Prime Commercial Bank Ltd. from 27/09/025
x
Top Navigation
Main Navigation
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, कात्तिक २, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्चलाई १४ बुँदे लिखित जवाफ
प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्चलाई १४ बुँदे लिखित जवाफ
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असार ३, २०७८

काठमाडौ । राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ। 

महान्यायाधिवक्ता कार्यालयमार्फत् पेश लिखित जवाफमा नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीले विश्वासको मत पाउने वा नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई भएको उल्लेख छ।
      
“नेपालको संविधान धारा ७६ को उपधारा ९५० बमोजिम बन्ने प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने आधार छ वा छैन भनी यकिन गरिएको छ,” लिखित जवाफमा भनिएको छ, “यस्तो कार्य राष्ट्रपति विद्यादवी भण्डारीबाट मात्र हुने हो र भएको पनि त्यही हो।” 
       
नेपालको संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि २ जना दावीकर्ताले पेश गरेको प्रस्तावमा विश्वासको मत प्राप्त गर्न सक्ने आधार रहेको वा नरहेको विषयमा यकिन गरी निर्णय गर्ने अधिकार र कर्तव्य राष्ट्रपतिको भएको उल्लेख गर्दै जवाफमा भनिएको छ, “राष्ट्राध्यक्षका हैसियतमा राष्ट्रपतिबाट संविधानको धारा ७६ बमोजिम भए गरेका कामकार्बाहीका विषयमा रिट क्षेत्राधिकार आकर्षित हुने होइन र यो विषय न्यायिक पुनरावलोकनको  विषय पनि होइन।”
      
राष्ट्रपति कार्यालको जवाफमा नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको दाबी अस्वीकार गर्नुको कारण पनि उल्लेख स्पष्ट भएको उल्लेख छ । 

“राष्ट्रपति कार्यालयमा दर्ता भई राष्ट्रपतिसमक्ष पेश गरिएको रिट निवेदकमध्ये शेरबहादुर देउवाको दाबी तथा सो साथ संलग्न कागजातमा दुई वटा दलको मात्र निर्णय साथ राखी पेश भएको, अन्य दलको पत्र संलग्न नभएको र हस्ताक्षरको सिलसिला नमिलेको, प्रतिनिधिसभा सदस्यको दलीय हैसियत नखुलेको अवस्थाको विद्यमानता थियो” गर्दै जवाफमा भनिएको छ, “त्यस्तै अर्का दाबीकर्ता केपी शर्मा ओलीले आफूलाई समर्थन हुने भनी पेश गरेको दलका सदस्यहरुले अर्का दावीकर्तालाई समर्थन गरेको देखिएको छ।”
      
उक्त दुवै दाबी राजनीतिक दलको मान्यता एवं दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको अवस्थामा त्यस्तो दुवै दावीलाई संवैधानिक तवरले विश्वासको मत पाइने विश्वसनीय आधार नदेखी दुवै दावीकर्ताको दावी नपुग्ने भएकाले राष्ट्रपतिबाट उक्त निर्णय गरेको उल्लेख छ । 
       
नेपाल संविधान र संघीय कानूनबमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी राष्ट्रपतिलाई सुम्पिएको र जिम्मेवारी पूरा गर्ने सिलसिलामा आफ्नो पदीय हैसियतले सम्पादन गरेका काम काम कारबाहीको प्रश्न उठाउने अधिकार नभएको उल्लेख छ। 

Nepal Oil Corporation

“राष्ट्रपति स्वयंबाट संविधानबमोजिम सम्पादन भएको कामकारबाही र निर्णय अदालतबाट बदर हुन सक्दैन र अमूक व्यक्तिलाई प्रधानमन्त्री नियुक्ति गर्नू भनी  परमादेश जारी हुन सक्दैन, यस्तो माग गर्नु आफैमा संविधान विपरीतको विषय हो भन्ने स्पष्ट छ”–जवाफमा छ । 
     
लिखित जवाफमा संविधानको धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री नियुक्ति हुन नसकेको अवस्थामा गरिएको प्रतिनिधिसभाको विघटन र निर्वाचनको मिति तोक्ने गरी भएको कार्य संविधानअनुरुप भएको उल्लेख गर्दै जवाफमा भनिएको छ, “संवैधानिक व्यवस्थाको कार्यान्वयन गर्न राष्ट्रपतिको कार्यालयबाट भएको कार्यउपर यस कार्यालयलाई विपक्षी बनाई दायर भएको रिट निवेदन बदरभागी छ।”
     
प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते सातदिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार दिएको आदेशअनुसार राष्ट्रपतिको कार्यालयले लिखित जवाफ पेश गरेको हो।

उक्त विषयमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले १८ बुँदे लिखित जवाफ पेश गरेको थियो। प्रतिनिधिसभा  विघटन सम्बन्धी विवादमा यही असार ९ गतेदेखि नियमित सुनुवाइ हुने तय भएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २१:०२
##ShitalNiwas ##OfficeOfPresidentOfNepal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे
निर्वाचन आयाेगमा दलकाे संख्या १२४ पुग्याे शुक्रबार, कात्तिक १, २०८२
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद्का महत्वपूर्ण निर्णयहरु बिहीबार, असोज ३०, २०८२
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली
किन बोक्नु पर्याे ?, म आफै हिड्छु कसैले बोक्नु पर्ने छैन : एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली
फ्याण्टा र कोकाकोला चोरेर हिड्नेले देश बनाउँछ? एमाले अध्यक्ष ओली बिहीबार, असोज ३०, २०८२
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा मंगलबार, असोज २८, २०८२
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन
राष्ट्रको नाउँमा प्रधानमन्त्रीको सम्बोधन बिहीबार, असोज ९, २०८२
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड
विधि र प्रक्रिया भित्रबाट नेतृत्व हस्तान्तरण गर्नुपर्छ: अध्यक्ष प्रचण्ड बिहीबार, असोज ९, २०८२
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन
मन्त्रीको पदभार सम्हाल्दै महावीर पुनले दिए निर्देशन सोमबार, असोज ६, २०८२
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय
हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने मन्त्रीपरिषद्को निर्णय आइतबार, असोज ५, २०८२
लाेकप्रिय समाचार
  • नंः १ नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
  • नंः २ भारतीय कलाकारकाे नजरमा नेपाल
  • नंः ३ प्रेमिल भाइरल जुँगे र अनिता थापाको अनुपम प्रेमकहानी
  • नंः ४ सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न
  • नंः ५ प्रतिनिधिसभा विघटन असंवैधानिक र संविधान नै जोखिममा: देउवा
विचार
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
‘बा’ को चुरी फुरी
‘बा’ को चुरी फुरी अच्युत प्रसाद नेपाल
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन
हुलाक टिकटमा मनाेमानी, सरकाेकारवाला माैन अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्