Top Navigation
  • Contact
Main Navigation
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
बिहीबार, असार ११, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
विचार
  • Home
  • विचार
  • सांसदहरु पढेलेखेका हुन् तर खलासी बस्ने क्षमता पनि छैनन्
सांसदहरु पढेलेखेका हुन् तर खलासी बस्ने क्षमता पनि छैनन्
अनुषा थापा
अनुषा थापा बिहीबार, जेठ २५, २०८०

सत्तापक्ष र विपक्ष दलका नेताहरुबीच यतिबेला सदनमा जुहारी चलिरहेको देखिन्छ । जनताको कुरा उठाउन छोडेर सांसद्हरु व्यक्तिगतवादी झगडामा मस्त छन्। कसको कर घटायो ? र कसको कर बढायो ? भन्नेतिर मात्र सांसद्हरुको ध्यान छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुलुक र जनताभन्दा पनि व्यापारी प्यारो भएको छर्लङ्ग देखिन्छ । उनी जतिबेला पनि कुन व्यापारीलाई घाटा हुने भो ? र कुनलाई फाइदा हुने हो ? भनेर संसद्मा प्रश्न उठाइरहेका हुन्छन्
तर, देशको अवस्था के छ? जनताले खान पाएका छन् कि छैनन् ? यो विषयमा उनले एकरत्ति पनि चासो देखाएका छैनन्। सदनमा जतिबेला पनि मजाक चलिरहेको हुन्छ । सदन ‘कमेडी क्लब’ जस्तै देखिन्छ ।

एउटाले अर्कोलाई हिलो छ्यापेर आफू चर्चामा आउने काम सदनमा भइरहेको छ । एउटै विषयलाई एजेण्डा बनाएर एउटै व्यक्तिमाथि लागेको लाग्यै गर्छन्। जनताले किन सांसद् बनाएर सदनमा पठाएको हो भन्ने कुरा नै यिनीहरुले बिर्सिएका छन्।

सदनमा सबै सांसद् आफ्नै सुरमा हुन्छन्। कोही गफिरहेका हुन्छन् त कोही सुतिरहेको । अहिलेसम्म एउटा पनि सांसद्ले गम्भीर भएर जनताको विषयमा बोलेको पाइँदैन्। सदनमा उठाउन सांसद्हरुसंग कुनै विषयवस्तु नै जस्तो लाग्छ।

राष्ट्रिय जनमोर्चाबाट सांसद् बनेका चित्रबहादुर केसीले जहिलेपनि संघीयता खारेज गरौं भनिरहेका हुन्छन् । संघीयताले देशको आर्थिक अवस्था नाजुक भयो भन्नेबाहेक उनले केही गर्दैनन् । देशको अवस्था जटिल छ भन्ने थाहा छ तर सबै सांसद्ले हेलचेक्य्राइँ गरिरहेका छन्।

कुनै सांसद्सँग ‘म तलब लिन्न’ भन्ने आँट छैन् । न सरकारी सेवा सुविधा चाँहिदैन् भन्ने सक्ने क्षमता कसैसँग छैन । सदनमा २७५ जना सांसद् छन्। तर, सबै ‘एउटै ड्याङ्गका मुला’ हुन् । कसैसँग भिजन र योजना नै छैन् ।

भन्नलाई सबै पढेलेखेका हुन् तर तिनीहरुसँग टेम्पुमा खलासी बस्ने क्षमता पनि छैन् । पार्टीले जे भन्छ, सांसद्हरुले त्यही बोलिरहेका छन्। जनताले पार्टीको लागि बोल भनेर भोट त दिएका होइनन्, होला । आफ्नो लागि केही गरिदिएलान्, विकास होला भनेर जनताले दिनभर लाइन बसेर भोट दिएका हुन् ।

विडम्बना, सांसद्हरुले यो कुरा बुझिदिएनन् । काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित बनेका गोकुल बाँस्कोटा सदनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गुनगान गाइरहेका हुन्छन् । सदन ओलीको योजनाअनुसार चलेको छ ।

प्रधानमन्त्रीको कुर्सीमा अरु भएपनि ओलीले देश चलाइरहेको छन् भनेर उनी सदनमा बोल्छन् । काभ्रेको जनताले ओलीको भक्तिगान गाऊ भनेर गोकुल बाँस्कोटालाई विजयी बनाएको हो ? ओलीले सदनमा पठाएको कि काभ्रेली जनताले? यसको जवाफ बाँस्कोटाले दिनुपर्छ।

