Top Navigation
  • Contact
Main Navigation
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
शनिबार, साउन २, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नैतिकवान व्यक्तिले सुशासन कायम गर्छ : नेता कोइराला
नैतिकवान व्यक्तिले सुशासन कायम गर्छ : नेता कोइराला भिडियाे समाचार
रासस
रासस शनिबार, साउन २७, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएको छ।

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उनले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरेको हो ।

“नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन”, उनले भने, “पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।”

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए। “सुशासनको बाधक भ्रष्टाचार हो, भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन कायम हुन सक्दैन, मुलुकमा सुशासन कायम गर्न उच्च तहका व्यक्ति लाग्नुपर्छ”, उनले भने ।

पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए । मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उनको भनाइ थियो । सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उनको भनाइ थियो ।

संविधानविद् डा भीमार्जुन आचार्यले पछिल्लो समय राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमाथिको काम कारबाहीको निष्पक्षतामा प्रश्न उठ्न थालेको बताए ।

उनले संविधानमा न्यायपालिकालाई स्वतन्त्ररूपमा राखिए पनि न्यायालयमा जाने पात्र राजनीतिक दलबाट जाँदा न्याय सम्पादनमा समेत प्रश्न उठाउन सकिने अवस्था आएको बताए ।

“राजनीतिक दलको लेटरहेडमा न्यायाधीश नियुक्तिको लागि सिफारिस पठाउँदा न्यायालय कसरी स्वतन्त्र हुनसक्छ”, उनले प्रश्न गरे। शक्ति प्रदर्शन गर्ने निकाय भ्रष्ट हुँदा देशमा सुशासन कायम हुन नसक्ने उनको भनाइ थियो।

पूर्वमन्त्री रेवती भुसालले लोकतन्त्रलाई बलियो बनाउन सकेमात्र मुलुकमा सुशासन कायम हुनसक्ने बताए । “सुशासन राजनीतिबाट सुरु हुन्छ, राजनीतिक राम्रो भयो भने कर्मचारी र अन्य निकायमा सुशासन कायम हुनसक्छ”, उनले भने।

सरकारले गरेको कामको स्वच्छता, पारदर्शिता, जवाफदेही र उत्तरदायी भएमात्र सुशासन कायम हुने बताए। “समाज सुधारका लागि चेतनशील व्यक्तिहरू सङ्गठित हुन जरुरी छ, सचेत जनमानस सङ्गठित भएरमात्र सुशासन कायम हुन्छ”, उनले भने ।

फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले नेपाली राजनीतिमा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको योगदान महत्त्वपूर्ण रहेको बताए। सुशील कोइरालाले बोकेका विचार र उनको जीवनीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि फाउन्डेसनले काम गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, जिल्ला सभापति, भातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १९:४५
##shashankkoirala #congress #nepalicongress
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु
मिडियाको मुख थुन्ने सरकार लोकतन्त्रको शत्रु बुधबार, असार ३१, २०८३
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै
मौन बालेनको उधारो आश्वासनले संकट बढ्दै सोमबार, असार २९, २०८३
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि...
सुकुका घर भत्काउने हुकु सरकार, बस्ने ठाउँ नदिने पनि... बुधबार, असार २४, २०८३
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय
कम्युनिस्ट एकता: पार्टी होइन, विचार जोड्ने समय शुक्रबार, असार १९, २०८३
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ?
बालेन सरकारको सय दिन: नयाँ अनुहार, पुरानै खेल ? सोमबार, असार १५, २०८३
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ?
फेसबुकमा ‘देश हरायो’ ले रास्वपा सांसद लामालाई प्रश्न–देश कसरी हरायो ? शनिबार, असार १३, २०८३
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ
रास्वपाको वैचारिक ‘सिफ्ट: नयाँ विचारधाराको जन्म कि मध्यपन्थी धारकाे ब्रान्डिङ बुधबार, असार १०, २०८३
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा
कांंग्रेसको युवा नेतृत्ववाट बालेन सरकारको मूल्याँकन र समीक्षा आइतबार, असार ७, २०८३
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ?
किन स्थानीय तह गैरदलीय हुनुपर्छ ? शनिबार, जेठ ३०, २०८३
लाेकप्रिय समाचार
  • नंः १ डुबेको उदयपुर सिमेन्ट उद्योगः सांसद गेलालको भ्रम र वास्तविकता
  • नंः २ महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
  • नंः ३ गण्डकी प्रदेश पर्यटकीय पूर्वाधार विस्तार
  • नंः ४ उदयपुरकाे पालिका बजेट खर्च: चौदण्डीगढी पहिलो, ताप्ली अन्तिम
  • नंः ५ गाईघाटमा सुविधा सम्पन्न सगरमाथा मल्टिस्पेशालिटी हस्पिटल सञ्चालनमा
विचार
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य
जवाफदेही राष्ट्र भए मात्र सुरक्षित भविष्य शारदा बजगाईँ
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ?
पेशाप्रति खुसी र सेवाभाव छैन भने–पेशा बदल्ने कि सोच ? शारदा बजगाईँ
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’ 
नेपाली पत्रकारिता भ्युजकारिताले ‘बदनाम’  विदुर कटुवाल
सूचना-प्रविधि
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्