Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारितामा असर 
व्यवस्था परिवर्तनले मातृभाषा पत्रकारितामा असर 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, जेठ ११, २०७८
Api Himal

- विराजकाजी राजोपाध्याय

काठमाडौ । काठमाडौं÷राज्यले प्रदान गर्ने पुरस्कार मातृभाषाको पत्रकारहरुलाई दिनुपर्ने माग सरोकारवालाहरु गरेका छन्। छैठौं मातृभाषा पत्रकारिता दिवसको पुर्व सन्ध्यामा नेवाः पत्रकार राष्ट्रिय दबूले विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो। 
पत्रकार दबूका अध्यक्ष सुरजबीर बज्राचार्यबाट प्रेषित विज्ञप्तीमा राज्यले समानुपातिक र समानताका आधारमा अनुदान वितरण प्रणाली सञ्चालन गर्नुपर्ने माग समेत गरिएको छ । मातृभाषा पत्रकारिताको विकासको लागि उदार लोकतान्त्रिक व्यवस्था मात्र पर्याप्त नभएको दबूको निष्कर्ष छ । 

वि.सं.२०४६ सालको प्रजातन्त्र

Nepal Oil Corporation

पुनःस्थापनादेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मको कालखण्डमा मातृभाषाको पत्रकारिताको अभ्यासबाट व्यवस्था परिवर्तनले मात्र मातृभाषा पत्रकारिताको विकास गर्न नसकेको प्रमाणित गरेको दबूको ठहर छ। ‘मातृभाषाको पत्रकारिताको लागि सबै जातजाति, भाषाभाषीको उचित प्रतिनिधित्व, पहिचान र आत्मसम्मान हुने संघीय व्यवस्था हुनुपर्ने आवश्यकता रहेको छ’ विज्ञप्तीमा लेखिएको छ । 

अहिलेसम्म राज्यको साथ र सहयोग भन्दापनि भाषिक चेत र संवेदना, पत्रकारहरुको लगनशीलता र समुदायको इच्छाशक्ति र सीमित सहयोगबाट मात्रै मातृभाषा पत्रकारिताको इतिहास सय वर्षको नजिक पुग्नु आदिवासी जनजातिमात्र नभई सबैका लागि गौरवको विषय भएको दबूले उल्लेख गरेको छ ।

 

२०७५ जेठ २ गते बुधबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संयोजनमा पहिलो मातृभाषा पत्रकारिता सम्मेलनको आयोजना गरेको पनि दबूले स्मरण गराएको छ । सोही सम्मेलनबाट मातृभाषा पत्रकारिता दिवसलाई बृहत रुपमा मनाउँदै जाने निर्णय गरेको थियो। तर यस वर्ष कोरोना महामारीको अवस्थामा दिवसको अवसरमा भव्य समारोहको आयोजना नहुने भएको छ। यस वर्ष भच्र्युअल रुपमा कार्यक्रमको आयोजना गरी छैठौं मातृभाषा पत्रकारिता दिवस मनाउन लागिएको जानकारी पनि दबूले दिएको छ । 

पत्रकार दबूले प्रत्येक वर्षको वैसाख शुक्ल चतुर्दशीको दिनलाई मातृभाषा पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ। विक्रम सम्वत १९८२ सालमा धर्मादित्य धर्माचार्यले बुद्धधर्म नामक नेपालभाषाको पत्रिका प्रकाशन गरेका थिए । सोही पत्रिकालाई नेपालको पहिलो मातृभाषी पत्रिकाको रुपमा लिइन्छ । मातृभाषा पत्रकारिताको शुरुवात गर्ने धर्मादित्य धर्माचार्यको जन्मदिन बैसाख शुक्ल चतुर्दशीलाई नै मातृभाषा पत्रकारिता दिवसको साथमा धर्मादित्यको जन्मजयन्ती पनि मनाईँदै आएको छ। यसैक्रममा जेठ ११ गतेका दिन (आज) छैठौं मातृभाषा पत्रकारिता दिवसमा पत्रकार दबूले भर्च्युअल अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  ०८:३१
##BirajkajiRajopadhyaya ##MotherTongueJournalism
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्