Top Navigation
Main Navigation
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
शनिबार, मंसिर २८, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्यमन्त्री बस्नेत
पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्यमन्त्री बस्नेत
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज आइतबार, भदौ ३१, २०८०

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिँदै मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताएको हो ।

उनले भने, “बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु।”

मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसक्नुभएको बताउँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताएका हुन्।

“केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकहरूको दरबन्दी थपेर छ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ”, उनले भने।

उनले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताए।

धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षाशुल्क २ हजार २ सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

आफूले विगतदेखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्दै लागिपरेको उनको भनाइ छ । उनले भने, “अब मुलुकमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गराएरै छाड्छौँ, उपचार नपाएर र औषधि नपाएर कोही मर्ने छैनन्।”

सो अवसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री मसिना खड्का, पूर्वगृह राज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका साथै राष्ट्रिय कलाकारको समेत सहभागिता थियो।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:५२
##mohanbahadurbasnet
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
कविता :  मेरो देश 
कविता :  मेरो देश  शुक्रबार, साउन १०, २०८२
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना
नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ७ द्वारा एसइई सम्मान कार्यक्रमको आयोजना सोमबार, असार ३०, २०८२
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी
जनशक्तिको अभाव र भौतिक पूर्वाधारका कारण अहिले फुलफेजमा चलाउँन सकेका छैनौं : डा कोपिला अधिकारी शनिबार, असार २८, २०८२
लाेकप्रिय समाचार
  • नंः १ लुकेका लोकप्रिय कथाहरू लोकार्पित
  • नंः २ १३ बुँदे प्रस्ताव पारित गर्दै अडानको दोश्रो पूर्ण बैठक सम्पन्न
  • नंः ३ आर्मी क्लबको पोल्टामा एनएसए कप च्याम्पियनसिप
  • नंः ४ बैंकर नारायणदास मानन्धरको निधन
  • नंः ५ नामी साप्ताहिक
विचार
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव
मोबाइल प्रयोगले बालबालिकामा पार्ने प्रभाव अच्युतप्रसाद नेपाल
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन
सीपविहीनताको मूल्य: ८० लाख युवा पलायन अच्युत प्रसाद नेपाल
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा
नेपाली राजनीतिकाे केन्द्रविन्दुमा ‘गुन्डु’ को चर्चा अच्युतप्रसाद नेपाल
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2025 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्