Top Navigation
Main Navigation
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, वैशाख १०, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल विजयी
नेपालको तेस्रो राष्ट्रपतिमा पौडेल विजयी
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, फागुन २५, २०७९

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको छ । 

मुलुकको तेस्रो राष्ट्रपतिका लागि भएको मतदानमा नेता पौडेलले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित भएको हो ।

मतदानमा पौडेलले ३३ हजार ८ सय २ र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।

निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको थियो । राष्ट्रपति पदको मतदानका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।

पूर्व सभामुख समेत रहेका पौडेल कांग्रेससहित नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार थिए भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो।

संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ ।

नेपालमा विसं २०६२/६३ को आन्दोलनको उपलब्धिका रुपमा मुलुकमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपति प्रणालीको अभ्यास सुरु भएको हो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।


 

प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:३३
##ramchandrapaudel
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
 नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन आइतबार, वैशाख ६, २०८३
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ? शनिबार, वैशाख ५, २०८३
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’  शुक्रबार, वैशाख ४, २०८३
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु
युगान्तकारि राजनीतिक 'सुनामी-२०८२' का घटनाक्रमहरु सोमबार, चैत ३०, २०८२
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु
मन्त्रीपरिषद् बैठकको मुख्य मुख्य निर्णयहरु मंगलबार, चैत २४, २०८२
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ?
संसद्काे पहिलो बैठकमै एमालेको कडा विरोध, भविष्यमा के हाेला ? शुक्रबार, चैत २०, २०८२
पहिलाे संसद् बैठक:  प्रतिबद्धता धेरै, विश्वास थाेरै
पहिलाे संसद् बैठक: प्रतिबद्धता धेरै, विश्वास थाेरै शुक्रबार, चैत २०, २०८२
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी
नयाँ संसद्, नयाँ संकेत: जेन-जीको म्यान्डेट र परीक्षणको घडी बिहीबार, चैत १९, २०८२
सर्बदलीय बैठकमा के के भयो ?
सर्बदलीय बैठकमा के के भयो ? बुधबार, चैत १८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्