Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, चैत ७, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा
पुलिसका बिष्णु र प्रिन्स दुवै विधाको क्वाटरफाईनलमा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, माघ २६, २०७९

काठमाडौ । नेपाल पुलिसका बिष्णु कटुवाल र प्रिन्स दाहाल इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को पुरुष एकल र युगल दुवै तर्फ जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरेका छन् ।

एकल तर्फ बिष्णुले त्रिभुवन आर्मीका नरेन्द्र बमलाई २१–१०, १५–२१, २५–२३ को संघर्षपूर्ण जित निकाल्दै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

प्रिन्सले आर्मीका हिमाल चन्दमाथि २१–१४, २१–७ को जित निकाल्दै अन्तिम ८ मा स्थान सुरक्षित गरेका हुन् । यस्तै पुरुष युगल तर्फ पनि बिष्णु र प्रिन्सको जोडीले सुनसरीका अनन्त राज तामाङ र प्रविन तामाङको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सेनाका प्रफुल महर्जन र रुकेशको जोडी पनि एकल र युगल दुवै तर्फ जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल भए ।

एकल तर्फ प्रफुलले एपिएफका क्षितीज खनाललाई २१–१४, २१–७ ले र रुकेशले एपिएफकै रोशन साउदलाई २१–१८, २१–१० ले पराजित गरे। यसैगरि महर्जन जोडीले सुनसरीका मुनाहाङ्ग राई र सुनसरी ब्याडमिन्टन एकेडेमीका लाक्पा शेर्पाको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने क्रममा पुलिसका सुनिल जोशीले एपिएफका देवराज रानालाई २१–१२, २१–१२, पुलिसकै जीवन आचार्यले आर्मीका कविर के.सी.लाई २१–११, ९–२१, २१–१९, एपिएफका अमन महर्जनले पुलिसका दीपक बोहरालाई १६–२१, २१–७, २१–१५, आर्मीका पविन लिनथेपले एपिएफका विजीत थापा मगरलाई २१–१२, २१–१२ को समान अन्तरले पराजित गरे ।

पुरुष युगल तर्फ एपिएफका क्षितीज खनाल र प्रनिश सिंह ठकुरीको जोडीले ईटहरी ब्याडमिन्टन क्लबका पूर्ण बुढा र सविन खनाको जोडीलाई २१–१०, २१–१४, पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीले बेलटार ब्याडमिन्टन एकेडेमीका विनय चौधरी र केनिश मगरको जोडीलाई २१–१५, २१–१४, एपिएफका अमन महर्जन र रोशन साउदको जोडीले सुनसरी ब्याडमिन्टन एकेडेमीका प्रदीप श्रेष्ठ र पवन राना मगरको जोडीलाई २१–१९, १८–२१, २१–१२, एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडीले संखुवासभाका निशान्त कटुवाल र पवन राना मगरको जोडीलाई २१–११, २१–१८, पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जाडीले ते¥हथुमका महेश आचार्य र गोपाल लिम्बुको जोडीलाई २१–१३, २१–१०, आर्मीका हिमाल चन्द र कविर के.सी.को जोडीले सुनसरीका अनन्त राज तामाङ्ग र प्रविन तामाङ्गको जोडीलाई २१–९, २१–१० ले पराजित गर्दै क्वाटरफाईनमा स्थान पक्का गरे ।

महिला एकल तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिला महर्जन क्वाटरफाईनल प्रवेश गरेकी छिन् । सेनाकी रशिलाले ताप्लेजुङ्गकी भवानी देवी फेदेमलाई २१–२, २१–५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी हुन् ।
यस्तै पुलिसकी निता लम्सालले क्वाटरफाईनल प्रवेश गर्ने क्रममा धनकुटाकी अरुण तामाङ्गलाई २१–१४, २१–१२ ले पराजित गरिन् ।

एपिएफकी जेशिका गुरुङ्ग कन्चनपुरकी निलिमा महरालाई २१–९, २१–७, आर्मीकी प्राथना देउवा झापाकी अन्जना राईलाई २१–७, २१–९, एपिएफकी सुनयना मुखिया आर्मीकी बिष्णा बिष्टलाई २१–८, २१–१४, कस्तुरी कलेजकी सिमा राजवंशी आर्मीकी अनुमाया राईलाई २१–१३, २१–१५, एपिएफकी शोभा गौचन कैलालीकी एलिना सुनारलाई २१–१९, २१–१३ र आर्मीकी अमिता गिरी सर्लाहीकी निकिता लामालाई २१–११, २१–१७ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाए ।

इटहरी रङ्गशालास्थित कभर्डहलमा भएको प्रतिस्पर्धाको छात्र एकल तर्फको खेलमा यु –११ तर्फ नेपाल पुलिस स्कुल काभ्रेका नवदीप राई, आर्मीका दीप थिङ्ग, खोटाङ्गका संयोग धमला, सप्तरीका अभिनाष शाह, भोजपुरका तयाबुङ्ग राई, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की र सप्तरीका संगम राउतले पनि अन्तिम ८ मा स्थान बनाए । यस्तै छात्रा तर्फ सुनसरीका आयुषा निरौला र रिश्ता रावल, भोजपुरकी नदिरा तामाङ्गले पनि जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरे ।

छात्र यु –१३ तर्फ आर्मीका सुदेश राजकोटी, काठमाण्डौ ब्याडमिन्टन एकेडेमीका प्रवल श्रेष्ठ, एपिएफका आरुष सिमखडा पनि जित हात पार्दै क्वाटरफाईनल प्रवेश गरे । यसैगरि कैलालीका आदित्य चौधरी, पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, आर्मीका रिजन मगर र दीप थिङ्ग, तनहुका सफल भुजेल पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।

छात्रा तर्फ भोजपुरकी उपमा खड्का, सेनाकी समृद्धि श्रेष्ठ, बेलटार ब्याडमिन्टन एकेडेमीकी दिभ्या राई, सेनाकी अजरेन्का शेरचन, कास्कीकी निभा राई, बेलटार ब्याडमिन्टन एकेडेमीकी निताशा राईका मगर र सेनाकी टिशा रानी शाक्यले पनि क्वाटरफाईनलमा स्थान पक्का गरे ।
 

प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:५५
##Badminton
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक 
केनिश खड्काले प्राप्त गरे स्वर्ण पदक  बिहीबार, फागुन ७, २०८२
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक
नेपालकी गीता विष्टले प्राप्त गरिन् रजत पदक बुधबार, फागुन ६, २०८२
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना
इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना आइतबार, माघ २६, २०८२
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक
नेपाली महिला क्रिकेट टोलीको जर्सी सार्बजनिक बुधबार, माघ २२, २०८२
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप आइतबार, मंसिर २२, २०८२
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान
गुलशन झालाई संस्कृति स्पोर्ट्स सम्मान शनिबार, मंसिर १४, २०८२
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता
१३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मंसिरको तेश्रो साता शनिबार, मंसिर ७, २०८२
१५ औं यल कप
१५ औं यल कप शनिबार, कात्तिक ३०, २०८२
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता
अन्तरराष्ट्रिय एडभेन्चरमा गौतम खातीको अष्ट्रेलियामा ठूलो सफलता आइतबार, कात्तिक ३, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः २ सीमाना पारको सम्बन्ध
  • नंः ३ मन्त्रीपरिषद् बैठकको निर्णयहरु
  • नंः ४ कोकाकोलाको ‘मोमो फोमो’ अभियान सुरू
  • नंः ५ नामी साप्ताहिक
विचार
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शारदा बजगाईँ
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्