Top Navigation
Main Navigation
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, असार ३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • अलविदा ! उज्वल थापा !!
अलविदा ! उज्वल थापा !!
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शुक्रबार, जेठ २१, २०७८
Api Himal

- प्रज्ज्वल घिमिरे

केही वर्ष अगाडि नेपाललाई उन्नतिको शिखरमा पुर्याउँने उद्देश्य लिएर केही युवाहरु सुन्धाराको आकासेपुल छेउमा एउटा ठूलो छातामुनि मुस्कुराउँदै बटुवाहरुलाई स्वागत गरिरहेका थिए । बटुवाहरु उनीहरुलाई देखेर टक्क अडिँदै उनीहरुका बारेमा जिज्ञाशा राख्दै गर्दा म पनि हिन्दु साप्ताहिकको एउटा सामान्य सम्वाददाताको रुपमा केही प्रश्नहरु ती युवाहरु सामु राख्दै उनीहरुको चोटिलो उत्तर पाएर नेपालको उज्यालो भविष्यको सपनासँग साक्षातकार गर्दै थिएँ । 

देशका बारेमा त्यति चासो नराख्ने केही रमितेहरु भने ती युवाहरुलाई जादु देखाएर पैसा बटुल्ने चटकेहरुलाई झै व्यवहार गर्दै मनोरञ्जन लिइरहेको त्यो दृष्य मेरा लागि आश्चर्यको विम्ब बनिरहेको थियो । मानिसहरुको चेतनाहिन सोचले मलाई असर गरेपनि मान्छेको झुण्डले घेरिएका ती युवाहरुलाई कस्ले उनीहरुका बारेमा के धारणा राख्छ भन्ने चिन्ता रत्तिभर पनि देख्दिन थिएँ म । उनीहरु देशप्रतिको उत्तरदायित्व र कर्तव्यलाई नेपालीहरुले कसरी ग्रहण गर्नुपर्छ भन्ने कुराको व्याख्या गर्दै मुलुकको भविष्यप्रति सबैलाई सजक बनाउँदै थिए । 

मानिसहरुले उनीहरुलाई खासै महत्व नदिनुको कारण चाहिँ उनीहरुले स्थापना गरेको विवेकशील नेपाली दललाई त्यतिवेला कसैले नचिन्नु नै थियो । उनीहरु आफ्नो दलको अध्यक्ष उज्वल थापाको नाम पनि वेलावेलामा लिइरहन्थे तर उज्वल थापालाई पनि धेरै कम मान्छेले नै चिन्थे त्यतिवेला । तर मलाई चाहिँ ती युवाहरुको गहकिलो कुरा सुनेर तिनलाई दीक्षित गर्ने उज्वल थापासँग एकचोटि भेट्न पाए हुन्थ्यो जस्तो लाथ्यो । 

Nepal Oil Corporation

अनि मैले हिम्मत गरेर यो दलको कार्यालय कहाँ छ ? भनेर सोधिहालेँ । उनीहरुले शंखपार्क गएर रिङ्गरोडपारि चप्पल कारखाना जाने बाटो वरपर हाम्रो कार्यालय छ भने । भोलिपल्ट म सिधै उनीहरुले भने अनुसार सोध्दै सोध्दै त्यहाँ पुगेँ । कौशीमा नेपालको झण्डा फहराइरहेको तर साइनबोर्ड चाहिँ नभएको घर रहेछ उनीहरुको कार्यालय । पुग्ने वित्तिकै आफ्नो परिचय दिएर उज्वल थापासँग भेट्ने इच्छा व्यक्त गरेँ । कार्यालयका बैनीहरुले बोलाईदिनु भयो । अनि हाम्रो पहिलो चोटी जम्काभेट पनि त्यहिँ भयो ।

मैले उज्वल थापासँग केही प्रश्न गरेँ । उहाँले सबै प्रश्नको जवाफ चाखलाग्दो र सत्यलाई मूलआधार बनाएर दिनु भयो । म निकै प्रभावित भएँ र हामीले सँङ्गै बसेर चिया पनि खायौं । चिया गफमा उहाँ मेरो कुरा सुनेर निकैवेर हाँस्नु भयो र हाँस्यव्यङ्ग्य पनि लेख्नुहुन्छ कि क्या हा? भनेर म तिर हँस्यौली पाराले प्रश्न तेस्र्याउँनु भयो । म कहिलेकाहिँ भन्दै अरु कुरा कोट्याउँनतिर लागेँ । हाम्रो निकैवेर कुरा भयो । जसमा उहाँले नेपाललाई संसारकै एउटा विकसित देश बनाउँन सकिन्छ यदि हामीले चाह्यौ भने भनिरहँदा मैले कसरी भनेर प्रश्न गर्दै पत्रकारको धर्म निभाएँ । 

