Top Navigation
Main Navigation
बुधबार, माघ २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, माघ २९, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अलविदा ! उज्वल थापा !!
अलविदा ! उज्वल थापा !!
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ २१, २०७८

- प्रज्ज्वल घिमिरे

केही वर्ष अगाडि नेपाललाई उन्नतिको शिखरमा पुर्याउँने उद्देश्य लिएर केही युवाहरु सुन्धाराको आकासेपुल छेउमा एउटा ठूलो छातामुनि मुस्कुराउँदै बटुवाहरुलाई स्वागत गरिरहेका थिए । बटुवाहरु उनीहरुलाई देखेर टक्क अडिँदै उनीहरुका बारेमा जिज्ञाशा राख्दै गर्दा म पनि हिन्दु साप्ताहिकको एउटा सामान्य सम्वाददाताको रुपमा केही प्रश्नहरु ती युवाहरु सामु राख्दै उनीहरुको चोटिलो उत्तर पाएर नेपालको उज्यालो भविष्यको सपनासँग साक्षातकार गर्दै थिएँ । 

देशका बारेमा त्यति चासो नराख्ने केही रमितेहरु भने ती युवाहरुलाई जादु देखाएर पैसा बटुल्ने चटकेहरुलाई झै व्यवहार गर्दै मनोरञ्जन लिइरहेको त्यो दृष्य मेरा लागि आश्चर्यको विम्ब बनिरहेको थियो । मानिसहरुको चेतनाहिन सोचले मलाई असर गरेपनि मान्छेको झुण्डले घेरिएका ती युवाहरुलाई कस्ले उनीहरुका बारेमा के धारणा राख्छ भन्ने चिन्ता रत्तिभर पनि देख्दिन थिएँ म । उनीहरु देशप्रतिको उत्तरदायित्व र कर्तव्यलाई नेपालीहरुले कसरी ग्रहण गर्नुपर्छ भन्ने कुराको व्याख्या गर्दै मुलुकको भविष्यप्रति सबैलाई सजक बनाउँदै थिए । 

मानिसहरुले उनीहरुलाई खासै महत्व नदिनुको कारण चाहिँ उनीहरुले स्थापना गरेको विवेकशील नेपाली दललाई त्यतिवेला कसैले नचिन्नु नै थियो । उनीहरु आफ्नो दलको अध्यक्ष उज्वल थापाको नाम पनि वेलावेलामा लिइरहन्थे तर उज्वल थापालाई पनि धेरै कम मान्छेले नै चिन्थे त्यतिवेला । तर मलाई चाहिँ ती युवाहरुको गहकिलो कुरा सुनेर तिनलाई दीक्षित गर्ने उज्वल थापासँग एकचोटि भेट्न पाए हुन्थ्यो जस्तो लाथ्यो । 

अनि मैले हिम्मत गरेर यो दलको कार्यालय कहाँ छ ? भनेर सोधिहालेँ । उनीहरुले शंखपार्क गएर रिङ्गरोडपारि चप्पल कारखाना जाने बाटो वरपर हाम्रो कार्यालय छ भने । भोलिपल्ट म सिधै उनीहरुले भने अनुसार सोध्दै सोध्दै त्यहाँ पुगेँ । कौशीमा नेपालको झण्डा फहराइरहेको तर साइनबोर्ड चाहिँ नभएको घर रहेछ उनीहरुको कार्यालय । पुग्ने वित्तिकै आफ्नो परिचय दिएर उज्वल थापासँग भेट्ने इच्छा व्यक्त गरेँ । कार्यालयका बैनीहरुले बोलाईदिनु भयो । अनि हाम्रो पहिलो चोटी जम्काभेट पनि त्यहिँ भयो ।

मैले उज्वल थापासँग केही प्रश्न गरेँ । उहाँले सबै प्रश्नको जवाफ चाखलाग्दो र सत्यलाई मूलआधार बनाएर दिनु भयो । म निकै प्रभावित भएँ र हामीले सँङ्गै बसेर चिया पनि खायौं । चिया गफमा उहाँ मेरो कुरा सुनेर निकैवेर हाँस्नु भयो र हाँस्यव्यङ्ग्य पनि लेख्नुहुन्छ कि क्या हा? भनेर म तिर हँस्यौली पाराले प्रश्न तेस्र्याउँनु भयो । म कहिलेकाहिँ भन्दै अरु कुरा कोट्याउँनतिर लागेँ । हाम्रो निकैवेर कुरा भयो । जसमा उहाँले नेपाललाई संसारकै एउटा विकसित देश बनाउँन सकिन्छ यदि हामीले चाह्यौ भने भनिरहँदा मैले कसरी भनेर प्रश्न गर्दै पत्रकारको धर्म निभाएँ । 

