Top Navigation
  • Contact
Main Navigation
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
सोमबार, भदौ १, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • असोज पहिलो साता ग्रेड वृद्धि परीक्षा 
असोज पहिलो साता ग्रेड वृद्धि परीक्षा 
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बुधबार, साउन ३१, २०८०

भक्तपुर । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ ।

परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि उक्त परीक्षा सञ्चालन हुन लागेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिए।

विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो ।

यस वर्षदेखि उक्त व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए।

यस वर्षको नतिजाअनुसार १ लाख २३ हजार ३ सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताए। जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार ५ सय ८४ विद्यार्थी रहेका छन् ।

लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छभने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभई उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन्।

नतिजा चित्त नबुझे पुनर्योग

बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय ५ सय तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताए। त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ।

विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ। तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ  तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ।

४९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण, अङ्ग्रेजीमा बढी कमजोर

राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलबार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तिर्ण भएका छन्। विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ ।

यस वर्ष गत वर्षभन्दा ३ प्रतिशतले नतिजामा सुधार आएकोे बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए । बोर्डमा अनुसार परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७, आंशितर्फक ६० हजार ९ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार १ सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ १ हजार १ सय ६ जना गरी ४ लाख ४८ हजार ८ सय ३७ जना सहभागी भएका थिए।

जसमध्ये नियमिततर्फ १ लाख ८९ हजार ७ सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार १ सय ४० र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन्  ।

५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप ५ जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ ।

यस वर्षको परीक्षामा ६ हजार ९ सय ७६ अर्थात् १.८७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जिपिए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन्। २०७९ को परीक्षामा भने ४ हजार १ सय ७९ अर्थात् १.१५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए। २०७९ मा भन्दा यस वर्ष २ हजार ७ सय ९७ अर्थात् ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जिपिए ल्याएका हुन्।

यस वर्ष परीक्षा दिएका नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन्। त्यस्तै ३८ हजार ९ सय ९९ जना विद्यार्थीले ३.२१ देखि ३.६० जिपिए, ६९ हजार एक सय ७४ विद्यार्थीले २.८१ देखि ३.२० जिपिए, ६३ हजार ७७ विद्यार्थीले २.४० देखि २.८० जिपिए, ११ हजार चार सय ३८ विद्यार्थीले २.१ देखि २.४० जिपिए र ४७  जना विद्यार्थीले १.६१ देखि २ जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिए। गत वर्ष एक लाख ८८ हजार ४ सय १० जना अर्थात् ५१.९० प्रतिशत विद्यार्थीले एनजी (अनुत्तीर्ण) ल्याएका थिए भने यस वर्ष ४९.०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गत वर्षभन्दा २।८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उनले जानकारी दिए ।

अङ्ग्रेजीमा विद्यार्थी बढी कमजोर

बार्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ। सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ ।

सबैभन्दा धेरै अङ्ग्रेजीमा १ लाख ९ हजार ५ सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार १ सय ४ जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ।

याे पनि :

कक्षा १२ को नतिजा सार्वजनिक

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:४३
##neb
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ?
कसरी आयो पच्चीस वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा ? शुक्रबार, साउन २२, २०८३
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर
सिन्दूर लगाउँदा स्वास्थ्यमा पर्ने गम्भिर असर सोमबार, साउन १८, २०८३
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत
युवतीहरुमा बढ्दो र खतरा चुरोटको लत मंगलबार, साउन १२, २०८३
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ?
स्वास्थ्य मन्त्रालयले साँच्चिकै फड्को मार्न लागेकै हो त ? आइतबार, जेठ २४, २०८३
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव
उदयपुरकाे कटारीमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु, कटारी अस्पतालमा दिनभर तनाव सोमबार, जेठ ११, २०८३
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या
चुरोट खाने महिलालाई अझ बढी स्वास्थ्य समस्या आइतबार, चैत २२, २०८२
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव
आत्महत्या समाचार सम्प्रेषणमा सावधानी अपनाउन सुझाव मंगलबार, चैत ३, २०८२
मिर्गौलालाई बचाउनुहोस्
मिर्गौलालाई बचाउनुहोस् शुक्रबार, फागुन २९, २०८२
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार
ट्रान्क्यूलिटी स्पा को शाखा विस्तार बुधबार, फागुन २०, २०८२
लाेकप्रिय समाचार
  • नंः १ पत्रकार श्रेष्ठ पक्राउमा उपसभामुख ठाकुरको स्टाटस : जिब्रोमा ‘राक्षस’, पदीय मर्यादा खै ?
  • नंः २ स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
  • नंः ३ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु
  • नंः ४ सत्ताको बहुमत, सदनमा अल्पमत
  • नंः ५ बाढीले १३७ मुरी फल्ने धानखेत बगर बनाइदिए
विचार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार
स्तनपानको संरक्षण-स्वस्थ भविष्यको आधार NamiNews- नामीन्यूज
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं 
सबै जात, धर्म, पेशा, संस्कार र संस्कृतिको सम्मान गरौं  शारदा बजगाईँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ
गीतलाई होइन, चेतनालाई प्रश्न गरौँ NamiNews- नामीन्यूज
सूचना-प्रविधि
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा
शाओमीकाे रेडमी नोट 15 5G नेपालमा NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्