Top Navigation
Main Navigation
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ १८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • शैक्षिक क्षेत्रमा परेको असर चुनौतिपूर्ण
शैक्षिक क्षेत्रमा परेको असर चुनौतिपूर्ण
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ २२, २०७८

शैक्षिक क्षेत्रमा पनि कोभिडका कारण निकै असरमा परेको छ । कोभिड-१९ का कारण नेपालको शैक्षिक क्षेत्र तथा शैक्षिकसत्र निकै प्रभावित बनेको हो । हाल नेपाल सरकार तथा शिक्षा मन्त्रालयले भर्चुअल प्रणालीको शिक्षा आर्जनलाई प्राथमिकता दिइरहेको छ। 

वि.सं.२०७७ सालको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा तथा नयाँ शैक्षिकसत्रको शुरूवात पनि भर्चुअल प्रणाली बाट नै शुरूवात गर्नु पर्ने अवस्था आएको छ । सरकारको तदारुकता हेर्ने हो भने हाल कक्षा १० को एसईई परीक्षा तथा कक्षा १२ को परिक्षाको विषयमा अझैसम्म पनि कुनै ठोस निर्णय निकाल्न सकेको पाइएको छैन् । 

जसको कारण शिक्षा मन्त्रालयले समयमा नै निर्णय नगर्नाले ५ लाख एसईई परीक्षा दिने विद्यार्थीहरु अन्योलमा छन् । त्यसैगरि कक्षा १२ को परीक्षा पनि अन्यौलमा नै रहेको छ । असार १ बाट नयाँ २०७८ को शैक्षिकसत्र शुरूवात गर्ने तरखरमा शिक्षा मन्त्रालय देखिन्छ। तर, पनि कोभिडको अवस्था सामान्य भएर विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न सक्ने अवस्था छैन। 

Tembathan Basic School in Sindhupalchok

हाल भर्चुअल माध्यमबाट परीक्षा लिइरहेका विद्यालयहरूले कुन आधारमा विद्यार्थीहरूको मूल्यांकन गर्ने यसको कुनै प्रावधान उपलब्ध भएको पाइदैन । शिक्षा जस्तो सम्वेदनशिल बिषयमा पनि सरकार पछि हट्नु निकै दुःखद कुरा हो। कक्षा १० र १२ सम्मको मात्र परिक्षाको समस्या पनि त होइन । पूरा विश्वविद्यालयहरूको अवस्था पनि उस्तै रहेको छ । दुई तीन बर्षदेखि विद्यार्थीहरूले पढ्न पाएका छैनन् । परीक्षा दिन पाएका छैनन् । जुन अत्यन्त पीडादायी विषय नै बनिरहेको छ।
     
अर्कोतर्फ वि.सं. २०७८/७९ को बजेटमा नेपाल सरकारले १ खर्ब ८० अर्ब ४ करोड बजेट शिक्षाको क्षेत्रमा विनियोजन गरेको छ। यसको प्रभावकारी कार्यान्वयन भएमा शैक्षिक क्षेत्र निकैमाथि उठ्ने देखिन्छ । कोभिडको मारमा परेको शैक्षिकसत्रलाई अघि बढाउन शिक्षा जगतमा ल्याएको नीति तथा बजेट निकै प्रभावकारी देखिन्छ नै । तर यसको कार्यान्वयनमा निकै चुनौती थपिएको देखिन्छ।
     
नेपाल सरकारले १६ बर्षभन्दा माथिका विद्यार्थीहरूको लागि ल्यापटप किन्न ८० हजारसम्म ऋण उपलब्ध गराउने र विद्यार्थीका लागि सिमकार्ड निःशुल्क उपलब्ध गराउने बताएको छ । हरेक कुराको कार्यान्वयन गर्नु निकै चुनौतीपूर्ण त छदैछ। त्यसमा पनि भ्रष्टाचार मौलाएको देशमा प्रभावकारी रूपमा बजेट विद्यालयमा पुग्ला भन्ने कुरा नै प्रश्नवाचक चिन्ह जस्तो हुन पुगेको छ।
    
यो बर्षको बजेट भाषणमा लगभग १६ खर्व बराबरको बजेट आएको छ । सरकारले शैक्षिक क्षेत्र सुधारको लागि प्रशस्त बजेट ल्याएको छ। यसको प्रभावकारी ढङ्गबाट विनियोजन भइदिए शैक्षिक जगत र शिक्षाको क्षेत्रमा नेपालले एक पाइला अघि सार्न सक्ने देखिन्छ।
    
विश्वविद्यालयका विद्यार्थीहरूका लागि स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समेत बजेट भाषणमा व्यवस्था गरेको छ।
    
शिक्षाबाट टाढा रहेका विद्यार्थी तथा पठनपाठन गर्न नपाएका शिक्षाको पहुँच नपुगेका क्षेत्रका बालबालिकाहरूलाई भने सरकारले टेलिभिजनमार्फत पठनपाठन तथा सिकाई प्रक्रिया अघि बढाउने बताएको छ । जहाँ इन्टरनेट, बिजुली बत्तीको पहुँच नै पुगेको छैन त्यहाँका विद्यार्थीहरूले कसरी शिक्षा आर्जन गर्ने । यो चुनौतीपूर्ण कुरा बन्न पुगेको छ। 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १२:२१
##School ##SaldangUpperDolpa
प्रतिक्रिया दिनुहोस्
थप विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मंगलबार, माघ १४, २०८२
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ आइतबार, पुस २७, २०८२
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो शनिबार, पुस १९, २०८२
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव बुधबार, मंसिर ४, २०८२
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन बिहीबार, कात्तिक १४, २०८२
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा मंगलबार, असोज २८, २०८२
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी बिहीबार, असोज २३, २०८२
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन बिहीबार, असोज ९, २०८२
अतिवाद आफैंमा गलत हुन्छ  
अतिवाद आफैंमा गलत हुन्छ   मंगलबार, भदौ १७, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पाँच जना उम्मेदवारलाई निर्वाचन आयोगको स्पष्टीकरण
  • नंः २ चार मन्त्रीद्वारा प्रधानमन्त्री कार्कीलाई किन धोका ?
  • नंः ३ परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
  • नंः ४ निर्वाचन स्वच्छ र निष्पक्ष भए नेकपा पहिलो शक्ति बन्छ: प्रचण्ड
  • नंः ५ नामी साप्ताहिक
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्