Top Navigation
  • Contact
Main Navigation
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
आइतबार, साउन १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • २० बुँदे विशेष प्रस्ताव जारी गर्दै अडानको केन्द्रिय कार्यसमिति बैठक सम्पन्न
२० बुँदे विशेष प्रस्ताव जारी गर्दै अडानको केन्द्रिय कार्यसमिति बैठक सम्पन्न
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, मंसिर १७, २०७९

काठमाडौ । नेपाल अडिटर्स एशोसिएसन(अडान) को छैठौं राष्ट्रिय महाधिवेशन पछिको दोश्रो केन्द्रिय कार्य समितिको बैठक अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्ड, काठमाडौमा सम्पन्न भएको छ ।

सो सभामा कोषाध्यक्ष बलराम चौधरी र महासचिव प्रेमवहादुर श्रेष्ठले पेस गरेको आर्थिक र सांगठनिक प्रतिबेदन सुझाव सहित दोश्रो केन्द्रिय कार्य समितिको बैठकले पारित गरेको छ ।

audan21670048227.jpg

बैठकमा देशभरका केन्द्रिय पदाधिकारी एवम् सदस्यहरुले आ–आफ्नो क्षेत्रका पेशागत मुद्घा एवम् गतिविधिका सन्दर्भमा प्रकाश पारेका थिए।

त्यस्तै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) मा अडानबाट प्रतिनिधित्व गर्ने पार्षदहरु पोषराज नेपाल, भोलानाथ पाठक, शंकर ज्ञवाली, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, सल्लाहकार सहसंयोजक मोहनकुमार सुबेदी, अनुशासन समितिका संयोजक ध्रुबप्रसाद पौडेल, द्वितिय उपाध्यक्ष अब्दुल करीम खान, तिर्तीय उपाध्यक्ष झलकमणि लम्साल लगायतले आआफ्नो मन्तब्य राखेका थिए ।

बैठकमा स्वागत, विषय प्रवेश मन्तव्य अध्यक्ष केदारनाथ पौडेलले र उपस्थित सबैमा प्रथम उपाध्यक्ष डोलप्रसाद दाहालले धन्यबाद ज्ञापन गरेका थिए ।

audan-31670048264.jpg

केन्द्रिय कार्य समितिको बैठकले अडानलाई अझ शसक्त क्रियाशील, पेशागत नमूना संगठन बनाउन केन्द्रबाट सम्बन्धित प्रदेशको उपाध्यक्षको संयजकत्वमा कार्य बिभाजन गरि जिम्मेवारी समेत तोकेको छ ।

एशोसिएसनका बैठकहरु नियमित, प्रभावकारी पारदर्शी एवम् परिणाममुखी बनाउन सबै प्रदेशका केन्द्रिय उपाध्यक्षहरुको संयोजकत्वमा तत्तत् प्रदेशमा रहेका उपमहासचिव, सचिव एवम् केन्द्रीय सदस्यहरुलाई सहभागी गराई सांगठनिक गतिविधीहरु सञ्चालन गर्ने र हरेक प्रदेशमा बर्षमा कम्तीमा ४ पटक बिस्तारीत बैठकहरु केन्द्रीय उपाध्यक्षहरुमार्फत सञ्चालन गर्ने र संस्थाका ६५ जिल्लामा एशोसिएसनको सांगठनिक संरचाना भए पनि त्यसलाई केन्द्रसँग जोडिने गरि कार्यक्रम नभएको महशुस भएकोले सबै सदस्यलाई क्रियाशील बनाउने गरि पेशागत ज्ञान आत्मसम्मान, हरेक सदस्यसँग हाम्रो अडान भन्ने अभियान सहित सदस्यहरुलाई पेशागत ज्ञान, संगठनात्मक व्यवहारलाई व्यवस्थित गर्न कार्य योजना सहित सबै संगठनात्मक संरचना परिचालन गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाकासँग सम्झौता भई कार्यान्वयन नभएका मुद्घाहरु चाँडो सम्बोधन गर्न, सूचीकृतका सम्बन्धमा उठेका समस्याहरुको दिर्घकालीन हल गर्न, बढ्दो बेरोजगारी समस्यालाई समाधानका उपायहरु खोज्न, बढ्दो मूल्यबृद्धि नियन्त्रण गर्न, बढ्दो तरलता अभावको समस्यालाई समाधान गर्न, लगायत बिभिन्न राष्ट्रिय अन्तर्राष्टिय असरहरु बारे गम्भिर हुन ध्यानाकर्षण गरेको छ ।

बैठकले निम्नानुसारका २० बुंदे बिशेष प्रस्ताब पारीत गर्दै लेखापरीक्षकहरुका जल्दाबल्दा बिषयमा ध्यान दिई समस्या समाधानका लागि राज्य र सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ११:५४
##Audan
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री
जीएमडब्ल्युको रक्षा कवच ड्रागन अमोर ब्याट्री मंगलबार, साउन ५, २०८३
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता बिहीबार, असार ३२, २०८३
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार सोमबार, असार २९, २०८३
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन शुक्रबार, असार २६, २०८३
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम शुक्रबार, असार २६, २०८३
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक
जीडब्लुएम ओरा ५ ईभी सार्वजनिक बिहीबार, असार ११, २०८३
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो
उदयपुरका स्थानीय तहको बजेट : आकार ठूलो, आम्दानी सानो बिहीबार, असार ११, २०८३
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक
उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक बुधबार, असार १०, २०८३
कटारी नगरपालिकाको बजेट सार्वजनिक
कटारी नगरपालिकाको बजेट सार्वजनिक आइतबार, असार ७, २०८३
लाेकप्रिय समाचार
  • नंः १ ननाच्नेलाई पनि नचाउँने तीज गीत रिलिज
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला
  • नंः ५ हरियो साउनको महिमा र यसको महत्व
विचार
हरियो साउनको महिमा र यसको महत्व
हरियो साउनको महिमा र यसको महत्व NamiNews- नामीन्यूज
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्