Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार १५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • विपत व्यवस्थापनमा सरकारको वेवास्ता
विपत व्यवस्थापनमा सरकारको वेवास्ता
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ ७, २०७८

-श्याम स्मृत

हरेक बर्षको वर्षातको समयमा मनसुनको पूर्वानुमान गर्दै विज्ञहरूले सरकारलाई सचेत गराएका हुन्छन् । तर, सरकारले पूर्व तयारीमा भने ध्यान दिने गरेको पाइँदैन । गत वर्ष मनसुनी अवधि जेठदेखि भदौ मध्यसम्ममा आएको बाढी–पहिरोबाट २ सय ६२ जनाले ज्यान गुमाएका थिए ।
    
पछिल्लो आधा दशकमा वर्षेनी बाढी पहिरोबाट औसतमा २ सय जनाले ज्यान गुमाउने गरेको देखिन्छ । विपत आएपछि केही थान राहत बाँड्ने र मनसुन सकिए पछि वास्तै नगर्ने राज्यको गैरजिम्मेदार प्रवृत्तिमा परिवर्तन आउन आवश्यक छ । विपत सकेपछि बेमतलव नगर्ने सरकारकोको प्रवृति तथा विपत व्यवस्थापन संवन्धी कुनै अग्रिम योजना वनाउन नसक्दा धेरै नै क्षति हुने गरेको यथार्थता सरकार समक्ष नै छ । तरपनि, सरकार हरेक बर्ष मौन बस्ने गरेको छ । जुन दुःखद कुरा हो ।
     
यो बर्ष पनि यतिखेर अरब सागरमा विकसित ताउ–ते नामको चक्रवातले भारतमा वितण्डा मच्चाइरहेको छ । त्यस चक्रवातको केही प्रभाव नेपालमा पनि देखिएको छ । जसको प्रभावका कारण आगामी मनसुनमा गत वर्ष भन्दा बढी बर्षा हुने अनुमान सरकारी विभागले नै गरेको छ । त्यसैले सरकार पूर्व तयारीका लागि बेलैमा जागरुक हुनुपर्ने देखिन्छ ।
    
यस वर्ष प्रि मनसुनको प्रभाव कम छ, तर पश्चिमी न्यूनचापीय प्रणालीका साथै भारतमा विकसित ताउ–ते चक्रवातको प्रभावले नेपालमा केही दिनदेखि मौसम बदली भएर विभिन्न स्थानमा वर्षा भइरहेको छ । प्रि–मनसुनको समयमा चक्रवातको प्रभाव स्वभाविक मानिन्छ । यो प्रभाव अझै केही दिन रहने हुँदा सतर्क रहनु पर्ने मौसमविद्को सुझाव छ ।
    
जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । विभागले यस वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । विभागले मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांशजसो स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।
    
प्रदेश १ का मध्य तथा हिमाली भागमा ३५ देखि ६५ प्रतिशत, लुम्बिनी, गण्डकी र बागमती प्रदेशको तराई र प्रदेश २ को पश्चिम भूभागमा ३५ देखि ४५ प्रतिशत र प्रदेश १ को तराई र प्रदेश २ का पूर्वी जिल्लाहरूमा सरदरभन्दा ३५–४५ प्रतिशत अधिक वर्षा हुने अनुमान छ । 

अधिक बर्षाका कारण नदीनालामा बाढीपैह्रो जाने लगायतका विनाशकारी प्राकृतिक प्रकोपका कारण धनजनको व्यापक क्षति हुने संभावनालाई नजर अन्दाज गरेर बेलैमा विपत व्यवस्थापनको तयारी सरकारले गर्न र गराउन ढिला भइसकेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:००
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
  • नंः २ फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
  • नंः ३ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः ४ उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
  • नंः ५ उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्