Top Navigation
Main Navigation
शनिबार, माघ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, माघ ४, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा
सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा
रासस
रासस आइतबार, भदौ १७, २०८०

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउन सक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएको छ ।

नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै मन्त्री शर्माले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेको बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताएको हो।

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार साँवा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरूमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्त्वपूर्ण कदम भएको पनि उनले स्पष्ट गरे।

सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरूलाई पनि कानूनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट पारे।

“नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए”, मन्त्री शर्माले भने, “ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेका कारण जनताको विश्वास बढ्न गएको छ र सम्भवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ।”

प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानबिन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले भने, “छानबिनका क्रममा गल्ती भेटिए मलाईसमेत नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन, उनले पार्टीभित्रका नेताहरूलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुुने विषय होइन।”

मन्त्री शर्माले अन्य दलजस्तै माओवादीका केही नेता तथा कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गरे। उनले भने, “हामी केही बिग्रेकै हो तर सप्रेका अरू दलभन्दा बिग्रेका माओवादीहरू धेरै अगाडि छन्, अहिले सुरु भएको तीनमहिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।”

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरूलाई आग्रह गरे।

अहिले सरकारले महत्त्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उनले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गरे।

नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे। शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने ध्येयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानून, बजेट निर्माण, कार्यान्वायन र मूल्याङ्कन प्रक्रियालाई ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १९:३९
##rekhasharma
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम
यस्ताे छ बालेनकाे चुनावी कार्यक्रम शनिबार, माघ ४, २०८२
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड
नेपाली काँग्रेस विभाजन हुनु राम्रो होइन्:  प्रचण्ड शनिबार, माघ ४, २०८२
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने
भाेलिदेखि नियमित रुपमा राष्ट्रियसभाको हिउँदे अधिवेशन हुने शनिबार, माघ ४, २०८२
उदयपुरकाे दुवै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा कार्यालय स्थापना
उदयपुरकाे दुवै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा कार्यालय स्थापना शुक्रबार, माघ ३, २०८२
रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल
रास्वपामा ‘विधि’ ढल्यो: प्रश्न गर्नेलाई पार्टी छाड्न धम्की, बन्दसूचीमा पहुँच र पावरको खेल शुक्रबार, माघ ३, २०८२
यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार शुक्रबार, माघ ३, २०८२
विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा
विभाजित कांग्रेस: वैधानिकतामा निर्वाचन आयोगको कठिन परीक्षा बिहीबार, माघ २, २०८२
ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन  मंगलबार, पुस २९, २०८२
आज नेकपाकाे केन्द्रीय कमिटी सदस्यकाे शपथ
आज नेकपाकाे केन्द्रीय कमिटी सदस्यकाे शपथ मंगलबार, पुस २९, २०८२
लाेकप्रिय समाचार
  • नंः १ प्रतिनिधिसभा निर्वाचन: उदयपुर –२ मा नेकपाबाट सिफारिस लक्ष्मण पौड्याल काे हुन् ?
  • नंः २ ओलीको निर्वाचन क्षेत्रबाट उठ्ने तयारीमा बालेन 
  • नंः ३ कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
  • नंः ४ प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित
  • नंः ५ नामी साप्ताहिक
विचार
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्