Top Navigation
Main Navigation
आइतबार, पुस ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
आइतबार, पुस ६, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल
समाजवादी मोर्चा विस्तृत शान्ति सम्झौतालाई अपमानित गर्ने प्रवृत्ति विरुद्ध हो : प्रधानमन्त्री दाहाल
रासस
रासस सोमबार, असार ४, २०८०

काठमाडौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको बताएको छ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विस्तृत शान्ति सम्झौतालाई नेपालको संविधानको अङ्ग बनाएको तथ्य पेस गरेको हो।

प्रधानमन्त्री दाहालले भने, “शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्ने क्रममा यो मोर्चा स्थापना भएको हो ।” परिवर्तनकारी सबै शक्तिलाई समाजवादी मोर्चामा सहभागी हुन आह्वान गर्दै उनले नयाँ शिराबाट अगाडि बढ्न एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले भने, “यो नै वैज्ञानिक मार्ग हो, परिवर्तकारी मार्ग हो ।” मोर्चाको दूरगामी महत्त्व रहेको उल्लेख उनले विगतका कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढेको बताए । अग्रगामी र परिवर्तनकारी शक्ति सबैलाई मोर्चामा सहभागी हुन प्रधानमन्त्री दाहालले आग्रह गरे।

नेकपा घोषणाको स्मरण गर्दै उनले भने, “राष्ट्रियसभा गृहको यही हल र रोष्ट्रमबाट नेकपा बनाउने घोषणा बनाएका थियौँ। निकै ठूलो भरोसा र अपेक्षा गरेका थियौँ। समाजवादको बाटोमा, आर्थिक सामाजिक रुपान्तरणको बाटोमा अगाडि बढाउने विश्वास राखिएको थियो। हामीले कहाँ त्रुटि गर्यौँ, ऐतिहासिक समीक्षा गरौँ ।”

समाजवादमा लैजाने उद्देश्यका साथ विगतको तीतो अनुभवसहित समाजवादी मोर्चा घोषणा गरिएको उनले बताए । मोर्चामा आबद्ध दलबीच एकता र स्वतन्त्रतालाई सम्बोधन गर्ने द्वन्द्ववादी मान्यतालाई संश्लेषण गरिएको प्रधानमन्त्री दाहालको भनाइ छ।

परिवर्तनकारी सबै शक्तिलाई समेटेर नयाँ शिराबाट अगाडि बढ्ने एवं विगतको कमजोरीबाट पाठ सिकेर मोर्चाको बाटोबाट अगाडि बढ्न खोजिएको र यो नै वैज्ञानिक मार्ग भएको उनले स्पष्ट पारे ।

“फेरि एकपटक इतिहासबाट फर्केर हेरौँ। हामीले गर्न सकेका राम्रा काम र गर्न नसकेका कामलाई पनि हेरेर नयाँ आधारमा अगाडि बढ्न अपिल गर्दछु। यो नयाँ अभियान हो । सामाजिक न्याय, सुशासन र समृद्धितर्फ लैजाने प्रक्रिया अभियान हो”, प्रधानमन्त्री प्रचण्डले भने।

परिवर्तनकारी नेता र परिवर्तनलाई होच्याउने, अपमानित गर्ने प्रतिगामी प्रवृत्तिले टाउको उठाउन लागेको उल्लेख गर्दै मोर्चा प्रतिगमनकारी शक्तिका विरुद्ध रहेको उनको भनाइ छ। अराजकता, निरङ्कुशतातर्फ मुलुकलाई लैजान चाहने शक्ति र प्रवृत्तिका विरुद्ध पनि मोर्चा रहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

समाजवादी मोर्चा बनाउन लामो छलफल र प्रक्रियाबाट गुज्रेको जानकारी दिँदै उनले यसको घोषणासँगै यसको औचित्य पनि स्थापित भइसकेको बताए। प्रतिगमन र प्रतिगामी शक्तिका विरुद्ध सडक, सदनबाट साझा प्रतिवाद गरिने उनको भनाइ छ।

नेपाली जनतालाई सुशासन र समृद्धि दिनका लागि वर्तमान सरकार देश र जनताको पक्षमा दृढ भएर उभिएको प्रधानमन्त्रीको भनाइ छ। उनले निराशालाई चिर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने सङ्कल्पका साथ मोर्चा घोषणा गरिएको र यसलाई देशव्यापी बनाइने बताए।

पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ उभिएका छौँ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आम निर्वाचन अगाडि नै समाजवादी मोर्चा घोषणा गर्ने उद्देश्य राखिएको भए पनि तत्कालीन अवस्थाका कारण सम्भव नभए पनि हाल आएर सफल भएको बताए ।

मोर्चा स्वार्थ, सिद्धान्तहीन र विचारहीन मोर्चा नभएको उल्लेख गर्दै उनले पश्चगमन र प्रतिगमनका विरुद्ध साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए। मोर्चा कोही कसैलाई फकाउन र कोही कसैलाई तर्साउनका लागि नभएको अध्यक्ष नेपालको भनाइ छ।

