Top Navigation
  • Contact
Main Navigation
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बुधबार, भदौ २४, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
समाज
  • Home
  • समाज
  • प्रेमपत्र
प्रेमपत्र - मणिकुमार श्रेष्ठ सिजन, भोजपुर ।
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज शनिबार, जेठ १३, २०८०
MK Shrestha, Bhojpur

झल्यास्स सपनाले जागो बनाउँदा नेपाली भुमिमा टेकिदै थियो । नेपाली पन र नेपाली मनले मनलाई फुरुङग पार्दै गयो । मनलाई फुरुङ्ग पार्दा पार्दै १७ बसन्त पार गरिसकेछ ।

१७ बर्ष अगाडिको प्रेमपत्र पल्टाउँदा अनि त्यसवेलाको एउटा माया (स्नेह)ले भरिएको पत्रमित्रको पानामा कोरिएको उनको पत्रको यादले आज पनि सताईरहेको छ । सायद भेट होला कि नहोला । जीवनको भोगाइहरुमा नै थाहा हुदै जाला ।

२०६० साल साउन २२ गते मेरो वैदेशिक यात्रा तय भएको थियो । मलेशिया । मलेशिया एक स्वतन्त्र मुश्लिम देश हो । जहाँ यौन, खानपान, लगायतका धेरै कुराको स्वतन्त्रता थियो । आज १७ बर्षपछि त्यस देशको स्वतन्त्रता अझ प्रगाढ हुँदै गएको हुनुपर्छ भन्ने मरो ठम्याइ छ।

जे होस्, नेपाली दाजुभाई तथा दिदी बहिनीहरु अहिले पनि मलेशियालाई आफ्नो कर्मथलो बनाएर घरबार चलाईरहेका छन् । अनि नेपालमा रेमिट्यान्स भित्र्याउने एउटा आधार तयार गरेका छन् ।

समयले कोल्टे फेरेको छ। मसँगै प्रदेश गएका धेरै साथीहरु आज पनि प्रदेशबाटै आफ्नो जिवन गुजारा साथै लालाबालाको शिक्षा, दिक्षाको आधार बनाईरहेका छन् ।

बाध्यता भएर हो या मेरो देशको अवस्थाले धेरै नेपाली दाजु–भाई तथा दिदी–बहिनीहरु प्रदेशिनु परेको छ । हरेक घरमा छोरा÷छोरी २० बर्षको भएपछि प्रदेशको यात्रा गर्ने कुराको छलफल शुरु हुन्छ ।

धेरै जनाले प्रदेशको यात्रा तय गर्नु बाध्यता जस्तै हुन्छ । मेरो पनि यस्तै बाध्यताले गर्दा २१ बर्षको उमेरमा रोजगारीको लागि मलेसिया जानु परेको थियो ।

ईतिहासले कोल्टे फेर्दै गएको छ। उमरेले पनि पाको बनाउँदै लगेको छ । युवा अवस्थामा नै धेरै अनुभुति गरेको आफूलाई महशुस हुन्छ। माया, प्रेम, स्नेह, दया, धर्म, कर्म, ममता, इत्यादी शव्दको खेती गर्ने हो भने धेरै छन् ।

शव्दको खेतीले जीवन जलाउनेहरु पनि यही धर्तीमा छन् । आज तिनै शब्दको खेती गर्नेहरुको भिड्मा आफूलाई पनि कुनै वेला कसैको माया पाउन शव्दको खेतीमार्फत उपल्लो मुलुक समुन्द्रपारबाट एउटा हुलाक टिकटको सहाराले गन्तव्यसम्म आईपुगेको पत्रमित्रताको यात्रा निकै रोमाञ्चक थियो ।

खै किन किन बिर्सुँ भन्छु। याद आउने गर्दछ । कहिले काही प्रकाश कोविदको ‘मोति दिएर आँसु बटुले हार भएन जीत, हाँगाबाट झरेको फूलले भुल्न सकेन प्रित’ बाक्यले झस्काईरहन्छ ।

साँच्चै उ बेला आजको जस्तो टेलिफोनको जमाना थिएन । टेलिफोनमा कुरा गर्नका लागि निकै लामो यात्रा तय गरेर जानु पर्दथ्यो। समुन्द्रपार भएको हुनाले पत्रबाटै हाम्रा कुराहरु आदान-प्रदान हुने गर्दथ्यो ।

यसरी हामी बिच  करिब २ बर्ष भन्दा बढि समय पत्रको माध्यमबाट सूचना÷भावनाहरु एक अर्कामा आदान÷प्रदान भएको थियो।

मेरो बसाई २०६० सालको साउन २२ गतेदेखि २०६३ साउन २२ गतेसम्म मलेशियामा रहन गयो । मलेशिया बसाईमा मैले अर्थपूर्ण अनुभुतिहरु जीवनको लागि संगालेको छु ।

तिनै अनुभुति मध्ये एउटा अनुभूति प्रेमपत्र हो । जसको माध्यमबाट हामीहरुले एक आपसमा विचारहरु भावनाहरु साटासाट गरेका थियाै‌।

यसरी हामीले २ बर्ष भन्दा बढि समयसम्म भावना साटासाट गरेर नेपाल आएपछि भावनाहरु साटासाट नभएको पनि १७ बर्ष भईसकेछ। हुन सक्छ मैले उनलाई लेखेको पत्र उनले पनि सुरक्षित राखेको हुन सक्छ ।

