Top Navigation
Main Navigation
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • जयरानी थारुकोे लक्ष्य अन्तर्राष्ट्रिय पदक दिलाउने
जयरानी थारुकोे लक्ष्य अन्तर्राष्ट्रिय पदक दिलाउने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, असोज ३१, २०७९
Jayarani tharu

कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइतबार पोखरा रङ्गशालामा एथलेटिक्स खेलको चार सय मिटर हडल्स दौड विधामा जयरानी थारुले स्वर्ण पदक जितेकी छन् ।

नेपाली सेनामा आबद्ध उनले खेलमा निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक मात्र आफ्नो पोल्टामा पारेन तीन महिनाअघिको आफ्नो नाममा रहेको राष्ट्रिय कीर्तिमान समेत सुधार गरेको हो ।

थारुले गएको असारमा काठमाडौँमा सम्पन्न ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट ०७.०२ सेकेण्डमा सो विधामा आठ वर्षअघिको पुरानो कीर्तिमान तोडेर आफ्नो नाममा लेखाउन सफल भएको थियो ।

जयरानी नवौँको प्रतिस्पर्धामा सहभागी हुन पोखरा आउनुअगावै कीर्तिमान सुधारको लक्ष्य राखेको बताएकी हुन्। आफ्नो विधामा खेलमा प्रतिस्पर्धा कम हुने भएकाले समेत उनले सुधार गर्ने लक्ष्य राखेको बताउँछन् ।

Nepal Oil Corporation

उनले भने, “कीर्तिमान सुधार गर्दा धेरैनै खुसी छु । आफूले सोचेको भन्दा राम्रो खेल भयो । टार्गेटनै मेरो रेकर्ड राख्ने थियो, त्यसमा सफल भएँ।”

राष्ट्रिय खेलकुदमा पहिलोपटक स्वर्ण पदक जितेपछि उनले पोखरा रङ्गशालाबाट बर्दिया घरमा रहेका आमा सुगही थारुलाई फोन गरेर आफ्नो सफलता सुनाइन् ।

आमाले बधाई भन्दै अझै राम्रो गर छोरी भनेर हौसला दिएको जयरानीले बताइन् । “बुबा घरमा हुनुहुँदो रैनछ आमालाई फोनमा स्वर्ण जितेँभन्दा बधाई छ छोरी अझै राम्रो गर्न सक्छौँ भनेर हौसला दिनुभयो ।” उनले भनिन्।

राष्ट्रिय खेलकुदमा सफलता मिलेपछि उनको अबको लक्ष्य अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने र देशलाई पदक दिलाउने छ। उनले भनिन्,“स्वर्ण पदक जित्ने लक्ष्य पूरा भएको छ । अब अन्तर्राष्ट्रिय प्रतियोगितामा अझै राम्रो गर्ने र देशलाई पदक दिलाउने मेरा लक्ष्य छ।”

जयरानीले विसं २०७२ देखि खेल्न थालेको हो । त्यसअगाडि विद्यालयस्तरीय प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्डलगायतका जिल्ला तथा राष्ट्रिय प्रतियोगिता खेलिन् ।

सातौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक सहभागी उनले आठौँमा तत्कालीन प्रदेश नं ५ र हालको लुम्बिनी प्रदेशबाट सहभागी भएर तीन इभेन्टमा रजत पदक जितिन् ।

आठौँमा नेपाल आर्मीसँग प्रतिस्पर्धा गरेर द्धितीय भएकी जयरानीले नवौँमा आर्मीबाट खेल्दै स्वर्ण जित्ने अवसर उनलाई मिल्यो । उनी विसं २०७६ साउनमा सेनामा भर्ना भइन् ।

गाउँले दाइ जीवन चौधरी जो आफू पनि खेल्थे उनले नै जयरानीलाई सेनामा प्रवेश गराउन सहयोग गरेको जयरानीको भनाइ छ। आफूलाई खेल जीवनमा प्रवेश गराउन घरबाट बुबा भगवान डिन थारुको धेरै नै साथ र सहयोग मिलेको जयरानीले बताउँछिन्।

सामान्य कृषक परिवारका जयरानीलाई आमाले घरको काम गर्नुपर्दछ भन्ने गरे पनि बुबाले खेलमै लाग्न प्रेरित गर्ने गरेको सुनाउँछिन्। उनले विगतलाई स्मरण गर्दै भनिन्, “सानोमा आमाले घरको काम कसले गर्छ घरको काममा सहयोग गर्नुपर्दछ भन्नुहुन्यो, बाबा चाँही खेल खेल्नुपर्दछ भनेर मलाई अघि बढ्न प्रेरणा दिइरहनुभयो, बुबा कृषक भए पनि खेलकुदलाई मन पराउनुहुन्थ्यो।” 

सुरुमा चाँही उनलाई खेलमा लाग्न सहयोग गर्ने कोही नभए पनि पछि विद्यालयमा राम्रो गरेपछि विद्यालयमै निःशुल्क बस्ने र खेल्ने वातावरण मिल्यो।

जयरानीले गुरुआमा मान्ने सुमित्रा चौधरी जो बर्दियाकै हुन् र अहिले एथलेटिक्स प्रशिक्षक समेत छज् । उनले विद्यालयमा होस्टलमा बस्नेदेखि खेलकुदका प्रतियोगितामा सहभागी हुनका लागि सहयोग गरेको थारुले सुनाइन् ।

उनले भनिन्, “मलाई खेलमा पाइला टेकाउने सुमित्रा चौधरी गुरुआमाले हो । उहाँको साथ, सहयोग मलाई जहिले पनि मिलिरहेको छ।”

प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १३:२०
##jayaranitharu
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ दिदीभाइको कथानकतामा गजबको गीत सार्वजनिक
  • नंः ३ वेलका नगरपालिकाद्वारा सम्मर राईलाई 'उत्कृष्ट प्रधानअध्यापक' सम्मान प्रदान
  • नंः ४ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्