उहाँले हामीसँग भएको स्रोत र साधनको सदुपयोग गरेर भन्नुभयो । भन्न त सबैले यस्तै भन्छन् शर ! तर ठाउँमा पुगेपछि आफ्नो कुरालाई व्यवहारमा उतार्न सक्दैनन् भनेर कटु सत्य बोल्दै मैले उहाँको बौद्धिक र दुरदर्शी चेतनालाई कोट्याँए । दृढ सङ्कल्प, ठोस् उद्देश्य र इच्छाशक्ति भयो भने सजिलै हामीले नेपाललाई विकसित राष्ट्र बनाउँन सक्छौं भनेर उहाँले विभिन्न व्यवहारिक तर्क दिँदै आफ्नो वाक कटुताको दर्हो परिचय दिनुभयो ।  

त्यसपछि म घरतिर लागेँ र उहाँको पार्टी र उहाँको बारेमा समाचार लेखेँ । जुन हिन्दु साप्ताहिकमा प्रकाशित भयो । अनि उहाँले मलाई खुशी हुँदै फोन गरेर धन्यबाद भन्न नविर्सि मेरो कामको कदर पनि गर्नुभयो । उक्त समाचारलाई उहाँले आफ्नो कार्यालयको सूचनापाटीमा कटिङ्ग गरेर टाँस्नु भएछ । मलाई अत्यन्त खुशी लाग्यो । यसरी मैले उहाँसँग जीन्दगीमा एकचोटि भेट्दा त देश बनाउँन सक्ने व्यक्तित्वको रुपमा उहाँ मेरो मनमा बस्नु भयो भने उहाँसँग सँङ्गै उठबस् गर्नेहरुलाई उहाँको प्रभाव कति पर्यो होला । त्यो सहजै महसूस गर्न सकिन्छ । तर दुःखको कुरा मुलुकप्रति समर्पित र योग्य व्यक्ति उज्वल थापा आज कोविड–१९ का कारण मृत्युवरण गर्न पुग्नु भयो । 

नेपालको भविष्य उज्जल बनाउँन सङ्कल्प गरि मुलुक हाँक्नेहरुमा इमान्दारिताको खडेरी परिरहेको बेला नैतिकताको बाटो पहिल्याउँदै विकासको शिखर चुम्न गन्तव्यमा पुग्ने लक्ष्य लिएका उज्वल थापा आज हामी सामु नहुनु हाम्रो लागि एउटा ठूलै वज्रपात र अपूरणीय क्षति भएको छ । अन्तिम सत्यलाई मनन गर्दै दैबको कठोर निर्णय स्वीकारेर लेख्न मन नलाग्दा नलाग्दै पनि बाध्य भएर लेख्न परेको छ । अलविदा ! उज्वल थापा ! 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ०९:२८
##PrajwalGhimire
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचन प्रहरीलाई तालिमपश्चात सुरक्षा व्यवस्थापनमा खटाईदै
निर्वाचन प्रहरीलाई तालिमपश्चात सुरक्षा व्यवस्थापनमा खटाईदै बुधबार, माघ २९, २०८२
गण्डकीमा अब एक प्रतिशत घरमा बिजुली बल्न बाँकी
गण्डकीमा अब एक प्रतिशत घरमा बिजुली बल्न बाँकी बुधबार, माघ २९, २०८२
चार प्रदेशका केही भूभागमा वर्षा र हिमपात
चार प्रदेशका केही भूभागमा वर्षा र हिमपात बुधबार, माघ २९, २०८२
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूम्कम्प
ताप्लेजुङमा ४ म्याग्निच्युडको भूम्कम्प मंगलबार, माघ २८, २०८२
कस्ताे रहला आज देशभरकाे माैसम ?
कस्ताे रहला आज देशभरकाे माैसम ? मंगलबार, माघ २८, २०८२
स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर
स्याउ बगैँचा व्यवस्थापनबारे घुम्ती शिविर मंगलबार, माघ २८, २०८२
नेपालमा जलपन्छी संख्या घट्दै
नेपालमा जलपन्छी संख्या घट्दै सोमबार, माघ २७, २०८२
खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन सोमबार, माघ २७, २०८२
चोइटिएको एक छेस्का माया
चोइटिएको एक छेस्का माया सोमबार, माघ २७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सम्पदाहरू जल्दै गर्दा दुखेको मन
  • नंः २ अर्थतन्त्रलाई चलायमान बनाउन ‘उदयपुर एक्स्पो-२०८२’
  • नंः ३ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ खाेटाङ र उदयपुर जाेड्ने  सुनकोशीको बङ्शिलाघाटमा अस्थायी बेलिब्रिज सञ्चालन
विचार
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्