Top Navigation
  • Contact
Main Navigation
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
मंगलबार, भदौ १६, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
ललिता निवास जग्गा प्रकरण : ‘दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाई गरिनुहुन्न ’
रासस
रासस बुधबार, असार १३, २०८०
House of Representatives.jpg

काठमाडौ । सांसदहरुले बालुवाटारस्थिल ललिता निवास जग्गा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनीहरुले ललिता निवास जग्गा प्रकरणका मुख्य दोषीलाई पनि कारबाही गर्न सरकारसंग माग गरेको हो।

सांसद राजेन्द्रकुमार केसीले ढिलै भए पनि सरकारले ललित निवास जग्गा प्रकणको फाइल खोलेकामा धन्यवाद दिँदै जग्गा प्रकरणका मुख्य दोषी नउम्किने गरी कानुनी प्रक्रिया अगाडि बढाउन माग गरे ।

उनले भने, “ललिता निवास जग्गा प्रकरणमा साना माछा समातिँदैछन् त्यसमा संलग्न ठूला माछाहरु समातिन्छन् कि समातिँदैनन् चिन्ता थपिएको छ, त्यसप्रति गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु।”

सांसद रामहरि खतिवडाले ‘ललिता निवासमा साना माछा ढोक्सामा पर्ने कुरा आएको छ, ठूला माछा पनि ढोक्सामा परून्’ भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद भानुभक्त जोशीले सङ्घीय शिक्षा ऐनमा रहेको व्यवस्थाबमोजिम आन्दोलनरत शिक्षकको समस्या सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सद मनबहादुर गुरुङले केही दिनअघि परेको अविरल वर्षाका कारण पोखरा वडा २६ स्थित रिट्ठेपानी डाँडाको पश्चिम दक्षिणतर्फबाट पहिराले स्थानीयवासी नरबहादुर, अनिता र दिलबहादु भण्डारीको घर उच्च जोखिममा परेको, घरसँगै जोडिएको धनसार भत्किएको, दुई गाईको बाच्छीको मृत्यु भएको र सयौँ रोपनीमा सिँचाइको पक्की कुलोसमेत बगाएकाले पीडितहरुको उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गरे ।

सांसद महेशकुमार बर्तौलाले देशभरका ३ सय १३ भन्दा बढी पालिकामा स्वास्थ्य मन्त्रालयमार्फत काज र समायोजनमा खटिएका कर्मचारीले १३ महिनादेखि तलब नपाएको जनाउँदै दुई हजारभन्दा बढी कर्मचारीको अविलम्ब तलब पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद रेखा यादवले माइतीघरमण्डलामा धर्नारत सामुदायिक विद्यालयका कर्मचारीको समस्या अबिलम्ब सम्बोधन गर्न सरकारसंग माग गरे भने सांसद महेश बस्नेतले कानुन विपरीत नक्सापास नगरी भवन बनाउने प्रवृत्ति बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न माग गरे।

सांसद माधव सापकोटाले विनियोजन विधेयकको प्रक्रिया सम्पन्न भएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप योगको विधेयक टेबुल गरिसकेको भन्दै अर्को अधिवेशन नकुरीकन यो संवेदनशील विषयलाई टुङ्गो लगाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

साथै, सङ्घीय निजामती कर्मचारी सेवा ऐन, सङ्घीय शिक्षक ऐन, सङ्घीय प्रहरी समायोजन ऐनलगायत महत्वपूर्ण विधेयक चालु अधिवेशनबाट सम्पन्न गरी सङ्घीयताको प्रभावकारी कार्यान्वयनको सन्देश दिनेगरी काम गर्न माग गरे ।

सांसद मानवीर राईले सोलुखुम्बुको सल्लेरीमा किराँती समुदायले चन्दा उठाएर ११ रोपनी जग्गा खरिद गरी किरात सङ्ग्रहालयका लागि क्रमगत योजना र बजेट परेको तर, यो वर्ष बजेट कटौती गरिएको जनाउँदै बजेट व्यवस्था गर्न आग्रह गरे। साथै, सल्लेरीबाट खुम्बुसम्म जाने दमार्ग जाने पदमार्गका लागि बजेट विनियोजन गर्न पनि उनले माग गरे।

सांसद मेनुका कुमारी पोखरेलले बर्खा लागेसँगै किसान खेतीपातीको चटारोमा रहेको र मलखाद नपाएर उनीहरु भौँतारिरहेको जनाउँदै उनीहरुलाई पर्याप्त मलखादको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद मैना कार्कीले संविधानमा मौलिक हकका रुपमा व्यवस्था भएको नागरिकले आफ्नै जिल्लामा विशेषज्ञ चिकित्सककाट कहिले स्वास्थ्य सेवा पाउँछन् भनी सरकारसँग प्रश्न गरे।

