Top Navigation
  • Contact
Main Navigation
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, असोज ७, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारितामा असर 
व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारितामा असर 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ ११, २०७८

- विराजकाजी राजोपाध्याय

काठमाडौ । काठमाडौं÷राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन्। छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो। 
पत्रकार दबूका अध्यक्ष सुरजबीर बज्राचार्यबाट प्रेषित विज्ञप्तीमा राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने माग समेत गरिएको छ । मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको दबूको निष्कर्ष छ । 

वि.सं.२०४६ सालको प्रजातन्त्र

पुनःस्थापनादेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मको कालखण्डमा मातृभाषाको पत्रकारिताको अभ्यासबाट व्यवस्था परिवर्तनले मात्र मातृभाषा पत्रकारिताको विकास गर्न नसकेको प्रमाणित गरेको दबूको ठहर छ। ‘मातृभाषाको पत्रकारिताको लागि सबै जातजाति, भाषाभाषीको उचित प्रतिनिधित्व, पहिचान र आत्मसम्मान हुने संघीय व्यवस्था हुनुपर्ने आवश्यकता रहेको छ’ विज्ञप्तीमा लेखिएको छ । 

अहिलेसम्म राज्यको साथ र सहयोग भन्दापनि भाषिक चेत र संवेदना, पत्रकारहरुको लगनशीलता र समुदायको इच्छाशक्ति र सीमित सहयोगबाट मात्रै मातृभाषा पत्रकारिताको इतिहास सय वर्षको नजिक पुग्नु आदिवासी जनजातिमात्र नभई सबैका लागि गौरवको विषय भएको दबूले उल्लेख गरेको छ ।

 

२०७५ जेठ २ गते बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयोजनमा पहिलो मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको पनि दबूले स्मरण गराएको छ । सोही सम्मेलनबाट मातृभाषा पत्रकारिता दिवसलाई बृहत रुपमा मनाउँदै जाने निर्णय गरेको थियो। तर यस वर्ष कोरोना महामारीको अवस्थामा दिवसको अवसरमा भव्य समारोहको आयोजना नहुने भएको छ। यस वर्ष भच्र्युअल रुपमा कार्यक्रमको आयोजना गरी छैठौं मातृभाषा पत्रकारिता दिवस मनाउन लागिएको जानकारी पनि दबूले दिएको छ । 

पत्रकार दबूले प्रत्येक वर्षको वैसाख शुक्ल चतुर्दशीको दिनलाई मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ। विक्रम सम्वत १९८२ सालमा धर्मादित्य धर्माचार्यले बुद्धधर्म नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । सोही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । मातृभाषा पत्रकारिताको शुरुवात गर्ने धर्मादित्य धर्माचार्यको जन्मदिन बैसाख शुक्ल चतुर्दशीलाई नै मातृभाषा पत्रकारिता दिवसको साथमा धर्मादित्यको जन्मजयन्ती पनि मनाईँदै आएको छ। यसैक्रममा जेठ ११ गतेका दिन (आज) छैठौं मातृभाषा पत्रकारिता दिवसमा पत्रकार दबूले भर्च्युअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०८:३१
##BirajkajiRajopadhyaya ##MotherTongueJournalism
प्रतिक्रिया दिनुहोस्
थप विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प मंगलबार, भदौ ३०, २०८३
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चलचित्र चंगुलको ट्रेलर रिलिज
  • नंः २ १६१औँ मोती जयन्ती भव्यरूपमा सम्पन्न
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ शाओमी नेपालद्वारा बाढीपीडितलाई सहयोग
  • नंः ५ नवौं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनीमा सहभागिता
विचार
चुल्हो निभ्न नदिने संकल्प
चुल्हो निभ्न नदिने संकल्प NamiNews- नामीन्यूज
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्