Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • यसरी जुझ्दैछ कोरोनाभाइरससँग मुलुक 
यसरी जुझ्दैछ कोरोनाभाइरससँग मुलुक 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ ५, २०७८
Api Himal

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ। दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नु परेको छ ।

देश विदेशको सहयोगका कारण अहिले सङ्क्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ।
    
कोरोनाभाइरस (कोभिड-१९) का कारण मङ्गलवारसम्म कोभिड सङ्क्रमणमा परेका ३ लाख ५२ हजार ४१४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ्याङ्क बताउँछ । अहिलेसम्म ५ हजार ४११ जनाको यही सङ्क्रमणजन्य जटिलताबाट ज्यान गएको छ । नागरिकलाई आफ्ना परिवारका सदस्य अनि आफन्त गुमाउनु पर्दाको पीडाले दिन प्रतिदिन पिरोल्दै गएको छ । 
    
नेपालमा रहेका अस्पलात, स्वास्थ्य क्षेत्रका जनशक्ति र स्रोत साधनले नै धान्न नसक्ने गरी कोभिड-१९ को सङ्क्रमण फैलिएपछि उपचारमा समेत निकै कठिनाई भएको देखिएको छ । आफ्ना नागरिकलाई कोभिडबाट बचाउन देशको स्रोत र साधानले नभ्याउने अवस्था भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सहयोगका लागि विश्व समुदायसँग आग्रह समेत गरेको छ। 
    
कोरोनाभाइरस (कोभिड-१९) को दोस्रो लहरमा धेरै विरामीलाई अक्सिजनको आवश्यकता पर्यो । तर पर्याप्त मात्रामा अक्सिजनको पूर्ति हुन नसकेपछि धेरैले ज्यान गुमाउनु पपर्यो । चीन सरकारले अनुदानस्वरुप नेपाललाई प्रदान गरेको २० हजार अक्सिजन सिलिण्डर नेपाल बायुसेवा निगममार्फत् केही ल्याइएको छ भने केही तातोपानी नाकाहुँदै नेपाल आइपुगेका छन्।
    
त्यस्तै खाडी मुलुकमा कार्यरत नेपालीहरुले सरकारलाई शनिबार ५६० थान अक्सिजन सिलिन्डर पठाएका छन् । नेपालमा अक्सिजन सिलिन्डरको अभाव भएको थाहा पाएपछि खाडी मुलुक संयुक्त अरब इमिरेट्स, कतार, ओमन, साउदी अरब, कुवेत, बहराइनमा कार्यरत नेपालीले रकम सङ्कलन गरेर नेपाललाई अक्सिजन सिलिन्डर पठाएका हुन् । 

देश तथा विदेशमा बस्ने नागरिकले पनि यो विपद्का बेला सक्दो प्रयास गरिरहेका छन् । यसबीचमा सर्वोच्च अदालतले पनि नागरिकको उपचामा कुनै कसर बाँकी नराख्न आदेश जारी गरेको छ ।

Nepal Oil Corporation

सर्वोच्च अदालतले कुनै पनि कोरोना सङ्क्रमित बिरामीको उपचारपछि मात्र घर फर्किने गरी व्यवस्था मिलाउन सरकारका नाममा सोमबार अन्तरमि आदेश दिएको छ । 
    
न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले दिएको आदेशमा भनिएको छ, “उपचारमा सबै सङ्क्रमितको सहज र समान पहुँच स्थापित होस्, अक्सिजन वा पर्याप्त उपचार अभावमा कोही सङ्क्रमितको मृत्यु नहोस् ।” त्यस्तै, प्रदेश र स्थानीय तहमा पनि कोभिडको उपचार हुनसक्ने गरी पूर्वाधार र अन्य व्यवस्थापन मिलाउनू भनिएको छ । 
    
