Top Navigation
Main Navigation
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
मंगलबार, वैशाख १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नेपाली राजनीतिमा युवा युग
नेपाली राजनीतिमा युवा युग
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, मंसिर १८, २०७९

लामो समय उही पुरानै नेताहरुको वाक्कै लाग्ने अनुहार हेर्दैआएको धेरै समय वितिसकेको छ । नेपाली जनताको नाममा राजनीति गर्ने ती पुराना अनुहारले केवल आश्वासन मात्र बाँड्ने तर, खासै काम भने गरेको पाइएन ।

उही थोत्रा र फुस्रा आश्वासन बाँड्न बाहेक केही नगरेको सवैले देखेकै हो। अनि भोगेकै हो। जसको कारण जागरुक बनिसकेको नेपाली जनतालो परिवर्तन खोजेका छन् ।

नयाँ पुस्तालाई एक पछि अर्को गरेर अघिल्लो स्थानीय निर्वाचन तथा मंसीर ४ गते हालै संपन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनवाट नेपाली राजनीतिमा आगमन गराएको छ । पुराना पुस्तालाई विस्तारै विदा दिने कार्य भएको छ। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा धेरै नयाँ र युवा अनुहारहरू निर्वाचित हुनु सकारात्मक पक्ष हो ।

निर्वाचन ऐनमा प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न कम्तीमा २५ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखिएको छ । हाल निर्वाचित धेरै युवा जनप्रतिनिधिहरू ३० र ३० भन्दा कम उमेर समूहका छन् ।

नयाँ र स्वतन्त्रबाट निर्वाचित केही जनप्रतिनिधिहरू पनि ३० वर्षे उमेर समूह वरिपरिका छन् । यसरी निर्वाचित केही युवाले त आफूहरूको विजयसँगै देशको राजनीतिमा ‘युवा युग’ आरम्भ भएको दावी पनि गरिरहेका छन् । वास्तवमा नेपालको पछिल्लो राजनीतिमा ‘युवा युग’ को आरम्भ भएको वर्तमान अवस्थाको यथार्थ हो ।

युवा वर्गको यो उत्साह चुलिएको छ। नेपाली राजनीतिमा अव नयाँ मात्रै आउनुपर्छ र पुराना नेताहरूलाई हराउनै पर्छ भन्ने धारणा आएको छ । जसमा ‘नो नट अगेन’ नामक विवादास्पद अभियानले समेत यसलाई पुट गरेको छ । जसको फाइदा भने नयाँ आएका पार्टीले लिए र अधिकांश युवा उम्मेदवारहरू विजयी पनि भए । युवा विजयी हुनु सकारात्मक कुरा हो । विश्वको इतिहासमा युवाहरुले मुलुकै नेतृत्व गरेको इतिहास विश्व सामू छ ।

त्यसका लागि अहिले नयाँ आएको पार्टी तथा स्वतन्त्रबाट विजयी भएका युवा उम्मेदवारहरूसँग उर्जाशील उमेर भएतापनि स्पष्ट विचार छैन । नेतृत्वका लागि उर्जाशील उमेर मात्र नभइकन स्पष्ट विचार पनि आवश्यक छ । स्पष्ट विचारले नै नेतृत्व प्रदान गर्ने गर्दछ । स्पष्ट विचार तथा ऊर्जनशील उमेरको परिपक्वतासंगै नेपाली राजनीतिलाई हाँक्न सकेमा विकास–निर्माणले सही मार्ग लिने निश्चित छ ।

स्वतन्त्रवाट मात्र नभइकन विभिन्न पार्टी विशेषवाट पनि युवाहरु निर्वाचित भएको कारण युवाहरुले नै नेतृत्व लिनुपर्ने सवाल पनि उठिरहेको छ । नेपाली काँग्रेसका झापावाट निर्वाचित युवा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा अर्का युवा काठमाडौं क्षेत्र नंबर ४ वाट निर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापालाई प्रधानमन्त्री बनाउने कसरतमा छन् ।

युवाले युवालाई साथ तथा सहयोग गरेर प्रधानमन्त्री बनाउने होड सकारात्मक पक्ष हो । यस्तै कसरत अन्य पार्टीका युवा नेताहरुले पनि गर्न र गराउन आवश्यक छ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १३:३४
##youngleader
प्रतिक्रिया दिनुहोस्
थप विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ शनिबार, चैत १४, २०८२
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शनिबार, फागुन १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्