मैले उनले पठाएका हरेक पत्रव्यवहारलाई एउटा असल साथीको चिनो रुवरुप संगालेर राखेको छु । समय आएपछि ति पोकोहरु खोल्दै जाने नै छु। जुन पत्रमा उनले नेपालको त्यसवेलामा राजनैतिक वातावरणदेखि माया पिरतीका कुरासम्म हाम्रो उल्लेख गरेका छन्।

आज विदेशमा हुने दाजुुभाईहरुले आफन्तहरुसँग कुराकानी गर्नका लागि कुनै समय कुर्नु पर्दैन । केवल केही क्षणमा नै विश्वका हरेक कुना-कुनाबाट आफन्तहरुसँग कुराकानी गर्न सकिन्छ । समयको  अन्तरालसँगै हाम्रो पत्रमित्र यात्रामा विराम लागेको निकै लामो समय भयो ।

सायद यहि नै पत्रमित्र थियो मेरो जिवनको पहिलो मित्रता । अपरिचित साथीलाई मित्रता बनाउने माध्यम । म हरेक पलमा उनलाई सम्झन्छु। अनि कल्पनामा पनि हेर्ने गर्दछु उनका हँसिलो जिउडालको परिकल्पना गर्ने गर्दछु । 

उनको पत्रले पनि अझै मेरो मुहारमा चमक ल्याउने गर्दछ । म आफै सोच्छु । किन उनको पत्रले मलाई चमक ल्याउँछ। अनि मेरा दिलमा जरा गाडेर बसेको छ ।

म सोचिरहेको छु । सायद उनी पनि सोचिरहेका होलान । मलाई पठाएका पत्रहरु उनले संग्रहमा राखेका होलान । मैले पनि उनले पठाएका पत्रको संगालो नै राखेको छु ।

यात्रा मिठास थियो । मलेशियाको ३ बर्षको बसाई अनि बसाईसँगै मित्रताको डायरीमा रहेको उनैका पत्रहरुको संगालो। मैले प्रयोग गर्ने धेरै सामानहरु मलेशियामा छाडेको थिए । तर, उनले पठाएका पत्र मित्रताको चिनो स्वरुप राखेको छुु। जसलाई मैले सात समुन्द्र पारीबाट ल्याएको एउटा सानो कोशेली हो त्यो ।

त्यही कोशेलीलाई एउटा संग्रहको रुपमा विकास गर्ने योजना बनाएको छु । मैले मित्रता जोडेको साथी कोही नभएर दिलु हुन् । उनको परिवारिक जिवनमा असर गर्न सक्ने उद्देश्य राखेर ठेगाना मात्र औल्याउने कोशिस गरेको छु । मेरा अनन्य मित्र धनपाल राई (मोरङ टाडी धवेनी) मार्फत मलेशियाबाट पत्रमित्र सुरु भएको हो हाम्रो ।

मित्र अहिले कहाँ छन मलाई त्यो त मलाई थाहा छैन । तर, दिलुसँग भेटेर एक पटक मित्रता हात बढाई मेरो पत्रहरु फिर्ता लिने योजनामा छु । यदि जतनसाथ राखिएको रहेछ भने ।

अनि उनले पनि पत्र मागेको खण्डमा फिर्ता दिने मोडमा छु  । किनकि उनले पठाएको पत्र र मैले पठाएको पत्रको शव्दलाई मिलाएर एउटा सुमधुर प्रेम डायरी तयारी गर्ने सोचमा छु ।

जसलाई भावी पुस्ताले समेत अध्ययन गर्ने अवसर पाउन् । प्रेमपत्रले साईनो केलाउन नपाउँदै सम्बन्धका पाटाहरु केवल अपरीचितमा सिमित हुन नपुगोस ।
 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:१५
##manikumarshrestha #bhojpur
प्रतिक्रिया दिनुहोस्
थप समाज
आँखाले चिनेको शव, कानुनले अझै चिनेन
आँखाले चिनेको शव, कानुनले अझै चिनेन मंगलबार, भदौ २३, २०८३
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ?
शवको गणना गर्ने सरकार, बेपत्ताको खोजीमा किन सुस्त ? शनिबार, भदौ २०, २०८३
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु
बहुवर्षे सडक आयोजनाहरू वर्षौँदेखि अलपत्र परेपछि मन्त्री आचार्यको ‘एक्सन’ सुरु बुधबार, भदौ १७, २०८३
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण
अनेसास नेपाल च्याप्टरको पद हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
शंकर ग्रुपले गरे ४ करोड सहयोग
शंकर ग्रुपले गरे ४ करोड सहयोग मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो
भोटेकोशी बाढीले क्षति पुर्याएको ढुङ्गेक्षेत्रको बाटो खुल्यो मंगलबार, भदौ १६, २०८३
महाविपत्तिमा एकता अपरिहार्य
महाविपत्तिमा एकता अपरिहार्य बिहीबार, भदौ ११, २०८३
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए
रसुवागढी–भोटेकोशी बाढीले देशैलाई रुवाए बुधबार, भदौ १०, २०८३
कानुन कडा, बालिका किन असुरक्षित ?
कानुन कडा, बालिका किन असुरक्षित ? मंगलबार, भदौ ९, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्