Food and Nutrition Security Enhancement Project (FANSEP)
x
Top Navigation
Main Navigation
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, चैत ५, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टी महाधिवेशन भदौमै हुनेमा ढुक्क रहन आग्रह
पार्टी महाधिवेशन भदौमै हुनेमा ढुक्क रहन आग्रह
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, जेठ २६, २०७८

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । 

पार्टी सभापति देउवाले पार्टीका नेता कार्यकर्तालाई सोही अनुसार दत्तचित्त भई लाग्न आह्वान गरेको हो । 

कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने तय गर्दै सोहीअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको छ ।
 
सभापति देउवाले वक्तव्यमार्फत कोभिड-१९ को विषम परिस्थितिमा पनि निर्धारित मिति आगामी भदौभित्र पार्टीको १४ औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसमा आफू  पूर्ण प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान भएको र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्ररी बुझेको सभापति देउवाले बताएको छ । 

महाधिवेशनको विषयलाई लिएर विभिन्न कुरा उठ्ने गरेको आफूले सुनेको र पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक-पटक आउने गरेका अभिव्यक्ति उचित नभएको सभापति देउवाले उल्लेख गरेको छ ।
 
“महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने कार्य हो । यसका लागि सबै जिम्मेवार हुनुपर्दछ । हामीसँग अब बढी समय छैन । असार र साउन दुई महिनाभित्र महाधिवेशनका लागि सबै पूर्वतयारी गर्नुपर्छ । पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ”, विज्ञप्तिमा उल्लेख छ । 

त्यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेको अवगत गराउँदै सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्न आवश्यक सबै कार्य समयमा गरिने बताएको छ ।
 
पार्टीका पदाधिकारी र केन्द्रीय कार्यसमिति, स्थानीय तहका पदाधिकारी तथा सदस्य, देशभरिका पार्टी सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका सदस्य, विदेशस्थित जनसम्पर्क समितिका सदस्यलाई कांग्रेसको महाधिवेशन सम्पन्न गर्ने बारे कुनै पनि भ्रममा नपरी आ–आफ्नो स्थानबाट महाधिवेशन समयमा सम्पन्न गर्न दत्तचित्त भई लाग्न आह्वान गर्दै सभापति देउवाले कोभिड-१९ को महामारीलाई दृष्टिगत गरीस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाई काम गर्न पनि अनुरोध गरेको छ ।
 
साथै सभापति देउवाले कोभिड-१९ को संक्रमणबाट निधन भएका सबैको आत्माको चीर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै संक्रमित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

संक्रमित सबैलाई उच्च मनोबल राखी चिकित्सकको रायअनुसार रहन÷बस्न अनुरोध गर्दै सभापति देउवाले सरकारले जनताको स्वास्थका बारेमा समयमा गम्भीर भई इमान्दारीपूर्वक काम नगरेका कारण अहिलेको अवस्था सृजना भएको आरोप समेत लगाएको छ। 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १९:१४
##SherBahadurDeuba
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन
पार्टी सभापति रवि लामिछानेको कडा निर्देशन बुधबार, चैत ४, २०८२
रास्वपाबाट निर्वाचित डा लेखजङ्ग थापाले भने, 'यो जीत मेरो होइन, समाजको जीत हो, जनताको जीत हो'
रास्वपाबाट निर्वाचित डा लेखजङ्ग थापाले भने, 'यो जीत मेरो होइन, समाजको जीत हो, जनताको जीत हो' बुधबार, फागुन २७, २०८२
नयाँ सरकार गठन हुन अझै दुई हप्ता लाग्ने
नयाँ सरकार गठन हुन अझै दुई हप्ता लाग्ने बुधबार, फागुन २७, २०८२
उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत
उदयपुरमा २१ उम्मेद्वारको जमानत जफत बुधबार, फागुन २७, २०८२
श्रम संस्कृति पार्टी भोजपुरबाट विजयी ध्रुवराज राईलाई प्रमाणपत्र 
श्रम संस्कृति पार्टी भोजपुरबाट विजयी ध्रुवराज राईलाई प्रमाणपत्र  सोमबार, फागुन २५, २०८२
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित
भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित आइतबार, फागुन २४, २०८२
सुनसरी १ बाट हर्कराज साम्पाङ विजयी
सुनसरी १ बाट हर्कराज साम्पाङ विजयी आइतबार, फागुन २४, २०८२
एमालेका बर्तौलालाई पछार्दै मकवानपुर-२ बाट प्रशान्त उप्रेती विजयी
एमालेका बर्तौलालाई पछार्दै मकवानपुर-२ बाट प्रशान्त उप्रेती विजयी आइतबार, फागुन २४, २०८२
सिराहामा बब्लु गुप्ताले पड्काए सा‌सद
सिराहामा बब्लु गुप्ताले पड्काए सा‌सद आइतबार, फागुन २४, २०८२
Satyakala Rai
लाेकप्रिय समाचार
  • नंः १ शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
  • नंः २ प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
  • नंः ३ बैकिङ्ग प्रबर्द्धनार्थ फेवातालको किनारमा पदयात्रा 
  • नंः ४ मौसम बारे मौसमविद् वरुण पौडेलको भनाई यस्तो छ
  • नंः ५ सीमाना पारको सम्बन्ध
विचार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार
निर्वाचनले ल्याएको नयाँ लहर-बहुमतको नयाँ सरकार NamiNews- नामीन्यूज
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे...
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मैले जे देखे... शारदा बजगाईँ
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ?
कांग्रेस–एमालेका क्रियाशील सदस्य कता हराए ? अच्युत प्रसाद नेपाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्