सांसद मङ्गलप्रसाद गुप्ताले सङ्घीय निजामती कर्मचारी ऐन नहुँदा सङ्घीयताको कार्यान्वयनमा असर परेको, कर्मचारी व्यवस्थापन नहुँदा सुशासन खस्केको र भ्रष्टाचार र अनियमितता बढेको भन्दै तत्काल उक्त ऐन बनाएर लागू गर्न माग गरे।

सांसद रघुजी पन्तले अहिले दैनिकजसो पटक–पटक बिजुली जाने गरेको जनाउँदै उत्पादित विद्युत्को खपत र बिक्री वितरणमा सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद रणकुमारी बलम्पाकी मगरले त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुल नजिकै राहदानी विभाग परिसरमार सयौँले खैनी चुरोट खाएर पानीका बोतल जथाभावी फालेको र यसले विद्यालय शान्ति क्षेत्रको अवधारणाको खिल्ली उडाएको जनाउँदै  कि त विभागभित्रै लाइन लगाउने या त अनलाइनमार्फत घरघरमा राहदानी पुर्रयाउने व्यवस्था मिलाउनुपर्छ भने।

सांसद रणेन्द्र बराइलीले गायक प्रकाश सपुतलाई गत हप्ता रोमानिमा आयोजित कार्यक्रमकैबीच बोतल प्रहारी गरी घाइते बनाइनु गम्भीर विषय रहेको भन्दै यस्ता गतिविधिमा संलग्न अपराधीलाई सम्बन्धित मुलुकमा कूटनीतिक पहलमार्फत कानुनी कारबाही गर्न सरकारसमक्ष माग गरे।

सांसद रमा कोइराला पौडेलले विसं २०७० मा वैदेशिक रोजगारीका लागि मलेसिया गएका जुम्ला हिमा गाउँपालिकाका यामलाल परियारको मलेसियामा निधन भएको जनाउँदै उनको शवसँगै बीमालगायत सम्पूर्ण सुविधासहित स्वदेश ल्याउन पहल गरिदिन आग्रह गरे।

सांसद रञ्जुकुमारी झाले मनसुनको सुरुआतमै देशले पूर्वका जिल्लामा जनधनको क्षति भएको, मनसुनबाट हुनसक्ने क्षतिको पूर्वतयारीको अवस्थाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए।

सांसद राजेन्द्रकुमार राईले चार वर्षदेखि धनकुटाको पाख्रिबास मुगा–भोजपुर सडकखण्ड सुरु भएको र यो पटक बजेट कटौती भएको जनाउँदै तत्काल रुपमा बजेट विनियोजन गर्नुपर्छ भने ।

सांसद रामकृष्ण यादवले वर्षौंदेखि समस्या रहेको नागरिकताको समस्या समाधान भएकामा सरकारलाई धन्यवाद दिँदै धनुषालगायत तराईका जिल्लामा खाद्यान्नको मुख्य क्षेत्र भएकाले आवश्यक सिँचाइँको व्यवस्था मिलाउन माग गरे ।

सांसद रोशन कार्कीले महिला दाइजो प्रथाको निहुँमा कहिलेसम्म मर्ने, शारीरिक र मानसिक यातना खेप्ने भनी प्रश्न गर्दै तत्कालै गृहमन्त्रालयमा सहायता कक्ष खडा गरी दोषीमाथि कानुनी कारबाहीको व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद लीलानाथ श्रेष्ठले खेतीबालीको समयमा मलखादको व्यवस्था मिलाउन र सनसुन चलिरहेकाले सम्भावित विपद्जन्य जोखिम नियन्त्रणका लागि सबै संयन्त्रलाई तयारी राख्नु पर्छ भने ।

सांसद लेखनाथ दाहालले जमिनको वैज्ञानिक वर्गीकरणका लागि भू–उपयोग नीति बनो कि बनेन, कित्ताकाट किनबेज प्रक्रियामा अनियमितता भएको भनी सञ्चारमाध्यममा आएको जनाउँदै सम्बन्धित मन्त्रालयले छानबिन गरी घटनामा दोषीलाई कारबाही गर्न माग गरे।

सांसद मञ्जु अन्सारीले नागरिकता पाउन वञ्चित नागरिकलाई सहज रुपमा नागरिकता पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए भने सांसदहरु रामशङ्कर यादव, रामप्रकाश चौधरी, रुक्मणी राणा बराई लगायतले समसामयिक विषयमा धारणा राखेका थिए।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १५:२०
##houserofrepresenttives
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ?
किन एमालेभित्रको दोहोरी रोचक बन्दै छ ? आइतबार, साउन ३१, २०८३
लाेकप्रिय समाचार
  • नंः १ चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
  • नंः २ विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
  • नंः ३ प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
  • नंः ४ प्राध्यापक, लेक्चरर र नर्ससहित इन्जिनियरहरूकाे आवेदन माग
  • नंः ५ नामी साप्ताहिक
विचार
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन
बलात्कारपछि हत्या-अब मौन बस्ने समय होइन NamiNews- नामीन्यूज
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ...
विज्ञता घमण्डसँग होइन, विनम्रतासँग मात्र सुहाउँछ... शारदा बजगाईँ
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्