Top Navigation
Main Navigation
आइतबार, चैत २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, चैत २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • बैगुनको बदला पनि गुन
बैगुनको बदला पनि गुन सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, पुस १९, २०७९

मानिसको जीवनमा उचित आहार, विहार र विचारको सन्तुलन भएपछि जीवन अत्यन्त सहज र सरस हुने गर्दछ। त्यो जीवनको आनन्द आफैमा हुन्छ । आफ्नो जिन्दगीवाट आफै रमाउन सक्नु नै जिन्दगीको उत्कृष्टता हो ।

मान्छेलाई विरामी पार्ने भन्ने नै उचित आहार, विहार र विचार नमिलेर नै हो । शरीरको आवश्यकता अनुसारको प्राकृतिक उचित आहार अनि सोही अनुरुप विहार अर्थात व्यायाम अनि सकारात्मक विचारले तनाबपूर्ण जीवनलाई अत्यन्त आनन्दमय जिन्दगी बन्ने गर्दछ । यसतर्फ आम मानिसले सामान्य मात्र विधि पुर्याएमा पनि सहज हुने निश्चित छ ।

अर्कोतर्फ आफ्नो स्वास्थ्य आफ्नै हातमा रहेको तथ्य पनि प्रकाशमा आएको छ । औषधिले स्वास्थ्य दिने भए, यस संसारमा एउटै मानिस पनि विरामी पर्ने थिएन । हतियारले शान्ति आउने भए संसार उहिल्यै शान्तिक्षेत्र भैसक्ने थियो । वाद–विवाद गरेर सत्य पत्ता लाग्ने भए संसारका सवै मानिस उहिल्यै ज्ञानी भैसक्ने थिए ।

त्यसैले समय छँदै जीवनलाई परिवर्तन गर्न आवश्यक भएको र त्यसको लागि एक भाग अन्न, एक भाग हरियो तरकारी र एक भाग सलाद फलफूल उचित आहारमा पर्याप्त पुग्ने भनाई पनि प्रकृतिक उपचारकहरुको निश्कर्ष छ ।

यो निश्कर्ष अनुसार, माछा–मासु, दूग्धजन्य पद्धार्थ, जाँड–रक्सी, मैदाजन्य पद्धार्थ, अण्डावाट बन्ने खानेकुरा खान नहुने बुझाई रहेको छ । उचित विहारमा परिश्रम र आरामको सन्तुलन मिलाउनु पर्ने, सुत्ने र उठ्ने समयको निश्चित गर्नुपर्ने, कम्तिमा आठ घण्टा सुत्नुपर्ने, हप्तामा ५–६ दिन शरीरका सवै अंग र जोर्नी संचालन हुने व्यायाम गर्न आवश्यक छ ।

उचित विचारमा कुनैपनि हालतमा नरिसाउने, वादविवाद नगर्ने, चिन्ता नगर्ने, निराश नहुने, बेइमानी नगर्ने, कुभलो नचिताउने, गुनको बदला मात्र होइन, बैगुनको बदला पनि गुनै तिर्ने, हरेकलाई प्रेम र सम्मान गर्ने विचारको विकास गर्नु हो ।

यति भएपछि जिन्दगी गुलाफको फूल जस्तो सुन्दर र हलुका हुने गर्दछ। यो तथ्यपरक कुरालाई भागदौडको जिन्दगीमा बाँचेको मानिसको जिन्दगी अलिकति मात्र सोचविचार गरेमा जीवन धेरै सरल हुने देखिन्छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  ०८:३९
##Health
प्रतिक्रिया दिनुहोस्
थप विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ शनिबार, चैत १४, २०८२
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
देश जिताउने या हराउने जनताकै हातमा
देश जिताउने या हराउने जनताकै हातमा बिहीबार, फागुन २१, २०८२
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि :  समृद्धिका भरोसा 
वैधानिक विधिसम्मत् जनताका प्रतिनिधि : समृद्धिका भरोसा  शनिबार, फागुन १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
  • नंः २ पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै
  • नंः ३ संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
  • नंः ४ मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
  • नंः ५ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
विचार
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी विदुर कटुवाल
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्