गरेको पाइदैन ।

एक्काइसौ शताब्दीमा पनि नेपालमा महिलामाथि अनेकौं विभेद कायमै छ । उनीहरुलाई घरको चौघेराबाट सजिलैसंग बाहिर निस्कन दिदैन। अझ खतरनाक कुरा त यो छ कि उनीहरुलाई भोग्य वस्तुको रुपमा चित्रित गरिन्छ । आज पनि कुना–कन्दरामा रहेका धेरै महिला स्वतन्त्रता, समानता अनि शिक्षाबाट वञ्चित छन् ।

विश्वका अन्य देशका महिलाहरुले विकासमा ठूलो फड्को मारिसकेको अवस्थामा आज पनि हाम्रो देशका महिलाहरु दोश्रो दर्जाका नागरिकका रुपमा बाँच्न बाध्य छन् । कमजोर शिक्षाकै कारण महिनावारी अर्थात् रजस्वला जस्तो अति संवेदशिल अवस्थामा पनि महिलालाई कसैले छुनु हुँदैन, घरमा राख्न हुदैन भन्ने जस्ता रुढीबाढी परम्परा अंगालेर गुफा ,वडार तथा गोठमा राख्ने चलन कायमै छ ।

Nepal Oil Corporation

महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजनन्का विषयमा महिलाहरु उति सारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकास संगै यसबारेका अन्धविश्वासता, गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन् उमेर समुहरुका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर, यही रजस्वलाको विषयमा पनि विभिन्न नकारात्मक मान्यताहरु छन् ।

भर्खरको बालिकादेखि विवाहिता महिलाले कम्तिमा ५ दिन सम्म घर बाहिर अलग्गै बस्नुपर्ने, पधेंरा प्रयोग गर्न नपाउने ,गोरस खान नपाउने, फलफूलका बोट छोएमा खप्की सहनु पर्ने, कसैलाई छोएमा र्दुवाच्य सुन्नु पर्ने । रजस्वला भएका महिलालाई दाउरा, घाँसपात र ओखल कुट्ने जस्ता भारी कामहरु मात्र गर्नुपर्छ भन्ने रुढीवादी मान्यता नेपाली समाजमा अझै कायमै छ ।

कतिपय स्थानमा अविवाहित महिलाले ७ दिनसम्म छाउपडी गोठमा बस्नु पर्छ भने छात्राले महिनावारी भएका बेला बिद्यालय जाने गरेका छैनन् । रजस्वलाका बेला महिलाले भोग्नु पर्ने यस्ता खालका समस्या धेरथोर नेपालभर कायमै छ शहरमा होस् या गाउँमा ।

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको कुरा हो । हाम्रो समाजमा अहिले पनि यसलाई पूर्व जुनीको पाप,नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिइन्छ । महिनावारी महिलाको लागि खुशीको कुरा हो र म प्रजनन्का लागि सक्षम छु भन्ने प्रमाण पनि हो ।

महिनावारी संवन्धी शिक्षाको अभावले पनि यसप्रकारको विभेद भैरहेको छ । जुन दुःखद कुरा हो । यसलाई निराकरण गर्न र गराउनका लागि घर–परिवार, टोल तथा समाजमा स्थानीय सरकारले जागरण अभियान नै चलाउन आवश्यक छ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १९:००
##menstrual
प्रतिक्रिया दिनुहोस्
थप विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्