काभ्रेको जनताको अवस्था उनले देखेका छन्? उनी त काभ्रेलीको अभिभावक बनेर सदनमा आएका हुन् । तर, जनताले उनलाई जिताएर पनि के पाए? काठमाडौं उपत्यकासँगै जोडिएको जिल्ला हो काभ्रे । यद्यपि, त्यहाँ नै ट्याक्सी पाउँदैन्।

एक किलोमिटर यात्रा गर्न निजी प्लेटका गाडीलाई दुई हजार रुपैयाँ तिर्नुपरिरहेको छ । भनेको बेलामा गाडी नपाउँदा बिरामीहरुलाई अस्पताल पुग्नकै लागिसास्ती व्यहोर्नु परिरहेको छ । पाँचखाल, पनौती, बनेपालगायत काभ्रेका अधिकांश ठाउँको जग्गाजमिन प्लानिङ गरेर सकिसकेको छ ।

सबै टुक्राटुक्रा बनाएर जग्गा सकाइयो। उब्जनी हुने जग्गामा ईँट्टा भट्टा सञ्चालन भइरहेको छ । क्रसर माफियाहरुले कोशीका गिट्टीवालुवा र ढुंगाहरु धमाधम निकालिरहेका छन् । यस्तो हुँदासम्म उनले चुइक्क आवाज निकालेका छैनन्।

जंगल सबै फँडानी गरिएको छ । यहाँ पनि उनले मौनधारण गरेका छ्न । सूचना तथा सञ्चारमन्त्री हुँदा उनीमाथि ७० करोड भ्रष्टाचार गरेको आरोप लाग्यो। त्यसले काभ्रेलीको शिर निँहुरियो तापनि काभ्रेलीले उनलाई नै चुनाव जिताए । 

विश्वासको आडमा काभ्रेलीले भोट दिए। अघिल्लो चुनावभन्दा बढी मत दिएर बाँस्कोटालाई सदनमा पठाइयो । सदनमा पुगेपछि देश र जनताको कुरा उठाउने कि ओलीको झोला बोक्ने, बाँस्कोटाज्यु ? अहिले काभ्रेलीको आवश्यकता के छ? यो हेर्नुपर्दैन्।

अस्पतालको अवस्था नाजुक छ। गरिबीका कारण जनताका छोराछोरी विद्यालय जानबाट वञ्चित छन् । उपत्यकासंगै जोडिएको जिल्ला भएपनि काभ्रेलीको अवस्था एकदम नाजुक छ। कतिपय ठाउँमा बत्ती पुग्न सकेको छैन्। 
ओली झापाबाट जितेर आएका हुन् । उनले राम्रो काम गरे ताली पाउँछन् नत्र गाली । ओलीले गरेको कामको मूल्याङ्कन गर्न जनता छन्। बाँस्कोटा जी तपाईंलाई ओली ठूलो कि मतदान गरेर सदनमा पुर्याउने जनता ठूलो? यसको जवाफ तपाईंले सदनमा उभिएर दिनुपर्छ।

सदनमा पठाउने अधिकार जनतासँग थियो, पठाए । अब त्यसको तिरो तिर्ने पालो त बाँस्कोटाको हो । चुनाव हरेक पाँच वर्षमा आउँछ। बाँस्कोटाले के के बोलेका छन् ? के के गरेका छन् ? जनताले नियालिरहेका छन् ।

२०८४ सालमा आउने चुनावमा उनले यसको जवाफ पाउँछन् । साँच्नै नै जनताका लागि आएको हो भने सरकारी सेवासुविधा केही लिनुभएन्। सेवा सुविधा छोड्ने आँट छ? तलब लिन्न भनेर भन्न सक्छन् ? सदनमा उभिएर विदेशी ऋण मिनाहा गर्नुपर्छ भन्न सक्ने क्षमता छ। खानलाई छैन् भने काभ्रेली जनता छन् ।

आफूले दुःख सुःख गरेर उब्जाएको जे छ, त्यही खुवाउँछन् । तर, देश बेचेर तलब भत्ता खाने र सरकारी गाडी चढ्ने काम नगरौं। बाँस्कोटा मात्र होइन्, अन्य धेरै सांसदहरु पनि त्यस्तै देखिएका छन् ।

