Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • चिसोयामसँगै बिरामीको सङ्ख्या घट्यो
चिसोयामसँगै बिरामीको सङ्ख्या घट्यो
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, पुस ९, २०७९

काठमाडौ । चिसोयाम बढेसँगै कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या आधाले घटेको छ ।

अहिले दैनिक ६ सय बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् । गर्मी मौसममा १ हजार बढीले बिरामीले बहिरङ्ग सेवा लिने गरेका थिए ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार चिसोयाममा श्वासप्रश्वास र पखालाका बिरामी फाट्टफुट्ट मात्र आउने गरेका छन् ।

उनले भने, “गर्मी समयमा ज्वरो र पखालालगायत बिरामी बढी आउँछन् । अहिले निमोनिया, रुघाखोकी र कोल्ड डाइरियाका समस्याका बिरामी आइरहेका छन् । तर बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या १ हजारबाट ६ सयसम्म झरेको छ ।”

तुलनात्मकरुपमा चिसोमा बिरामी कम हुने उनी बताउँछन् । चिसोयाममा काठमाडौँ बाहिरबाट सिफारिस भएर आउने बिरामीको सङ्ख्यासमेत कम हुने उनको भनाइ छ, “गर्मी मौसममा काठमाडौँ उपत्यका बाहिरबाट रिफर भएर आउने बिरामी धेरै हुन्छन् । चिसोयाम लागेपछि त्यो सङ्ख्या कम हुँदा पनि बिरामी कम देखिएको हो ।”

उनी थप्छन्, “नजिकको फार्मेसी र क्लिनिकमा गएर औषधि उपचार गराउने धेरै छन् । सास फेर्न गाह्रो भएपछि, खाना खान छोडेपछि र कोखा हानेपछि मात्र अस्पताल ल्याउने प्रचलन छ ।”

यस्तै रोटाभाइरस र निमोनियाविरुद्ध खोपको प्रयोगका कारण पनि बिरामी बालबालिकाको सङ्ख्या कम भएको हुनसक्ने उनको अनुमान छ । तर अस्पतालमा बिरामी भर्नाको दर घटेको छैन । उनी भन्छन्, “भर्ना दर चाहिँ घटेको छैन । आकस्मिक र शल्यक्रियाका लागि अस्पतालका शय्या खाली छैनन् ।”

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि बहिरङ्ग सेवा लिने बिरामीको सङ्ख्या घटेको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अहिले दैनिक दुई हजार बिरामीले बहिरङ्ग सेवा लिइरहेका छन् ।

उनी भन्छन्, “बिहीबार एक हजार नौ सय तीन जनाले बहिरङ्ग सेवा लिएका छन् । अहिले धेरैमा दुई हजारसम्म बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन् ।” उनका अनुसार सामान्य समयमा २ हजार ५ सय बिरामीले बहिरङ्ग सेवा लिन्छन् ।

अस्पतालमा  मेडिसिन, गाइनो र अर्थोपेडिक्सका बिरामी धेरै छन् । “मौसमी रुघाखोकी र फ्ल्यूको समस्या लिएर आउने बिरामी पनि हुनुहुन्छ । यस्ता श्वासप्रश्वासका समस्या लिएर आउने बिरामीको सङ्ख्या दैनिक ३० देखि ४० जनासम्म छन्”, उनले जानकारी दिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कन्सल्टेन्ट फिजिसियन मिलन बज्राचार्यले बहिरङ्गमा सेवा लिने बिरामीको सङ्ख्याले मौसमी रुघाखोकीको यकिन अवस्थाबारे आङ्कलन गर्न नसकिने बताउँछन् ।

उनी भन्छन्, “कतिपय बिरामीले घरेलु उपचार गरेर बस्नुहुन्छ । अन्यले नजिकैको क्लिनिकबाट उपचार गर्नुहुन्छ । त्यसपछि पनि निको नभएपछि मात्र अस्पताल आउनुहुन्छ । त्यसैले मौसमी रुघाखोकी र फ्ल्यूका बिरामी कति छन् भन्ने अस्पतालको तथ्याङ्कले पुष्टि गर्दैन ।”

उनी थप्छन्, “अहिलेको रुघोखोकी कडा जस्तो देख्छु । अस्पतालसम्म आउने बिरामीलाई दुई हप्ता बढीसम्म च्याप्ने गरेको देखिएको छ । अहिले रुघाखोकी हुँदै निमोनियाबाट ग्रसित दुईजना आइसियुमा हुनुहुन्छ ।”

उनका अनुसार अस्पताल आउने ६० देखि ७० बिरामीको सङ्ख्यामा १२ जनासम्म बिरामी श्वासप्रश्वासको हुने गरेका छन् ।

चिसोमा भीडभाड कम हुने र सङ्क्रमण गराउने भाइरस र ब्याक्टेरीयालगायत कम सक्रिय हुनाले चिसोमा बिरामीको सङ्ख्या तुलनात्मक रुपमा कम हुने गरेको चिकित्सक बताउँछन् ।


 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  ०९:५८
##sukrarajtropicalhospital
प्रतिक्रिया दिनुहोस्
थप समाज
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्