Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ २९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • इन्टरनेटले धेरै बालबालिकाहरू जोखिममा
इन्टरनेटले धेरै बालबालिकाहरू जोखिममा सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन ११, २०७९

सूचना प्रविधिमा आधारित विश्वलाई साइबर संसार भन्ने गरिन्छ । नयाँ प्रविधिको रुपमा व्यापक परिचालनमा रहेको इन्टरनेट प्रयोगले अझ धेरै बालबालिकाहरू साइबर जोखिममा ज्यादा छन् । प्रविधि र त्यसको सुरक्षा प्रोटोकलको जानकारीको अभाव, संकट र त्यसबाट निस्कने उपायहरूको अभाव, जीवन र संघर्षका सीप र संघर्ष संस्कार अभावले उनीहरू बढी जोखिममा देखिएका छन् ।

बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग र त्यसबाट हुने हानि, पोर्नोग्राफी र त्यसबाट बच्नका लागि सही यौन शिक्षाको स्वाभाविक ज्ञानको प्रवाहलगायतमा ध्यान दिन जरुरी छ । उनीहरूलाई साइबर संसार गोप्य स्थान होइन यहाँ प्रयोग गरिएका तस्बिर, मेसेज वा कुनै पनि सामग्रीहरू सधैंका लागि डिलिट हुँदैनन् ।

जतिसुकै सुरक्षित भनिए पनि व्यक्तिगत सन्देश, तस्बिर वा अन्य कुनै पनि कुराहरू यो माध्यमबाट आदानप्रदान वा स्टोर गर्ने काम सुरक्षित होइन भन्ने सन्देश दिन जरुरी छ । यदि यस्ता कुनै कमजोरीले केही असर परेको अवस्थामा कानुनी उपचार, धैर्य र संघर्षको बाटो पनि छ भन्ने सन्देश दिन जरुरी छ । यसैले साइबर सुरक्षा सबै वर्ग, क्षेत्र, समुदाय, उमेरसमूह, शैक्षिक तहकाहरूलाई जरुरी छ।

यसरी विकासका नाममा भित्रिएको प्रविधिमा रहेको परनिर्भरता र स्वतन्त्रका नाममा छाडिएको असीमिततालाई माध्यम बनाएर आफ्नो प्रभाव फैलाइरहेको इन्टरनेटको दुरुपयोगबाट बच्नेतर्फ ध्यान दिन जरुरी छ । आत्मसचेतना, प्रविधि शिक्षा र घरेलु तथा विश्वव्यापी कानुनी व्यवस्था र संघर्षलाई निरन्तरता दिन नसक्ने हो भने विकासको नाममा अर्को ठूलो विनाश हुने देखिन्छ ।

इन्टरनेटको प्रयोगले समाजमा पारिरहेको असरलाई विश्लेषण र रूपान्तरण गर्न जरुरी छ । बेरोजगार समूह, कम रोजगारी हुनेहरू इन्टरनेटको माध्यमबाट अपरिचितहरूसँग नजिकिने, डिजिटल प्रेममार्फत हनिट्र्यापमा पर्ने, आर्थिक तथा यौनजन्य अपराधहरूमा जोडिने खतराहरू बढेको छ । सामाजिक सञ्जालमा जोडिनेहरूको अवस्था हेर्दा यति ठूलो र विकराल रूप लिइसकेको अवस्था छ त्यो गम्भीर छ ।

सामाजिक सञ्जालका सम्बन्ध र आपसी निगरानीका होडबाजीले निकट सम्बन्धहरू खुकुला र अस्थिर हुँदै सामाजिक एकताको अवस्थाबाट सामाजिक दुर्घटनातर्फ उन्मुख छ । हरेक व्यक्तिका चासो र टिप्पणीहरूले समाजलाई आक्रोश, पीडा, घृणा र निराशामा केन्द्रित राखेको छ ।

इन्टरनेटबाट प्रदान गरिने सामाजिक सन्देशहरूले पनि तीव्र विकास र उच्च प्रगतिका महत्वाकांक्षा बाँड्ने र तत्कालीन अवस्थाहरू सो अनुरूप हुन नसकेको अवस्थामा महसुस गर्ने पीडाले डिप्रेसन हुँदै आत्महत्यासम्म पुग्ने अवस्था निर्माण भएको छ जुन अत्यन्तै चिन्ताजनक छ। सामाजिक सञ्जालको असामाजिक परिचय बनिसकेको अवस्था छ यो अर्को चिन्ताजनक अवस्था हो ।

इन्टरनेटको प्रयोगले समाजमा पारिरहेको असरलाई विश्लेषण र रूपान्तरण गर्न जरुरी छ । बेरोजगार समूह, कम रोजगारी हुनेहरू इन्टरनेटको माध्यमबाट अपरिचितहरूसँग नजिकिने, डिजिटल प्रेममार्फत हनिट्र्यापमा पर्ने, आर्थिक तथा यौनजन्य अपराधहरूमा जोडिने खतराहरू बढेको छ ।

त्यसकारण यस्ता साइवर सवालमा बालबालिकादेखि युवापुस्ता तथा बूढापुस्तासम्मलाई सचेत गर्न र गराउन आवश्यक छ।

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  ०९:१०
##cyber
प्रतिक्रिया दिनुहोस्
थप विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... आइतबार, भदौ २८, २०८३
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शनिबार, भदौ २७, २०८३
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  बिहीबार, भदौ २५, २०८३
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता आइतबार, भदौ २१, २०८३
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ आइतबार, भदौ २१, २०८३
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति आइतबार, भदौ १४, २०८३
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन आइतबार, भदौ १४, २०८३
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शनिबार, भदौ १३, २०८३
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार सोमबार, साउन २५, २०८३
लाेकप्रिय समाचार
  • नंः १ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः २ खरानीपछि उज्यालो-जेन-जीको नयाँ संकल्प
  • नंः ३ तेस्रो पटक ISO 9001: 2015 बाट प्रमाणित
  • नंः ४ उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
  • नंः ५ नामी साप्ताहिक
विचार
अध्यात्मले संसारकै जित गराउँछ...
अध्यात्मले संसारकै जित गराउँछ... NamiNews- नामीन्यूज
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा
उद्धारकर्ता सधैंको सहारा–सबै पेशाप्रति राखौं सम्मान र भरोसा शारदा बजगाईँ
रसुवाको बाढीले सिकाएको पाठ 
रसुवाको बाढीले सिकाएको पाठ  NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्