“कुनै पार्टीलाई घुर्क्याउन खोजेका होइनौँ, दबाब दिन खोजेको होइन । तिनै तर्सिछन्, जो अग्रगमनको पक्षमा छैनन् । मोर्चामा केही नयाँपन छ”, अध्यक्ष नेपालले भने, “२०४६ सालको जनआन्दोलनको बेलामा पनि वाम मोर्चा बनेको तथा २०६२र६३ मा पनि त्यस्तै परिवर्तनकारी मोर्चा बनेको थियो । विगतका यी मोर्चाको अनुभव सकारात्मक रहेको थियो।”

सरकारमा रहेका र नरहेका शक्ति एक ठाउँमा उभिनु नै मोर्चाको नयाँपन रहेको स्पष्ट पार्दै अध्यक्ष नेपालले अग्रगामी चिन्तन बोकेको र मोर्चामा आबद्ध दलका बीचमा एकापसमा विश्वास रहेको एवं समानता रहेको बताए ।

उनले २०७४ मा नेपाली जनताले तत्कालीन नेकपालाई अत्यधिक मत दिएको भए पनि त्यसलाई रक्षा गर्न नसकिएको तथ्य पेस गर्दै विगतको अनुभवबाट शिक्षा लिएर अगाडि बढ्न चाहेको बताए ।

समाजमा अत्याचार, शोषण गर्नेलाई कुनै पनि छुट नदिन र दोषीलाई कारबाहीको दायरामा ल्याउन अध्यक्ष नेपालले प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए।

उनले मुलुकको समग्र पक्षको अध्ययन तथा विश्लेषण गरेर नेपाली विशेषतासहितको समाजवाद निर्माण गरिने दृढता व्यक्त गरे। “हामी सक्छौँ, हामी गर्न सक्छौँ भन्ने विश्वासका साथ अगाडि बढ्छौँ”, अध्यक्ष नेपालले भन्नुभयो, “कोही पनि निराश हुनु जरुरी छैन। आशावादी बनौँ।”

मोर्चाको साझा लक्ष्य समाजवादी गणतन्त्र : नेता खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली जनताले वामपन्थी शक्तिलाई विगतमा दुई तिहाइ बराबरको मत दिएको भए पनि त्यसको नेतृत्वले बाटो बिराउँदा राजनीतिक उपलब्धि प्राप्त भए पनि आर्थिकरुपमा सबल बन्न नसकेको बताए।

मुलुकको राष्ट्रियता सङ्कटमा रहेको, आर्थिकरुपमा समेत समस्यामा रहेको उल्लेख गर्दै उनले नेपाल र नेपाली जनताको समस्या समाधान गर्ने तथा देशभक्त तथा वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

उनले मोर्चा आमूल परिर्तनको मोर्चा बनोस् भन्ने कामना गरे । तीन करोड नेपालीको साझा लक्ष्य नै समाजवादी गणतन्त्र भएको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री खनालले जातीय, भाषिक, भौगोलिक तथा वर्गीय विभेदको अन्त्य जरुरी रहेको बताए।

मोर्चा घोषणालाई पहिलो पाइला भएको उल्लेख गर्दै नेता खनालले परिवर्तनकारी शक्तिलाई एकै ठाउँमा उभिनका लागि आह्वान गरे। महिला, किसान, आदिवासी, जनजातिको समस्या समाधान गर्ने, आम जनतालाई सहजरुपमा स्वास्थ्य र शिक्षाका लागि परिवर्तकारी शक्ति एक ठाउँमा उभिनु जरुरी रहेको उनको भनाइ छ ।

जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्य राखिएको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले शोषित पीडित नेपाली जनतालाई थप अधिकार सम्पन्न बनाउने लक्ष्यका साथ आफूहरु साझा उद्देश्यका साथ एकै ठाउँमा उभिएको बताए ।

उनले सङ्घीयता, गणतन्त्र, समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायतका अधिकारलाई कमजोर बनाउन प्रतिगमनका मतियारहरु लागिपरेकाले त्यसलाई असफल बनाउन अग्रगामी शक्तिहरु एकै ठाउँमा उभिनु परेको बताए।

संविधानमा रहेको कमजोरीलाई सुधार गर्दै नेपाली जनतालाई थप अधिकारसम्पन्न बनाउने लक्ष्यका साथै आर्थिक क्रान्तिलाई अगाडि बढाउने एवं कृषि, उद्योग, ऊर्जा, पर्यटन लगायतका क्षेत्रको विकास गर्न साझा धारणाका साथ एक ठाउँमा उभिएको अध्यक्ष यादवको भनाइ छ।

आफ्नै देशका नागरिकलाई नागरिकताबाट वञ्चित बनाउने देश कुन हो भनेर सोध्दा सबैले नेपाल भन्ने अवस्था आएको उल्लेख गर्दै अध्यक्ष यादवले सङ्घीय संसद्ले दुई–दुईपटक पारित गरेर पठाएको विधेयक पूर्वराष्ट्रपतिले रोकेका कारण समस्या उत्पन्न भएको बताए।

