Top Navigation
  • Contact
Main Navigation
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असोज ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सातै प्रदेशमा अस्पताल बनाउन माग
सातै प्रदेशमा अस्पताल बनाउन माग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, जेठ ६, २०७८

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शय्यासहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ । 

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको हो । 

बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिएका हुन् । 

कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने विदेश, अन्तर्राष्ट्रिय संघसंस्था र सहयोगीलाई  धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ । 

साथै बैठकले कोरोना उपचार र नियन्त्रणको व्यवस्थापनमा स्थानीय तहले गरेको कामको सराहना गर्दै प्रदेश र संघीय सरकारलाई स्थानीय तहलाई थप अनुदानकोे व्यवस्था गर्न माग गरेको प्रमुख सचेतक खाणले बताए । 

बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले कोरोना रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक खाणले जानकारी दिए । 

बैठकले राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेको भनी आपत्ति जनाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

कांग्रेसले आज सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  ०६:१५
##NepaliCongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
'पाता' उद्योगीको कस्ने कि सरकारको ?
'पाता' उद्योगीको कस्ने कि सरकारको ? बिहीबार, भदौ २५, २०८३
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
लाेकप्रिय समाचार
  • नंः १ अध्यात्मले संसारकै जित गराउँछ...
  • नंः २ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ३ आशिकालाई गुहार्दै चञ्चला, संसदमा तेस्रोलिंगीको आवाज खाेई ?
  • नंः ४ नागरिक लगानी कोषले शेयर निस्कासन गर्ने
  • नंः ५ नृत्यमा प्रियंशु र गायनमा समिक्षा बनिन् विजेता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्