Top Navigation
  • Contact
Main Navigation
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
सोमबार, असार ८, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई
प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफ क्लबलाई
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, कात्तिक २६, २०७९

काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ ।

दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच केहीबेर अघि सम्पन्न फाइनल खेलमा एपीएफले साविक विजेता आर्मी क्लबलाई चार विकेटले हराउँदै उपाधि चुमेको हो ।

जितसँगै एपीएफले रु १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता आर्मीले रु पाँच लाख प्राप्त गर्याे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर एपीएफले फिल्डिङ राजेपछि आर्मी क्लबले ब्याटिङ गर्ने क्रममा निर्धारित ४० ओभरको खेलमा ३० ओभरमा सवै विकेट गुमाएर १ सय ७९ रन बनायो ।

एक सय ८० रनको विजयी लक्ष्य एपीएफले ३८ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । एपीएफका लागि भूवन कार्कीले ५५ रन बनाए । उनले ८२ बल खेल्ने क्रममा १ छक्का र ४ चौका हाने । यस्तै सुमित महर्जनले ३४ रन बनाए । उनले ४५ बल खेल्ने क्रममा ५ चौका प्रहार गरे ।

यस्तै कप्तान शरद् भेषवाकरले अविजित १६, प्रदीप ऐरीले २०, सन्दीप जोराले १७ र आशिफ शेखले १४ रनको योगदान दिएका थिए भने बलिङतर्फ आर्मी क्लबका जितेन्द्र मुखियाले २, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले १/१ विकेट लिए ।

एपीएफलाई १ सय ८० रनको लक्ष्य दिने क्रममा आर्मी क्लबका लागि रोहितकुमार पौडेलले ४९ बनाएका थिए भने जितेन्द्र मुखियाले अविजित २४, सुशन भारीले १९, राजेश पुलामीले १८, कुशल मल्लले १६, हरि चौहानले १५, अर्जुन साउदले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।

बलिङतर्फ आर्मीका अमर रौटेला र मौसम ढकालले ३/३ तथा किशोर महतोले २ विकेट लिएका थिए । यसअघि आर्मी क्लवले शुक्रबार नेपाल पुलिस क्लवलाई दुई विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

एपीएफ  क्लबले भने बिहीबार मधेस प्रदेशलाई हराउँदै फाइनलको यात्रा तय गरेको थियो । प्रधानमन्त्री कप क्रिकेटमा आर्मी पाँचौँ पटक तथा एपीएफ तेस्रो पटक फाइनल खेल्न पुगेको हो ।

प्रतियोगिता यही कात्तिक १३ गतेदेखि सुरु भएको हो । प्रतियोगितामा सात प्रदेशका साथै तीन विभागीय टोली सहभागी भएका थिए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १९:०६
##apf #armedpoliceforce
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति बिहीबार, असार ४, २०८३
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन
कोशीमा प्याराग्लाइडिङ प्रवर्द्धनका लागि नयाँ नेतृत्व चयन बुधबार, वैशाख १६, २०८३
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २५, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २१, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २१, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १३, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
  • नंः २ परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नामी साप्ताहिक
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्