राष्ट्रिय पूँजीको विकास, वैदेशिक लगानी भित्र्याएर मुलुकलाई आर्थिक विकासको मार्गमा अगाडि बढाउने लक्ष्य मोर्चाले राखेको जानकारी दिँदै उनले वर्गीय, क्षेत्रीय एवं लैङ्गिक असमानताको अन्त्यका लागि साझा लक्ष्यका साथ मोर्चा बनाइएको स्पष्ट पारे।

अध्यक्ष यादवले सबै दलका आ–आफ्ना राजनीतिक उद्देश्य रहे पनि साझा दृष्टिकोणका साथ एक ठाउँमा उभिएको र आगामी दिनमा यसलाई पूर्णरुपमा सफल बनाएरै छाडिने प्रतिबद्धता व्यक्त गरे ।

उनले मोर्चालाई लिएर कोही कसैले पनि तर्सन जरुरी नरहेको र कोहीको विरुद्धमा पनि नभएको बताए । मुलुकको अग्रगमन, नेपाली जनताको हितका लागि परस्पर सहयोगका आधारमा अगाडि बढ्ने दृढता व्यक्त गर्दै अध्यक्ष यादवले प्रतिगमनका विरुद्ध साझा प्रतिवाद गरिने बताए ।

अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् : महासचिव विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्दले नेपालमा थुप्रै खालका सङ्कटहरु रहेको, नागरिकहरु निराशमा रहेको तथा अन्योल र आकाङ्क्षाको बीचबाट मुक्त गर्ने लक्ष्यका साथ आफूहरु एक ठाउँमा उभिएको बताए ।

पश्चगमनलाई परास्त गर्दै मुलुकको राष्ट्रिय एकताको संवर्द्धनका लागि आफूहरुले नेपालको इतिहासमा नयाँ प्रयोग गरेको र यसले नेपाली जनतालाई अधिकार सम्पन्न बनाउने सङ्कल्प गरिएको उनले बताए । मुलुकको नेतृत्व अग्रगामी, परिवर्तनकारी शक्तिले गर्ने र त्यो सम्भव रहेको महासचिव चन्दको भनाइ छ ।

मोर्चाले बेपत्ता तथा सहिदहरुको सपना बोकेर आएको स्पष्ट गर्दै उनले आफ्नो देशलाई स्वाधीन र आफ्नै खुट्टामा उभिन सक्ने बनाउने विश्वास दिलाए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा, हालसम्म प्राप्त भएको राजनीतिक उपलब्धिको संरक्षण गर्दै नेपाली विशेषतासहितको समाजवाद निर्माणका लागि आफूहरु एकै ठाउँ उभिएको बताए।

आम नेपाली जनतालाई निराश नहुन आग्रह गर्दै उनले निराशाले समाप्त पार्ने र विसर्जन गर्ने भएकाले आशातीत भएर उभिनुपर्नेमा जोड दिए। उनले भने, “अन्याय र अत्याचारका विरुद्ध लड्नेहरु कहिल्यै हारेका छैनन् र हार्ने छैनन् ।”

मोर्चाको अवधारणा बनाउनका लागि नेताहरु जनार्दन शर्मा, प्रवेश हमाल, खड्गबहादुर विश्वकर्मा र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २१:२३
##socialistfront
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ
कुलमान घिसिङले भने, देशलाई ठोस परिणाम दिन जनताले नयाँ शक्तिलाई छान्नुपर्छ शनिबार, पुस ५, २०८२
जेनजी सरकारको सय दिन :  के के भए उपलब्धिहरु
जेनजी सरकारको सय दिन : के के भए उपलब्धिहरु शनिबार, पुस ५, २०८२
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु
आजको मन्त्रीपरिषद् बैठकले गर्यो ११ महत्वपूर्ण निर्णयहरु मंगलबार, पुस १, २०८२
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु सोमबार, मंसिर ३०, २०८२
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ
मन्त्रीपरिषद् विस्तार : चार मन्त्रीले लिए सपथ शुक्रबार, मंसिर २७, २०८२
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली
श्रद्धा श्रेष्ठ मन्त्री पदमा नियुक्त, आजै पद बहाली शुक्रबार, मंसिर २७, २०८२
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ?
मन्त्रीपरिषद्काे बैठकले के के निर्णयहरु गरे ? मंगलबार, मंसिर २४, २०८२
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका
महाधिवेशन कार्यतालिकामा नेता गच्छदारको भूमिका बुधबार, मंसिर १८, २०८२
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु
केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी महत्वपूर्ण निर्णयहरु सोमबार, मंसिर १६, २०८२
लाेकप्रिय समाचार
  • नंः १ गायिका तथा निर्माता सत्यकला राई सम्मानित
  • नंः २ नामी साप्ताहिक
  • नंः ३ बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र लेमन ट्री होटल्सबीच फ्रेन्चाइजी सम्झौता
  • नंः ४ मन्त्रीपरिषदकाे बैठकले गरेका चार निर्णयहरु
  • नंः ५ होमस्टेले बन्दीपुरे महिलाको फेरियो दैनिकी
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्