Top Navigation
Main Navigation
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, फागुन १०, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नागरिकता विधेयक प्रमाणीकरण : मधेश केन्द्रित दलहरूद्वारा स्वागत
नागरिकता विधेयक प्रमाणीकरण : मधेश केन्द्रित दलहरूद्वारा स्वागत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १७, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा तराई-मधेश केन्द्रित राजनीतिक दलहरूले स्वागत गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा स्वागत गर्दै ती दलले राष्ट्रपतिको सराहनीय कार्य रहेको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन्। सम्बन्धित दलले छुट्टा छुट्टै विज्ञप्ति निकालेर राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत जनाएका हुन्।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विभिन्न मधेस केन्द्रित दलका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणसँगै नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास व्यक्तसमेत गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागत योग्य रहेको भन्दै यसले नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने विश्वास व्यक्त गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष यादवले नागरिकताका लागि लामो सङ्घर्ष गर्नुपरेको भन्दै मधेसमा देखिएका नागरिकता सम्बन्धित समस्या समाधानका निम्ति सडकदेखि सदनसम्म सङ्घर्ष गरेको उल्लेख गरे ।

उनले भने, “संसद्बाट दुई/दुई पटक पास भएको विधेयक राष्ट्रपतिकहाँ पुगेर अड्किएको थियो । अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकाले अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास लिएको छ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपतिबाट प्रमाणित भएको नागरिकता विधेयक स्वागतयोग्य काम भएको बताउँदै उनले भने, “राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ, यो सराहनीय कार्य हो। यो पहिल्यै हुनुपर्ने थियो, ढिलो भए पनि राम्रो भएको छ ।”

नेता महतोले संविधानले नै कल्पना गरेको विषय समयमा कार्यान्वयन हुँदा नागरिकताविहीनले धेरै समस्या भोग्नुपरेको उल्लेख गरे।

लोसपाका अर्का नेता राजकिशोर यादवले नागरिकता नपाएर पीडामा रहेकी नागरिकले नागरिक पाउनेगरी नागरिकता विधेयक प्रमाणीकरणले राम्रो काम भएको भन्दै नेपाल सरकार र राष्ट्रपतिलाई धन्यावाद ज्ञापन गरे।

“संविधानमा रहेको व्यवस्थाअनुरुप संसद्बाट दुई–दुई पारित भएर गएको नागरिकता विधेयक अड्किएको थियो, अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेर सराहनीय काम गर्नुभएको छ, यसले नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास छ”, नेता यादवले भने।

जनमता पार्टीका उपाध्यक्ष अब्दुल खानले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकामा पार्टीले स्वागतसहित धन्यवाद दिएको बताए। “सरकारले चालेको यो राम्रो कदमबाट अनागरिकले नागरिकता पाउने भएका छन्। संविधानप्रदत्त धकिारको कार्यान्वयन भएको छ। ढिलै भए पनि हामी खुसी छौँ”, उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको यही जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो।

केही विषयमा ध्यानाकर्षणसहित पुनःविचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकामा ध्यानाकर्षण गराइएका विषयमा सङ्घीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनःभदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:५९
##ramchandrapaudel #president
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक
नेकपा एमालेको घोषणा पत्र सार्वजनिक बिहीबार, फागुन ७, २०८२
नेकपा एमालेकाे चुनावी घोषणापत्र
नेकपा एमालेकाे चुनावी घोषणापत्र बिहीबार, फागुन ७, २०८२
रुकुमपूर्वमा प्रचण्डका चार दिन
रुकुमपूर्वमा प्रचण्डका चार दिन सोमबार, फागुन ४, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र
राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचन संकल्प–पत्र आइतबार, फागुन ३, २०८२
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे
उज्यालो नेपाल पार्टीले प्रतिबद्धता-पत्र बाहिर ल्यायाे आइतबार, फागुन ३, २०८२
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली
चुनाव भएको खण्डमा भाग लिने : अध्यक्ष ओली आइतबार, फागुन ३, २०८२
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा
उत्पादनको ‘नयाँ युद्ध’ र समृद्धिको स्पष्ट खाकामा नेकपा आइतबार, फागुन ३, २०८२
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै
आजदेखि छपाइ भएका मतपत्र छपाइ सम्बन्धित निर्वाचन क्षेत्रमा पठाइँदै बिहीबार, माघ ३०, २०८२
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग
प्रतिनिधिसभा निर्वाचन: फागुन ३ देखि १७ गतेसम्म देशभर मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्दै आयाेग बुधबार, माघ २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सन्तानप्रति आमाको निस्वार्थ त्यागको कथा सार्वजनिक
  • नंः २ श्रीसूर्योदय आधारभूत विद्यालयले मनायो ४३ औँ वार्षिकोत्सव
  • नंः ३ वैदेशिक रोजगारीले जन्माएको प्रश्न
  • नंः ४ बुद्ध एयरमा क्रिटिकल इरर हुँदा उडानमा ढिलाइ, यात्रुमा असहज
  • नंः ५ नामी साप्ताहिक
विचार
वैदेशिक रोजगारीले जन्माएको प्रश्न
वैदेशिक रोजगारीले जन्माएको प्रश्न प्रज्ज्वल घिमिरे
सम्पदाहरू जल्दै गर्दा दुखेको मन
सम्पदाहरू जल्दै गर्दा दुखेको मन शारदा बजगाईँ
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्