Top Navigation
Main Navigation
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, असार २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • नेपालको असुरक्षित आन्तरिक उडान
नेपालको असुरक्षित आन्तरिक उडान सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, माघ ८, २०७९
Api Himal

परिवार जहाजमा उड्ने र गाडीमा गुड्ने सबै नागरिकका हुन्छन्, शोकको डिग्रीलाई उड्नु र गुड्नुले फरक पार्दैन । हवाई यात्रा सबै यातायातका साधनमा सबैभन्दा सुरक्षित मानिने यात्रा हो । तर, नेपालको हकमा यो पनि अपवाद हुँदै गएको छ ।

नेपालको आकाशमा उड्ने आन्तरिक हवाई उडान सुरक्षित हुन सकेको छैन् । पटक पटक नेपालको आन्तरिक उडानमा नेपालको आकाशमा दूर्घटना भएर कयौंको ज्यान गैसकेको छ ।

काठमाडौंवाट पोखराको उडानमा गएको यति एअरलाइन्सको जहाज पोखराको सेती नदीको खोचमा पुगेर गंभीर दूर्घटना भएर ७२ जनाको ज्यान जानु नेपालको हवाई इतिहासमा गंभीर तथा ठूलो दूर्घटना हो ।

विश्वमा हवाई यात्रा सुरक्षित यात्राको रुपमा लिएतापनि नेपालको परिप्रेक्ष्यमा हवाई यात्रा त्यति सुरक्षित नहुनुको कारणमा यसमा गरिने गरेको बारम्बार लापरवाही नै कारक हुने गरेको छ ।

Nepal Oil Corporation

विदेशमा निकम्मा भनिएका हवाइजहाजहरु नै सस्तोको भाउमा नेपालमा ल्याउने अनि तिनवाट नै उडान भर्ने गरेवाट यस्ता दर्दनाक घटनाको शिकार नेपाल र नेपाली हुनु परिरहेको छ ।

जुन परिदृ्श्यमा नेपालको दुर्घटनाको इतिहास हेर्ने हो भने धेरै दुर्घटना हुने एयरलाइन्स मध्येको एक यति एयरलाइनसको विमान पुनः दुर्घटनामा परेवाट सवैलाई झस्काएको छ ।

दुर्घटनामा परेको यति एयरलाइन्सको सो जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ । दुर्घटनामा परेको जहाज एटिआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर ७५४ जहाज हो ।

सन् २००७ मा पहिलो उडान गरेको सो जहाज यतिले सन् २०१९ मार्च २६ मा किनेको थियो । थाइल्याण्डको नोक एयरले यो एटीआर किङफिसरलाई बेचेको थियो । भारतको किङफिसर एयरलाइन्सले प्रयोग गरेको यो जहाज सन् २०१३ बाट नुक एयरले प्रयोग गरेको थियो।

१६ बर्ष पुरानो जहाज नेपालको आकाशमा उडानमा रहेको यो तथ्यले पनि दूर्घटना हुनुको कारणमा इञ्जिनमा आएको खराबी हो या अरु नै कारण हो भन्ने कुरा अनुसन्धान पछि नै थाहा हुने कुरा हो । यद्यपि, कवाडमा पठाउनु पर्ने हवाइजहाजहरु नेपालको आकाशमा उडान भरिरहेको अवस्थालाई नजर अन्दाज गर्ने हो भने, यसले अझ धेरै दूर्घटना निम्त्याउने देखिन्छ ।

तसर्थ, दूर्घटना न्यून गर्न सवैभन्दा पहिला संवन्धित निकायले पुराना थोत्रा जहाजलाई कवाडमा फाल्न र फाल्न लगाउन अत्यन्त आवश्यक छ । नयाँ र ब्राण्डेट जहाज मात्र ल्याउने र तिनलाई मात्र नेपालको आकाशमा उडान भर्न लगाउने कडा नियम बनाउन आवश्यक छ ।

- नामी साप्ताहिक

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १९:५६
##yetiairlines
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन
मिसन २०८४ पहिलो हुने मात्र, सोचमा नयाँ छैन भिजन शनिबार, असोज ५, २०८१
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान बुधबार, असोज २, २०८१
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ?
हामीले कृषिमा के सुधार गर्न सक्छौँ ? मंगलबार, भदौ ४, २०८१
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण
नजिकैबाट सगरमाथा हिमालको दर्शन गर्ने मौका पाएको त्यो क्षण शनिबार, साउन २६, २०८१
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ३ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्