पार्टीको कुरा पार्टी कार्यालयमा गएर बोल्न हो, सदनमा होइन् । यो सबैले स्पष्ट रुपमा बुझिराख्न जरुरी छ । सदनमा दिइएको समयको सदुपयोग होस्। एक अर्कामाथि औंला ठड्याएर केही हुनेवाला छैन् र अहिलेसम्म भएको पनि छैन्।

जनताको अवस्थाबारे मनन गरेर सदनमा बोलौं। नेपालको अधिकांश जमिन छिमेकी मुलुकले कब्जा गरिसकेका छन्। सरकारले आफ्नो भूमि फिर्ता ल्याउन सकिरहेको छैन् । भएको पनि सबै घरजग्गा बनाएर सखाप पारिएको छ । 

सरकारले बजेट भाषणमार्फत जग्गाको कित्ताकाट खोलिसकेको छ । यसमा रोक लगाउन जरुरी छ । भारतले खाद्य पठाइदिएन् भने नेपाली जनता भोकभोकै मर्छन् । देशको उब्जनीले धान्न सक्ने अवस्था छैन् ।

माटोभन्दा ठूलो केही हुँदैन् भनेर सबैले बुझिराखौं । माटो भएन भने कोही बाँच्न सक्दैन् । हालसालै मात्र एक जना महिलाले खान नपाएर आफू पनि मरिन्, आफ्नो छोराछोरीलाई पनि मारिन् । यो मुलुककै लागि लाजमर्दो विषय हो । यसबाट  त कसैले पाठ सिक।

न सरकारी कर्मचारीमा नैतिकता देखियो न जनप्रतिनिधिमा । बाटोमा मागेर खानेहरुको संख्या ह्वात्तै बढेको छ । बेरोजगारीले सीमा नाघिसकेको छ । मँहगीले आकाश छोइसकेको छ ।

मुलुक विदेशी ऋणको दलदलमा फँसेको छ अनि अझैपनि जनताका प्रतिनिधि भनिएकाहरु रमिता हेरेर बसेका छन् । सबैले आ–आफ्नो ठाँउबाट त्याग गर्ने हो भने देश जोगाउन सम्भव छ ।

सर्पले काचुली फेरेझैं नेताहरुले विचार र सिद्धान्त फेरेपछि देशमा कहिले विकास हुन्छ ? जनताले सुःख पाउँछन् ? विदेशी हस्तक्षेप रोकिन्छ?


 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:५६
प्रतिक्रिया दिनुहोस्
थप विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? आइतबार, असार ७, २०८३
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  बुधबार, असार ३, २०८३
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  मंगलबार, असार २, २०८३
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग    
भ्रष्टाचार ठूला फाइलमा मात्र होइन: स-साना नियतमा लुकेको रोग     शनिबार, जेठ १६, २०८३
Fishing Cat Conservation Beyond Protected Areas
Fishing Cat Conservation Beyond Protected Areas बिहीबार, जेठ १४, २०८३
मुसहरको नाममा अझै विभेद 
मुसहरको नाममा अझै विभेद  सोमबार, जेठ ११, २०८३
भोजभतेरको रवाफ र भोको पेटको चित्कार
भोजभतेरको रवाफ र भोको पेटको चित्कार शनिबार, जेठ ९, २०८३
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’
सजिलो राजनीतिको भर्‍याङ ‘समाजसेवा’ सोमबार, जेठ ४, २०८३
‘एक पटक बोलिदेउन बालेन सरकार’
‘एक पटक बोलिदेउन बालेन सरकार’ शुक्रबार, जेठ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ पत्रकारको क्षमता बढाउँदै नेपाल प्रेस इन्स्टिच्यूट
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
  • नंः ४ फिफा विश्वकप २०२६: खेल, नाफा र साम्राज्यवादी राजनीति
  • नंः ५ नगरस्तरीय परीक्षामा ४ जीपिए ल्याउने दुई विद्यार्थीलाई त्रियुगा नगरपालिकाद्वारा सम्मान
विचार
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग 
परिवार र साथी सर्कलसँगको भ्रमणः खुशीको उमङ्ग  शारदा बजगाईँ
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्