“पहिलो चरणको खोप लगाउनेले दोस्रो चरणको र सबै नेपालीले खोप पाउने सुनिश्चित गर्नु”–आदेशमा भनिएको छ, “कोरोना महामारीको तेस्रो चरण र यसपछि आउन सक्ने सम्भावित सङ्क्रमणको पूर्वतयारी गर्नु, महामारी नसकिएसम्म १५–१५ दिनमा कामकारबाहीको प्रगति विवरण अदालतलाई बुझाउनु ।” सर्वोच्च अदालतले नागरिकको जीवन रक्षाका लागि स्वास्थ्य मन्त्रालयलाई उक्त आदेश दिएको हो । मन्त्रालयले अब सङ्क्रमितलाई बचाउन समस्या नभएको जनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतामा अक्सिजनको अभाव भएर कुनै पनि बिरामीले ज्यान गुमाउनुपर्ने  अवस्था नभएको बताउनुभएको छ । “बाहिर आएजस्तो एकदमै अभाव भनेर ३÷४ दिनअघिको जस्तो अवस्था छैन”, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, “अहिले ट्याङ्करबाटै झोल अक्सिजन ल्याएर अस्पताल÷अस्पतालमा गएर खाँली सिलिण्डरमा हाल्ने काम भएको छ, दिनमै चार÷पाँच हजार एकै ठाउँमा प्रयोग गर्नुपरे पनि पुगेको छ ।” उनले आफैले अक्सिजन बोकेर ल्याउनुपर्ने भनेर विरामीका आफन्तलाई भन्नुपर्ने अवस्था नभएको र अबको तीन÷चार दिनमा देशभर कुनै पनि ठाउँमा अक्सिजनको अभाव नहुने बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीका रुपमा कार्यभार शुरु गरेपछि कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने कार्यहरूमा सम्पूर्ण सामथ्र्य, स्रोत साधन लगाएर गम्भीरतापूर्वक लाग्न निर्देशन दिएको थियो ।
    
नेपालमा सङ्क्रमणको दरमा कमी ल्याउन देशभरका ७३ जिल्लामा निषेध आदेश जारी गरिएको अवस्थामा नागरिकको जीवन रक्षालाई पहिलो प्राथामिकतामा राखी यस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारकामा सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएको हो । 
    
सरकारबाट (कोभिड-१९) नियन्त्रणका लागि भएका प्रयासमा सङ्क्रमितका लागि अक्सिजनको अभाव हुन नदिन तत्काल अक्सिजन प्लान्ट खरिद गरिने, सङ्क्रमित सबैको उपचार गर्न सक्ने गरी अस्पताल एवं स्वास्थ्य संस्थाहरूमा जीवनरक्षक औषधि स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गरी भौतिक तथा संस्थागत पूर्वाधार विकास गरिने, कोभिड-१९ को उपचार र व्यवस्थापनमा कमी हुन नदिनका लागि आवश्यक चिकित्सक स्वास्थ्यकर्मी थप गरी अग्रपङ्तिमा खट्ने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायत कर्मचारीहरूलाई प्रोत्साहन सुविधा उपलब्ध गराइने रहेको छ । 
    
कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने व्यवस्था गरिने, कोभिड-१९ महामारीबाट उद्योग, व्यवसाय, उत्पादन र रोजगारीमा परेको प्रभावलाई सम्बोधन गर्न विशेष व्यवस्था गरिने लगायतका विषयमा गम्भीरतापूर्वक प्राथमिकता निर्धारण गरी कार्यसम्पादन शुरु गरेको छ । 

कोरोनाभाइरस कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण, औषधीलगायतका सामग्रीको पैठारीमा लाग्ने कर छुट दिने, अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर आयात गर्दा लाग्ने भन्सार, मूल्य अभिवृद्धि कर लगायतका अन्य सबै कुर छुट दिने व्यवस्था गरेको छ । 
    
सरकारले कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांक, एचडियुलगायत स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार सहमति  छ । 
    
कोभिड नियन्त्रण द्रूत कार्ययोजना कार्यान्वयन गर्न १४ अर्बसम्मको खर्च गर्ने गरी सहमति प्रदान गरिएको छ । कोरोनाभाइरस कोभिड-१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री, उपचार, औषधीलगायत अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सहज बनाउन भन्सार विभागद्वारा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको छ । साथै त्यस्ता सामग्री छिटो भन्सार जाँचपास गर्न संक्षिप्त कार्यविधि तयार गरिएको छ ।  
    
उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण र औषधीका लागि वैदेशिक सहायता प्रक्रियालाई तीव्र बनाई, चीन सरकारबाट अक्सिजन सिलिन्डरसहितका सामग्री प्राप्त हुने क्रम जारी रहेको छ । अमेरिका, स्वीट्रजलाण्ड लगायतका देशहरुबाट पनि सहायता प्राप्त हुने क्रम जारी रहेको छ ।     
    
उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलले गत वैशाख २४ गते नेपालले कोभ्याक्स सुविधा अन्तर्गत पाउने कोरोनाभाइरस कोभिड-१९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गर्ने निर्णय गरी प्रक्रिया अघि बढाएको छ । 
    
नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्स अन्तर्गतको खोप साथै भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधी र खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्ति विषयमा नेपालको अपेक्षासहित सहजीकरणका लागि आग्रह गरेको छ ।
    
सीसीएमसीद्वारा चाल्नाखेलस्थित सगरमाथा अक्सिजनको प्लान्ट मर्मत गर्न आवश्यक भएकोले नेपाली सेनाका प्राविधिकहरूलाई खटाइएको छ । बनेपास्थित नवज्योति अक्सिजन प्लान्टका सबै कर्मचारीहरू कोभिड सङ्क्रमित भएकाले उक्त उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनालाई प्राविधिक जनशक्ति खटाउन अनुरोध गरिएको छ । 
    
देशभरका अक्सिजन उद्योगहरूको अनुगमन गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने÷गराउने, अक्सिजन उद्योगहरूमा विद्युत तथा खानेपानीको नियमित आपूर्ति गर्ने, उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिन्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउने काम गरेको छ ।  
    
अक्सिजन सुविधासहितको बेड सङ्ख्या थप गर्ने, कालो बजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने र स्टक राख्ने तथा लुकाउने उपर कानूनी कारवाही गर्ने÷गराउने र अक्सिजन प्रयोगको मापदण्ड यथाशीघ्र टुंग्याउने काम गर्ने निर्णय गरी काम अघि बढाएको छ। 
    
अक्सिजनको उत्पादन बढाउने, अक्सिजन उद्योगहरुमा बिना व्यवधान चौबीसै घण्टा  विद्युत र पानीको सुविधा सुनिश्चित गर्ने, उद्योगको सुरक्षाका लागि पर्याप्त व्यवस्था मिलाउने, अक्सिजनको उत्पादनसँग सम्बद्ध कर्मचारी अस्वस्थ भएमा तत्काल अस्थायी कर्मचारी÷प्राविधिकद्वारा उत्पादन कार्य सञ्चालन हुनसक्ने वैकल्पिक व्यवस्था गर्ने, विदेशबाट अक्सिजन ट्यांकर आयात गरेर नेपालमा नै भर्ने, तरल अक्सिजन आयात गर्ने काम भएको छ । 
    
प्रमुख अस्पतालहरुमा हावाबाट अक्सिजन उत्पादन गर्न सक्ने प्रविधियुक्त अक्सिजन प्लान्ट तत्काल आयात गरी जडान गर्ने, स्वास्थ्य मन्त्रालयले आईसीयू, एचडीयू, भेन्टिलेटर र विरामीको संख्याको तथ्यांक प्रकाशन गर्ने निर्णय गरी काम अघि बढाएको छ।  
    
उद्योगहरुलाई उपलब्ध गराउने अक्सिजनको कोटा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा तोक्ने र यसको अनुगमनका साथै आकस्मिक व्यवस्थापनका लागि समन्वय सीसीएमसीले गर्ने, सम्बद्ध उद्योग चौबीसै घण्टा सुचारु गरी अक्सिजन उपलब्ध गराउने, सञ्चित भएका जिल्लाहरुबाट काठमाडौँ उपत्यका बाहिरका अक्सिजन उद्योगहरुबाट अक्सिजन भरी उपत्यकामा ल्याउने प्रबन्ध गर्ने, औषधी उपकरण लगायतका मानवीय सहायता हवाइमार्गबाट ल्याउने व्यवस्था मिलाउने निर्णय गरेको छ। 
    
उपप्रधानमन्त्री पोखरलले कोरोना बिरुद्धको खोप र स्वास्थ्य सामग्री सहयोगका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग कोभिड नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरेको छ । उनले छिट्टै अमेरिकी सरकारका तर्फबाट स्वास्थ्य सामग्रीको सहयोग गरिने प्रतिवद्धक्ता व्यक्त गरेको छ । 
    
व्यक्ति स्वयंमले स्वास्थ्यका मापदण्डको पालना गर्दै कोभिड-१९ बाट बच्न र बचाउनका लागि सरकार, सरोकारवाला निकाय, देशविदेशमा रहेका नेपाली सबै मिलेर सहयोग र सहकार्य जरुरी छ । 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १५:५५
##COVID-19
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्