Top Navigation
Main Navigation
आइतबार, मंसिर ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, मंसिर ८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको छ : मन्त्री शर्मा
सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको छ : मन्त्री शर्मा
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, फागुन २७, २०७९

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीयताविरुद्व षड्यन्त्र भइरहेको बताएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाको सातौँ स्थापना दिवसको उद्घाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले सङ्घीयता खर्चिलो, महँगो र भड्किलो भयो भन्ने आवाज सुनिनु दुःखद् भएको बताएको हो ।

कतिपय बेला सडक, सदन र कतिपय समयमा महत्वपूर्ण मानिएका व्यक्तिबाट पनि त्यस्ता भावना उद्धृत हुने गरिएको उल्लेख गर्दै मन्त्री शर्माले भने, “सङ्घीयताविरुद्ध आवाज उठाउन हुन्न, सङ्घीयता आवश्यक छैन भन्नु गलत हो।”

“हिजोका गाविस कति थिए, पदाधिकारी कति थिए, राज्यले कतिलाई तलब खुवाउनुपथ्र्यो, कति साधनस्रोत खर्च हुन्थ्यो, आजको गाउँपालिका कत्रो छ, पदाधिकारी कति छन्, त्यो बुझ्न आवश्यक छ”, मन्त्री शर्माले भने, “प्रदेश कत्रो छ, त्यसभित्र कार्यपालिका, सरकार संसद्मा नेतृत्व गर्ने व्यक्ति र केन्द्रमा नेतृत्व गर्ने कति छन्, ती सबैको हिसाबकिताब गर्ने हो भने विगतमा भन्दा बढी खर्च हुने देखिँदैन ।”

Nepal Oil Corporation

कुनै समयमा राजनीतिक अस्थिरतका कारण सरकार सानो ठूलो बन्यो होला त्यो एउटा समीक्षाको पाटो हुन सक्ने मन्त्री शर्माको भनाइ छ । उनले भने, “वडामा अध्यक्षसहित पाँच प्रतिनिधि रहेका छन् । खर्चका हिसाबले पनि हिजोको भन्दा बढी हुन सक्दैन । हिजोका गाविसले दिने सेवा र आजका गाउँपालिकाले जनतालाई दिने सेवा सुविधामा आकाश पातलको फरक छ ।”

विगतमा भएका गल्तीकमजोरीलाई लिएर तीन तहको सरकारको विरुद्धमा जाने कुरा बेठिक भएको बताउँदै मन्त्री शर्माले संविधानले तोकेअनुरुप केन्द्रका लागि २५ मन्त्री, प्रदेशमा २० प्रतिशतभन्दा माथि जान नपाउने भनेर घटाएर सानो बनाएको स्पष्ट पारे । मन्त्री शर्माले भने, “खर्चका हिसाबले पनि हिजोका भन्दा आज कम छ ।”

जनयुद्ध र आन्दोलन जगमा टेकेर संविधानसभा निर्माण भएको उल्लेख गर्दै मन्त्री शर्माले संविधानसभाबाट संविधान निर्माण गरी तीन तहको सरकार गठन गरेको स्मरण गरे ।

“सङ्घीय, प्रदेश र अधिकार सम्पन्न हुने गरी स्थानीय तहको सरकार गठन गरेका छौँ ।”, मन्त्री शर्माले भने, “संविधानमा लिपिबद्ध गरी सञ्चालन प्रक्रिया र अधिकार सबै संविधानमा व्यवस्थाको गरेर अघि बढेका छौँ ।”

स्थानीय तहको सरकार जनताको नजिकको सरकार, जनताको साथी, दुःख सुखमा साथ दिने सरकार भएकाले सहज तरिकाबाट जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिए ।

प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९  २०:००
##rekhasharma
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले के के निर्णय गर्यो ? शनिबार, मंसिर ७, २०८२
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली
एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली शनिबार, मंसिर ७, २०८२
शान्तिक्षेत्र स्थापनार्थ यो फोर्स निर्माण भएको हो, कोही डराउनु पर्दैन : अध्यक्ष केपी ओली
शान्तिक्षेत्र स्थापनार्थ यो फोर्स निर्माण भएको हो, कोही डराउनु पर्दैन : अध्यक्ष केपी ओली शुक्रबार, मंसिर ६, २०८२
एमाले अध्यक्ष ओली : संसद विघटन असंबैधानिक छ
एमाले अध्यक्ष ओली : संसद विघटन असंबैधानिक छ मंगलबार, मंसिर ३, २०८२
मन्त्रीपरिषद् बैठकको निर्णयहरु
मन्त्रीपरिषद् बैठकको निर्णयहरु मंगलबार, मंसिर ३, २०८२
त्रिविको जग्गा हडप्नेलाई तत्काल कानुनको कठघरामा उभ्याउन प्रधानमन्त्रीको निर्देशन
त्रिविको जग्गा हडप्नेलाई तत्काल कानुनको कठघरामा उभ्याउन प्रधानमन्त्रीको निर्देशन मंगलबार, कात्तिक २६, २०८२
पार्टी विभाजन हल्ला मात्र हो
पार्टी विभाजन हल्ला मात्र हो मंगलबार, कात्तिक १९, २०८२
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु
जेनजी सरकार र दलहरुबीचको निर्णयहरु बिहीबार, कात्तिक १४, २०८२
दुई मन्त्रीको शपथ ग्रहण
दुई मन्त्रीको शपथ ग्रहण आइतबार, कात्तिक १०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
  • नंः २ एमालेलाई उत्तेजित नबनाउनुस्: अध्यक्ष ओली
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ फ्लप फिल्महरूको निराशालाई तोड्दै अघि बढ्यो ‘परान’ 
  • नंः ५ १५ औं यल कप
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्