उहाँले हामीसँग भएको स्रोत र साधनको सदुपयोग गरेर भन्नुभयो । भन्न त सबैले यस्तै भन्छन् शर ! तर ठाउँमा पुगेपछि आफ्नो कुरालाई व्यवहारमा उतार्न सक्दैनन् भनेर कटु सत्य बोल्दै मैले उहाँको बौद्धिक र दुरदर्शी चेतनालाई कोट्याँए । दृढ सङ्कल्प, ठोस् उद्देश्य र इच्छाशक्ति भयो भने सजिलै हामीले नेपाललाई विकसित राष्ट्र बनाउँन सक्छौं भनेर उहाँले विभिन्न व्यवहारिक तर्क दिँदै आफ्नो वाक कटुताको दर्हो परिचय दिनुभयो ।  

त्यसपछि म घरतिर लागेँ र उहाँको पार्टी र उहाँको बारेमा समाचार लेखेँ । जुन हिन्दु साप्ताहिकमा प्रकाशित भयो । अनि उहाँले मलाई खुशी हुँदै फोन गरेर धन्यबाद भन्न नविर्सि मेरो कामको कदर पनि गर्नुभयो । उक्त समाचारलाई उहाँले आफ्नो कार्यालयको सूचनापाटीमा कटिङ्ग गरेर टाँस्नु भएछ । मलाई अत्यन्त खुशी लाग्यो । यसरी मैले उहाँसँग जीन्दगीमा एकचोटि भेट्दा त देश बनाउँन सक्ने व्यक्तित्वको रुपमा उहाँ मेरो मनमा बस्नु भयो भने उहाँसँग सँङ्गै उठबस् गर्नेहरुलाई उहाँको प्रभाव कति पर्यो होला । त्यो सहजै महसूस गर्न सकिन्छ । तर दुःखको कुरा मुलुकप्रति समर्पित र योग्य व्यक्ति उज्वल थापा आज कोविड–१९ का कारण मृत्युवरण गर्न पुग्नु भयो । 

नेपालको भविष्य उज्जल बनाउँन सङ्कल्प गरि मुलुक हाँक्नेहरुमा इमान्दारिताको खडेरी परिरहेको बेला नैतिकताको बाटो पहिल्याउँदै विकासको शिखर चुम्न गन्तव्यमा पुग्ने लक्ष्य लिएका उज्वल थापा आज हामी सामु नहुनु हाम्रो लागि एउटा ठूलै वज्रपात र अपूरणीय क्षति भएको छ । अन्तिम सत्यलाई मनन गर्दै दैबको कठोर निर्णय स्वीकारेर लेख्न मन नलाग्दा नलाग्दै पनि बाध्य भएर लेख्न परेको छ । अलविदा ! उज्वल थापा ! 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २१, २०७८  ०९:२८
##PrajwalGhimire
प्रतिक्रिया दिनुहोस्
MoHP 13th-23rd May, 2025
थप समाज
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु
सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर एक वृद्धको मृत्यु शनिबार, जेठ ३२, २०८२
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु शनिबार, जेठ ३२, २०८२
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण
जिल्लाकै लामो र अग्लो झोलुङ्गे पुल निर्माण बिहीबार, जेठ ३०, २०८२
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए
रामेछापमा नौ महिनामा ६ हजारबढी विदेसिए बिहीबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित बिहीबार, जेठ ३०, २०८२
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय
यस्तो छ ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय मंगलबार, जेठ २८, २०८२
मुस्ताङबासीलाई पानीको चरम पीडा
मुस्ताङबासीलाई पानीको चरम पीडा सोमबार, जेठ २७, २०८२
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य
के यहि हाे ? गाउँ-गाउँमा सि‌हदरवार-अनाैठाे सत्य आइतबार, जेठ २६, २०८२
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।।
पवन जोशीलाई पचास हजारको लाइफटाइम ।। विक्रम भक्तलाई नेवाः तारा ।। मेयरलाई नेवाः नगरपिता विभूषण ।।। शनिबार, जेठ २५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ भीमार्जुन आचार्यकाे "आमा-सम्झि रहेँ रातै भरि..." सार्बजनिक
  • नंः २ सिद्धार्थ बैंक र लोमस डिजिटलबीच सम्झ्यौता
  • नंः ३ उदयपुरकाे बेलकामा दुई दिनमा दुईजनाकाे मृत्यु
  • नंः ४ अहमदावाद विमान दुर्घटनाः ब्ल्याक बक्स भेटियो
  • नंः ५ चितवनमा पाँच महिनामा थपिए ५२ एचआइभी संक्रमित
विचार
जसले संसारकै भलो चितायो
जसले संसारकै भलो चितायो प्रज्ज्वल घिमिरे
आरोप, प्रत्यारोपले जन्माउने कोप
आरोप, प्रत्यारोपले जन्माउने कोप प्रज्ज्वल घिमिरे
ज्योतिषशास्त्र र हाम्रो जीवन
ज्योतिषशास्त्र र हाम्रो जीवन प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्