काठमाडौ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रिय समस्या समाधानका लागि प्रमुख राजनीतिक दलका बीचमा साझा सहमति हुन जरुरी रहेको बताएको छ ।
प्रतिनिधिसभाको बैठकपछि सङ्घीय संसद भवन नयाँबानेश्वरमा उनले सहमतिका आधारमा राष्ट्रपति चयन हुने र मुलुकको समस्या समाधानका लागि पनि सबै दलबीच सहमति जरुरी रहेको बताएको हो ।
उनले आफ्नो पार्टी राष्ट्रिय विषयमा प्रमुख दलहरुबीच साझा सहमति हुनुपर्छ भन्ने मान्यतामा रहेको उल्लेख गेका हुन्। राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने विषयमा आज साँझ बस्ने बैठकले टुङुगो लगाउने उनको भनाइ थियो ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता शर्माले मुलुकको सामु देखिएको आर्थिक लगायतका अन्य समस्या समाधानका लागि दलहरुबीचको एकता जरुरी रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९ १६:१३