Top Navigation
Main Navigation
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • अन्धविश्वासमा विश्वास
अन्धविश्वासमा विश्वास
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, चैत २७, २०७९

अन्धविश्वासको स्रोत धर्ममा आधारित छ । अर्थात्, धर्मको पर्यायवाची रूप नै अन्धविश्वास हो। जुनसुकै धर्मका ठूला ठूला कितावमा जे लेखिएको छ त्यसलाई ज्ञानको स्रोत मान्छ ।

कुनै घटना वा कार्य हुनुको कारण ईश्वर वा त्यस्तै कुनै अदृष्य शक्ति भएको दाबी गर्छ । मान्छे जन्मनु, मर्नु, पुनर्जन्म लिनु, राजा हुनु, रैती हुनु, सुख पाउनु, दुःख पाउनु सबै ईश्वरको अनुकम्पा भएको स्वीकार गर्छ ।

अन्धविश्वासले कुनै पनि विषयमा प्रश्न र खोज गर्न निषेध गर्छ । सारा ब्रह्माण्ड, जगत्को निर्माता, संरक्षक र संहारकर्ता ईश्वर भएको हुँदा अरू सर्वथा झुटो भएको ज्ञान उत्पादन र प्रसारण गरिरहन्छ । यही ज्ञानबाट दीक्षित मानव समाज नै अन्धविश्वास पुनर्उत्पादन गर्ने मलिलो थलो बन्न पुग्छ ।

Nepal Oil Corporation

निरन्तर अन्धविश्वास जीवन व्यवहारमा अभ्यास गर्दै जाँदा मानवीय संस्कृतिको रूपमा विकास हुन्छ ।  धर्मलाई झाँगिन आश्रय दिने विचारपद्धति भाग्यवाद हो । यो विचारले मान्छे कस्तो बन्ने, के पढ्ने, भविष्य कता जानेजस्ता सबै कुरा विधाताले जन्मनुभन्दा पहिल्यै लेखिदिने वकालत गर्छ । 
     
कोही शासक वा राजा हुनु, मजदुर हुनु, स्वस्थ हुनु, रोगी हुनु अघिल्लो जुनीको कर्मको फल भएको विश्वास गर्छ । जुन अन्धविश्वास भएतापनि विश्वासमा बदलिदै आएको छ। सोही विश्वासका कारण धेरैको रोग पनि निको हुने गर्दछ । आखिर हरेक रोगको सही उपचार भनेकै विश्वास हो । त्यही विश्वासलाई अन्धविश्वासले आत्मसात गरेकै कारण अन्धविश्वासमा विश्वासको बृद्धि भएको मान्न सकिन्छ । 
    
पुरुषभन्दा नेपाली महिला धार्मिक कार्यमा बढी लिप्त देखिन्छन्। विभिन्न पर्व र अवसरमा उनीहरू आफ्नो श्रीमानको आयु र स्वास्थ्यका लागि निराहार व्रत बस्ने गर्छन् । मन्दिरमा पूजापाठ गर्ने लर्को महिलाकै  बढी देखिन्छन् । के गर्न हुने र नहुने भन्ने धर्मनिर्देशित मूल्य–मान्यता संविधान र कानुनभन्दा बढी शक्तिशाली र प्रभावकारी छन् ।

महिलालाई पुरुषको घरमा दान गरेर दिने वस्तु ठानिन्छ । पुरुषले जति हिंसा गरे पनि रिझाएर घर गरिखानु विवाहित नारीको कर्म मानिन्छ । जन्मिँदै को पवित्र हुने र को अपवित्र हुने यही धर्मले नियम बनाउँछ । 
    
हामीकहाँ अद्यावधिक छुवाछुत, दाइजो, बोक्सी, धामी झाँक्री, बालविवाह, छाउपडीजस्ता प्रथा जीवितै छन् । यस्ता हजारौँ प्रथा, परम्परा, मूल्य–मान्यताको उत्पादन र निरन्तर विकास धर्मले गर्दै आएको छ । यी सबै कुप्रथा र कुसंस्कारका पछाडि धार्मिक अन्धता जोडिएको छ ।

यसैमा सवैलै विश्वास गर्ने गरेको छ। यसलाई चिर्न प्रत्येक कालखण्डमा प्रयास भएतापनि त्यो निश्फल जस्तो बनिरहेको छ। जुन विडम्बना हो ।
 

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १६:३९
##nawarajwagdas
प्रतिक्रिया दिनुहोस्
थप विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  आइतबार, भदौ १५, २०८२
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     बिहीबार, भदौ १२, २०८२
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता बुधबार, भदौ ११, २०८२
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो सोमबार, फागुन १९, २०८१
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप आइतबार, माघ २७, २०८१
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन शनिबार, पुस १३, २०८१
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ?
बीआरआई प्राेजेक्ट नेपालका लागि अवसर कि चुनौती ? बिहीबार, असोज १०, २०८१
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय
बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय मंगलबार, असोज ८, २०८१
लाेकप्रिय समाचार
  • नंः १ रम्भा गाउँपालिका दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्दैछ : अध्यक्ष भण्डारी
  • नंः २ अतिवाद आफैंमा गलत हुन्छ  
  • नंः ३ धर्म र अध्यात्मबीच भिन्नता र यथार्थता
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
विचार
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   प्रज्ज्वल घिमिरे
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग 
लिम्पियाधुरा, लिपुलेख र कालापानी नेपालको ऐतिहासिक, भौगोलिक र कानुनी अधिकारमा आधारित भू-भाग  NamiNews- नामीन्यूज
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस    
आसेपासेको खुशीका निम्ति देश डुवाउने साहस     NamiNews- नामीन्यूज
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्