Top Navigation
Main Navigation
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
सोमबार, पुस २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विजनेश
  • Home
  • विजनेश
  • पदयात्री पर्यटकले अनिवार्य रुपमा गाइड (पद प्रदर्शक) लैजानुपर्ने
पदयात्री पर्यटकले अनिवार्य रुपमा गाइड (पद प्रदर्शक) लैजानुपर्ने
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, चैत १८, २०७९

काठमाडौँ । पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड-२०७९ कार्यान्वयनमा ल्याइएको छ ।

टिम्स सम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुभारम्भ गरेको हो। उक्त मापदण्ड आजदेखि लागूभएसँगै अब पदयात्री पर्यटकले अनिवार्य रुपमा पथ प्रदर्शक लैजानुपर्ने छ।

पर्यटनमन्त्री किरातीले टिम्स सम्बन्धी मापदण्डले नेपालको पर्यटनलाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले विदेशी पर्यटकलाई नेपालमा पदयात्रा सुरक्षित बनाउनुका साथै पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न नयाँ व्यवस्थाले सहयोग पुग्ने उल्लेख गरेका हुन्।

पर्यटनमन्त्री किरातीले सम्पदा क्षेत्रको संरक्षण र सरसफाईका लागि सबैको सक्रिय सहभागिता चाहिने उल्लेख गरे । उनले सरसफाई अभियानलाई व्यापक बनाएर लैजानुपर्ने खाँचो औंल्याए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले टिम्स सम्बन्धी नयाँ नियमले पदयात्रालाई सुरक्षित बनाउने बताए । उनले आजबाट पदयात्रामा जाने व्यक्तिले अनिवार्य रुपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू भएको उल्लेख गरे ।

ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बाँस्तोलाले लामो समयदेखि व्यवसायीले उठाउदै आएको विषयलाई बोर्डले कार्यान्वयनमा ल्याएको भन्दै यसबाट पदयात्रा सुरक्षित हुनका साथै रोजगारी समेत सिर्जना हुने विश्वास व्यक्त गरे ।

नेपालमा पदयात्रालाई सुरक्षित बनाउन एवं पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनिकरण गर्न व्यवस्था गरिएको टिम्सलाई प्रभावकारी सञ्चालन र थप व्यवस्थिन गर्न बोर्डले मापदण्ड बनाएको हो ।

मापदण्ड अनुसार टिम्स लागु हुने क्षेत्रमा पदयात्रामा जान चाहने पदयात्रीले कम्पनी मार्फत अनिवार्य रुपमा पदयात्रा अवधिकार पथ प्रदर्शक लैजानुपर्ने व्यवस्था गरिएको छ ।

हिमाल आरोहणको अनुमति लिई हिमाल आरोहणमा जाने आरोहीले टिम्स अनुमतिपत्र लिनुपर्दैन तर, आरोहण अनुमतिपत्र आरोहीले साथैमा लैजानुपर्छ ।

नेपाल पर्यटन बोर्ड ऐन २०५३ र टिम्स सञ्चालन निर्देशिका, २०६४ अनुसार सार्क राष्ट्रका पदयात्रीका लागि टिम्स अनुमति शुल्क प्रतिपदयात्री १ हजार, अन्य राष्ट्रका पदयात्रीका लागि प्रतिपदयात्री २ हजार लाग्छ ।

पदयात्राको उद्देश्यले टिम्स लागू हुने क्षेत्रमा पदयात्रामा जाने कुटनीतिक नियकाग एवं कूटनीतिक क्षेत्रका पदाधिकारी, विकास साझेदार संस्था, दातृ निकायका पदाधिकारीलाई प्रति पदयात्री ५ सय टिम्स शुल्क लाग्छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १८:२०
##sudankirati
प्रतिक्रिया दिनुहोस्
थप विजनेश
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ?
कुन विदेशी मुद्राकाे खरिब/बिक्रीदर आज कति ? आइतबार, पुस २७, २०८२
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले
चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले मंगलबार, पुस २२, २०८२
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ?
आज अमेरिकी डलरको मूल्य उकालो लाग्याे, अरुकाे कति ? मंगलबार, पुस २२, २०८२
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे
नागरिक लगानी कोषको वार्षिक साधारणसभाकाे मिति ताेकियाे शनिबार, पुस १२, २०८२
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता
नागरिक लगानी कोष र मौलाकालिका अस्पतालबीच सम्झौता शनिबार, पुस १२, २०८२
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता बुधबार, पुस २, २०८२
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी आइतबार, मंसिर २९, २०८२
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै
विपी राजमार्ग तिब्र गतिमा विस्तार हुँदै बुधबार, मंसिर २५, २०८२
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
१३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न शनिबार, मंसिर २१, २०८२
लाेकप्रिय समाचार
  • नंः १ ललितपुर निर्वाचन क्षेत्र नंबर २ मा बुद्धरत्न महर्जनको लहर
  • नंः २ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ पर्यटनको अथाह सम्भावना बाेकेकाे उदयपुरमा सडक पूर्वाधार अभाव
  • नंः ५ तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थाल्याे
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्