Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • महिलालाई महिनावारीमा अझै विभेद
महिलालाई महिनावारीमा अझै विभेद सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, असोज २, २०७९

घर मानिसको पहिलो पाठशाला हो । आमा पहिलो शिक्षिका । महिला सृष्टिकर्ता अनि सभ्यताकी जननी  हुन् । महिलाको भूमिकालाई परापूर्वकालदेखि नै महत्व दिदै आएको छ । जहाँ नारीको सम्मान हुन्छ–त्यहाँ ईश्वर पनि खुशी हुन्छन्। तर व्यवहारमा नेपाली समाजले यो भनाईलाई आत्मसाथ गरेको पाइदैन ।

एक्काइसौ शताब्दीमा पनि नेपालमा महिलामाथि अनेकौं विभेद कायमै छ । उनीहरुलाई घरको चौघेराबाट सजिलैसंग बाहिर निस्कन दिदैन। अझ खतरनाक कुरा त यो छ कि उनीहरुलाई भोग्य वस्तुको रुपमा चित्रित गरिन्छ । आज पनि कुना–कन्दरामा रहेका धेरै महिला स्वतन्त्रता, समानता अनि शिक्षाबाट वञ्चित छन् ।

विश्वका अन्य देशका महिलाहरुले विकासमा ठूलो फड्को मारिसकेको अवस्थामा आज पनि हाम्रो देशका महिलाहरु दोश्रो दर्जाका नागरिकका रुपमा बाँच्न बाध्य छन् । कमजोर शिक्षाकै कारण महिनावारी अर्थात् रजस्वला जस्तो अति संवेदशिल अवस्थामा पनि महिलालाई कसैले छुनु हुँदैन, घरमा राख्न हुदैन भन्ने जस्ता रुढीबाढी परम्परा अंगालेर गुफा ,वडार तथा गोठमा राख्ने चलन कायमै छ ।

महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्दै गइरहेका छन् । यद्यपि हाम्रो समाजमा यौन तथा प्रजनन्का विषयमा महिलाहरु उति सारो खुल्दैनन् । तथापि शिक्षा र चेतनाको विकास संगै यसबारेका अन्धविश्वासता, गलत परम्परा वा मान्यताहरुमा परिवर्तन हुँदै आएको छ । प्रजनन् उमेर समुहरुका महिलाहरुमा रजस्वला हुनु एक प्राकृतिक नियम हो । तर, यही रजस्वलाको विषयमा पनि विभिन्न नकारात्मक मान्यताहरु छन् ।

भर्खरको बालिकादेखि विवाहिता महिलाले कम्तिमा ५ दिन सम्म घर बाहिर अलग्गै बस्नुपर्ने, पधेंरा प्रयोग गर्न नपाउने ,गोरस खान नपाउने, फलफूलका बोट छोएमा खप्की सहनु पर्ने, कसैलाई छोएमा र्दुवाच्य सुन्नु पर्ने । रजस्वला भएका महिलालाई दाउरा, घाँसपात र ओखल कुट्ने जस्ता भारी कामहरु मात्र गर्नुपर्छ भन्ने रुढीवादी मान्यता नेपाली समाजमा अझै कायमै छ ।

कतिपय स्थानमा अविवाहित महिलाले ७ दिनसम्म छाउपडी गोठमा बस्नु पर्छ भने छात्राले महिनावारी भएका बेला बिद्यालय जाने गरेका छैनन् । रजस्वलाका बेला महिलाले भोग्नु पर्ने यस्ता खालका समस्या धेरथोर नेपालभर कायमै छ शहरमा होस् या गाउँमा ।

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको कुरा हो । हाम्रो समाजमा अहिले पनि यसलाई पूर्व जुनीको पाप,नछुने भएको अवस्था वा फोहोर अवस्थाको रुपमा लिइन्छ । महिनावारी महिलाको लागि खुशीको कुरा हो र म प्रजनन्का लागि सक्षम छु भन्ने प्रमाण पनि हो ।

महिनावारी संवन्धी शिक्षाको अभावले पनि यसप्रकारको विभेद भैरहेको छ । जुन दुःखद कुरा हो । यसलाई निराकरण गर्न र गराउनका लागि घर–परिवार, टोल तथा समाजमा स्थानीय सरकारले जागरण अभियान नै चलाउन आवश्यक छ।

प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १९:००
##menstrual
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ४ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
  • नंः ५ नामी साप्ताहिक
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्