Top Navigation
Main Navigation
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
आइतबार, असार २२, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा
पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २६, २०७९

काठमाडौ । नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सेनाका प्रफुल महर्जन र रुकेशको जोडी पनि एकल र युगल दुवै तर्फ जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भए ।

Nepal Oil Corporation

एकल तर्फ प्रफुलले एपिएफका क्षितीज खनाललाई २१–१४, २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाई २१–१८, २१–१० ले पराजित गरे। यसैगरि महर्जन जोडीले सुनसरीका मुनाहाङ्ग राई र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपिएफका देवराज रानालाई २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कविर के.सी.लाई २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाई १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजीत थापा मगरलाई २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे ।

पुरुष युगल तर्फ एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले ईटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनाको जोडीलाई २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाई २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाई २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाई २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले ते¥हथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाई २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीले सुनसरीका अनन्त राज तामाङ्ग र प्रविन तामाङ्गको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनमा स्थान पक्का गरे ।

महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिला महर्जन क्वाटरफाईनल प्रवेश गरेकी छिन् । सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाई २१–२, २१–५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी हुन् ।
यस्तै पुलिसकी निता लम्सालले क्वाटरफाईनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङ्गलाई २१–१४, २१–१२ ले पराजित गरिन् ।

एपिएफकी जेशिका गुरुङ्ग कन्चनपुरकी निलिमा महरालाई २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राईलाई २१–७, २१–९, एपिएफकी सुनयना मुखिया आर्मीकी बिष्णा बिष्टलाई २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राईलाई २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाई २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाई २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राई, आर्मीका दीप थिङ्ग, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ्ग राई, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए । यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङ्गले पनि जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।

छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपिएफका आरुष सिमखडा पनि जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरे । यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ्ग, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

छात्रा तर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राई, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राईका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:५५
##Badminton
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु  
सर्वाधिक राशीको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप शुरु   मंगलबार, असार ३, २०८२
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा
सूर्य नेपाल च्यालेन्ज प्रो-एमको उपाधि प्रो रामे मगर टिमकाे कब्जामा शनिबार, जेठ ११, २०८२
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई 
कोर्स रेकर्ड सहित सूर्य नेपाल च्यालेन्जकाे उपाधि शुक्रलाई  शुक्रबार, जेठ १०, २०८२
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै
सूर्य नेपाल च्यालेन्ज : शुक्रको अग्रता कायमै शुक्रबार, जेठ १०, २०८२
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु
चार दिने सूर्य नेपाल च्यालेन्ज शुरु मंगलबार, जेठ ७, २०८२
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप
लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप सोमबार, वैशाख २२, २०८२
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि'
गोरखा ब्वाईज क्लबले चुमे 'युवा कप-२०२५ उपाधि' बिहीबार, चैत १४, २०८१
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त
पूजा र कविता एक्स्ट्राटेक रङ्गशालाको ब्राण्ड एक्बेसडरमा नियुक्त सोमबार, फागुन १९, २०८१
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु
यु-१९ क्रिकेटःमहिला टिमको बन्द प्रशिक्षण सुरु बिहीबार, पुस ११, २०८१
Tourism Office Kathmandu
लाेकप्रिय समाचार
  • नंः १ ताप्लीको मुहारमा परिवर्तन आउने गरी काम गर्दैछु : अध्यक्ष ढुंगराज विश्वकर्मा
  • नंः २ युगीन कलाकार पवन जोशी महारथी ।। चिरिबाबु महर्जन नगरपिता ।। बिक्रम भक्त नेवाः तारा ।। न्हुछेकाजी नेवाः सूर्य ।।
  • नंः ३ गानोडर्मा (राताे च्याउ) को उत्पादन नेपालमा सुरु
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ बजार अनुगमनले लियाे तीव्र रूप
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्