Top Navigation
Main Navigation
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बुधबार, वैशाख ९, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • गणतन्त्रमा आशाभन्दा निराशा बढी
गणतन्त्रमा आशाभन्दा निराशा बढी सम्पादकीय
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज सोमबार, जेठ २२, २०८०

नेपालमा २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको  दिनलाई प्रत्येक वर्षको जेष्ठ १५ गतेलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरेको छ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइँदै आइएको हो ।

गणतन्त्रमा  राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछ । माओवादी जनयुद्ध उत्कर्षमा पुग्दैगर्दा  नारायणहिटी दरबार हत्याकाण्डपछि राजसंस्थाप्रति  आस्था ढल्यो । राजा ज्ञानेन्द्रले ८ जेठ ०५९ को संसद् विघटन गरे।

सोही वर्ष १८ असोजको निर्वाचित प्रधानमन्त्री हटाउने कदम चाले । दुई वर्षपछि १९ माघ २०६१ को शाही कदमले तत्कालीन संविधानको धारा १२७ लाई आफूखुसी व्याख्या गरि शासन सत्ताको बागडोर आफ्नै हातमा लिए ।

तत्कालीन बिद्रोही माओवादी र ७ दलहरुका बिचमा १२ बुंदे सम्झौता भयो, चैत्र २४ मा दोश्रो जनआन्दोलन आह्वान भयो । त्यो १९ दिनसम्म चलेपछि अन्ततः राजा ज्ञानेन्द्रले शाही घोषणा मार्फत जनताको नासो जनतालाई सुम्पिए ।

त्यसपछि गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा सरकार बन्यो । विघटित संसद पुर्नस्थापना भयो। त्यो संगै २०६३ जेठ ४ गते बसेको बैठकले राजदरबारको अधिकार कटौती गर्यो र प्रधानमन्त्रीको जिम्मेवारी गिरिजा प्रसाद कोईरालाले सम्हाले।

त्यसपछि तत्कालीन माओवादीसंग सरकारले २०६३ मंसिरमा शान्ति सम्झौता गर्दै माओवादी समेत संसद र सरकारमा सम्मीलित भई २०६४ चैत्र २८ मा संविधानसभाको निर्वाचन सम्पन्न भयो ।

संविधान सभाको पहिलो बैठक २०६५ साल जेठ १५ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको गणतन्त्र कार्यान्वयन गर्ने प्रस्तावमाथि मतदान हुँदा पक्षमा ५६० र विपक्षमा ४ मत परेको थियो।

तत्कालीन राजा ज्ञानेन्द्रले गणतन्त्रको स्थापनालाई सहज ढंगले स्वीकारे । सरकारले तोकेको १५ दिने म्याद भित्रै उनले  जेठ २९ गते साँझ नारायणहिटी राजदरवार छाडेका थिए ।

२०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएकोयतिका समयमा जनजिविकाका सवालमा कुनै उल्लेख्य प्रगती नभए पनि मुलुकले राजनीतिक रुपमा भने निकै छलाङ मार्यो ।

यो बिचमा पहिलो संविधानसभा त्यसै तुहिए पनि बिरलै हुने दोश्रो संविधानसभाको निर्वाचन सम्पन्न भई संविधानसभा बाट नयाँ संविधान जारी भई तिनै तहको निर्वाचन सम्पन्न भएको छ ।

नेपालमा गणतन्त्र अगाडि  राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, मात्र राष्ट्रप्रमुख हुन पाउने व्यवस्था थियो। गणतन्त्र आएपछि गणतान्त्रिक नेपालमा जन्मिएका हरेक नागरिकले  भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेका छन्। १५ बर्ष लामो गणतन्त्रमा नेपालले नेपाली नागरिकवाट तीनजना राष्ट्रपति पाइसकेका छन् ।

सोचेजस्तो अनि नेपाली नागरिकले खोजेजस्तो खासै परिवर्तन नपाउंदा गणतन्त्र आउंदा पनि नेपाली नागरिक निराश छन्। आशावादी वन्ने र वनाउने खालका खासै कुनै परिवर्तन नेपाली नागरिकले पाउन सकेका छैनन् ।

उही गाँस, बास र कपासकै समस्यामा मुग्लान भास्न बाध्य बन्नुको पीडाले राजतन्त्रदेखि गणतन्त्रसम्म गाँजेकै छ । यसको सही समाधान नभएसम्म नेपाली नागरिकले सही गणतन्त्र महशुश गर्न पाउने छैनन् । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्
थप विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ आइतबार, वैशाख ६, २०८३
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  बुधबार, वैशाख २, २०८३
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल सोमबार, चैत २३, २०८२
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी
उदयपुरमा झोले पर्यटन व्यवसायीको बिगबिगी आइतबार, चैत २२, २०८२
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ
ओली-लेखक पक्राउ प्रकरणको गहिरो राजनीतिक अर्थ शनिबार, चैत १४, २०८२
जातीय विभेदले पारेको प्रभाव
जातीय विभेदले पारेको प्रभाव शनिबार, चैत ७, २०८२
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार शनिबार, फागुन ३०, २०८२
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शनिबार, फागुन ३०, २०८२
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? शनिबार, फागुन २३, २०८२
लाेकप्रिय समाचार
  • नंः १ सुमधुर सम्बन्धभित्र बालेन–रविको लुकेको ‘शक्ति संघर्ष’ 
  • नंः २ जलवायु परिवर्तनले देखाएको ताण्डव 
  • नंः ३ कांग्रेस विवाद अब समाधान कि नयाँ द्वन्द्व तिर ?
  • नंः ४  नेपाली राजनीतिमा अमेरिकी अनुसन्धानको खुल्यो प्रतिवेदन
  • नंः ५ सम्पादकीय
विचार
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ
नयाँ बर्षको उमंग–आर्थिक दबाबको यथार्थ शारदा बजगाईँ
जलवायु परिवर्तनले देखाएको ताण्डव 
जलवायु परिवर्तनले देखाएको ताण्डव  शारदा बजगाईँ
हुने खाने र हुँदा खानेबीचको खाडल
हुने खाने र हुँदा खानेबीचको खाडल राजेश खड्का 
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्