Top Navigation
Main Navigation
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper मंगलबार, असोज १६, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
मंगलबार, असोज १६, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
राजनीति
  • Home
  • राजनीति
  • नागरिकता विधेयक प्रमाणीकरण : मधेश केन्द्रित दलहरूद्वारा स्वागत
नागरिकता विधेयक प्रमाणीकरण : मधेश केन्द्रित दलहरूद्वारा स्वागत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ १७, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएकामा तराई-मधेश केन्द्रित राजनीतिक दलहरूले स्वागत गरेका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा स्वागत गर्दै ती दलले राष्ट्रपतिको सराहनीय कार्य रहेको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन्। सम्बन्धित दलले छुट्टा छुट्टै विज्ञप्ति निकालेर राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणको स्वागत जनाएका हुन्।

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विभिन्न मधेस केन्द्रित दलका नेताहरुले नागरिकता विधेयक प्रमाणीकरणसँगै नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास व्यक्तसमेत गरेका छन्।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनु स्वागत योग्य रहेको भन्दै यसले नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने विश्वास व्यक्त गर्दै उनले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेका छन् ।

अध्यक्ष यादवले नागरिकताका लागि लामो सङ्घर्ष गर्नुपरेको भन्दै मधेसमा देखिएका नागरिकता सम्बन्धित समस्या समाधानका निम्ति सडकदेखि सदनसम्म सङ्घर्ष गरेको उल्लेख गरे ।

उनले भने, “संसद्बाट दुई/दुई पटक पास भएको विधेयक राष्ट्रपतिकहाँ पुगेर अड्किएको थियो । अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकाले अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुने विश्वास लिएको छ।”

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपतिबाट प्रमाणित भएको नागरिकता विधेयक स्वागतयोग्य काम भएको बताउँदै उनले भने, “राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको छ, यो सराहनीय कार्य हो। यो पहिल्यै हुनुपर्ने थियो, ढिलो भए पनि राम्रो भएको छ ।”

नेता महतोले संविधानले नै कल्पना गरेको विषय समयमा कार्यान्वयन हुँदा नागरिकताविहीनले धेरै समस्या भोग्नुपरेको उल्लेख गरे।

लोसपाका अर्का नेता राजकिशोर यादवले नागरिकता नपाएर पीडामा रहेकी नागरिकले नागरिक पाउनेगरी नागरिकता विधेयक प्रमाणीकरणले राम्रो काम भएको भन्दै नेपाल सरकार र राष्ट्रपतिलाई धन्यावाद ज्ञापन गरे।

“संविधानमा रहेको व्यवस्थाअनुरुप संसद्बाट दुई–दुई पारित भएर गएको नागरिकता विधेयक अड्किएको थियो, अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेर सराहनीय काम गर्नुभएको छ, यसले नागरिकतासम्बन्धी समस्या समाधान हुने विश्वास छ”, नेता यादवले भने।

जनमता पार्टीका उपाध्यक्ष अब्दुल खानले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएकामा पार्टीले स्वागतसहित धन्यवाद दिएको बताए। “सरकारले चालेको यो राम्रो कदमबाट अनागरिकले नागरिकता पाउने भएका छन्। संविधानप्रदत्त धकिारको कार्यान्वयन भएको छ। ढिलै भए पनि हामी खुसी छौँ”, उनले भने ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण गरेको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तबमोजिम विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हालसम्म उक्त विधेयक ऐन बन्नका लागि प्रमाणीकरण नभएकाले विभिन्न अवस्था र स्थितिसमेत उल्लेख गरी सोही विधेयक प्रमाणीकरणका लागि भनी नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको यही जेठ १२ गतेको निर्णयले उक्त विधेयक प्रमाणीकरण गर्न मन्त्रिपरिषद्को कार्यालयको पत्रबाट लेखी आएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत २०७९ साउन १५ गते प्रस्तुत नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको थियो ।

प्रतिनिधिसभाका तत्कालीन सभामुखबाट साउन १५ गते प्रमाणित गरी तत्कालीन राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको थियो।

केही विषयमा ध्यानाकर्षणसहित पुनःविचारका लागि सङ्घीय संसद्मा फिर्ता पठाइएकामा ध्यानाकर्षण गराइएका विषयमा सङ्घीय संसद्का दुवै सदनमा छलफल गरी प्रमाणीकरणका लागि पुनःभदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २०:५९
##ramchandrapaudel #president
Employees Provident Fund Employees Provident Fund
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
सांसदको दायित्व कानुन बनाउने र कार्यान्वयन गराउने हो : नेत्री अग्रहरी
सांसदको दायित्व कानुन बनाउने र कार्यान्वयन गराउने हो : नेत्री अग्रहरी सोमबार, असोज १५, २०८०
जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद  पराजुली
जनतालाई विधायिकाको भूमिकाकाबारे स्पष्ट बुझाइएको रहेनछ : सांसद  पराजुली आइतबार, असोज १४, २०८०
नेपाल-चीनबीचका सबै नाका खोल्ने सहमति : प्रधामन्त्री दाहाल
नेपाल-चीनबीचका सबै नाका खोल्ने सहमति : प्रधामन्त्री दाहाल शनिबार, असोज १३, २०८०
राहत शिक्षक आन्दोलन (भिडियाे)
राहत शिक्षक आन्दोलन (भिडियाे) शुक्रबार, असोज १२, २०८०
प्रधानमन्त्री दाहाल चीनको ल्हासाबाट छेन्दुमा
प्रधानमन्त्री दाहाल चीनको ल्हासाबाट छेन्दुमा शुक्रबार, असोज १२, २०८०
स्वास्थ्यकर्मी सडक आन्दोलनमा
स्वास्थ्यकर्मी सडक आन्दोलनमा शुक्रबार, असोज १२, २०८०
प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान
प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान बुधबार, असोज १०, २०८०
प्रधानमन्त्री दाहाल छोङछिङमा
प्रधानमन्त्री दाहाल छोङछिङमा मंगलबार, असोज ९, २०८०
जनतासमक्ष के भन्ने ? कसरी मुख देखाउन जाने? लुकेर यतै बस्ने अवस्था छ : अध्यक्ष केसी
जनतासमक्ष के भन्ने ? कसरी मुख देखाउन जाने? लुकेर यतै बस्ने अवस्था छ : अध्यक्ष केसी मंगलबार, असोज ९, २०८०
लोकप्रिय
  • नंः १ राहत शिक्षकको माग पूरा, मनाए विजय उत्सव (भिडियाे)
  • नंः २ क्रिकेट स्टार भीमलाई अधिया कमाएर बुबाले हुर्काए
  • नंः ३ देशभरका गणित शिक्षकलाई प्रशिक्षण सुरु
  • नंः ४ भक्तपुरको साँगाबाट अभिनेता अनमोल केसी पक्राउ
  • नंः ५ एनआईसी एशिया बैकको कर्जा प्रबाहमा ठगी धन्दा
विचार
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा
सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँ : प्रा डा झा NamiNews- नामीन्यूज
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ
असल विधायिका बन्ने अभ्यासमै छु : सचेतक थिङ NamiNews- नामीन्यूज
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड रासस
सूचना-प्रविधि
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा
सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने कानुन निर्माणको चरणमा : मन्त्री शर्मा NamiNews- नामीन्यूज
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल
टेरामोक्स कल ट्यापिङ गर्न होइन, सेवाको गुणस्तर सुधार गर्न हो : अध्यक्ष खनाल NamiNews- नामीन्यूज
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ
श्रमिक होइन, सूचना प्रविधिसम्बन्धी सेवा निर्यात गर्न चाहन्छौँ रासस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्