Top Navigation
Main Navigation
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शुक्रबार, वैशाख ४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संसद्मा महिला र दलितको कमजोर उपस्थिति
संसद्मा महिला र दलितको कमजोर उपस्थिति
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, मंसिर १५, २०७९
House of Representatives

काठमाडौ । प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ ।

एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १ सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिनिधि सभामा अहिलेसम्मको १६१ सिटमध्ये ५ प्रतिशत अर्थात् ९ जना मात्रै महिला निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट एक, नेकपा (एमाले)बाट चार, नेकपा (माओवादी केन्द्र) बाट एक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई तथा नागरिक उन्मुक्ति पार्टीबाट एक महिला निर्वाचित भएका छन् ।

एमालेबाट कास्की-२ बाट नेकपा (एमाले) की केन्द्रीय सदस्य विद्या भट्टराई, धनुषा-३ बाट एमाले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो, बारा-३ बाट पार्टी पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साह र केन्द्रीय सदस्य भगवती चौधरी सुनसरी-३ बाट निर्वाचित भएको छ ।

दाङ क्षेत्र नम्बर २ बाट नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्मा निर्वाचित भएको छ । तेह्रथुमबाट कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ निर्वाचित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा तोसिमा कार्की र सोविता गौतम निर्वाचित भएको छ । कार्की ललितपुर क्षेत्र नं ३ र गौतम काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भएको हो ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएको छ। संसद्मा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

दलित समुदायबाट प्रतिनिधित्व गर्ने एक जना मात्रै छन् । नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा रुपन्देही निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएको छ ।

विसं २०६४ सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा ६ सय १ जनामध्ये ५१ जना (८.४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो । तीमध्ये तत्कालीन नेकपा (माओवादी) बाट सात जना प्रत्यक्ष निर्वाचित भएका थिए । 

विसं २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा दलितको प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६.८२ प्रतिशत) मा झर्याे। जसमध्ये दुई जना नेकपा ९एमाले० बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) दलितको प्रतिनिधित्व भयो । एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना प्रत्यक्ष निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०८:३७
##HouseOfRepresentatives
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन
जेनजी आन्दोलन र भदौ २४: अधुरो सत्य, अपूरो छानबिन बुधबार, चैत १८, २०८२
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय
एमाले सचिवालय बैठकले गर्यो यस्तो निर्णय मंगलबार, चैत १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नामी साप्ताहिक
  • नंः २ भेडेटार 'स्काई वाक' को मज्जा लिँदै पर्यटक
  • नंः ३ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ४ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
  • नंः ५ बोल्नै नपर्ने खाजा घर
विचार
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्