Top Navigation
Main Navigation
बिहीबार, माघ २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper
Nami News
बिहीबार, माघ २३, २०८२
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
स्वास्थ्य-शिक्षा
  • Home
  • स्वास्थ्य-शिक्षा
  • मन लगाऔँ, मुटु बचाऔँ
मन लगाऔँ, मुटु बचाऔँ विश्व मुटु दिवस
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज बिहीबार, असोज ११, २०८०
- डा अवनिभूषण उपाध्याय (लेखक: वरिष्ठ मुटु रोग विशेषज्ञ हुन्)

काठमाडौँ । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ। यो संसारको मृत्युको कारणमध्ये पहिलो हो।

कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो। यो एउटा महामारीको रूपमा देखापरेको छ। यो रोगबाट बच्न र बचाउन सबैजना लागि नपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ।

हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ। यो रोग ठूलो भएपछि लाग्ने होइन, यो देखा पर्दा मानिस ठूलो भइसकेको हुन्छ। हाम्रा विभिन्न कारक तत्वहरूले गर्दा मुटुको आर्टरीहरूमा विस्तारै फोहर जम्मा हुँदै जान्छ र आर्टरीहरूमा भित्री भाग साँगुरिदैं जान्छ, अनि रक्त प्रवाह कम हुँदै जान्छ र साँगुरिएको ठाउँमा रक्तस्राव भयो भने त्यहाँ रगत जम्न गई आर्टरी पूरै थुनिन सक्दछ। 

त्यसरी थसनएको अवस्थामा त्यसले आफूले रगत पुर्याउनु पर्ने मांसपेशीमा रगत पुर्याउन सक्दैन। उक्त मांसपेशीमा रगत नपुगेकाले खाना नपाएर मर्दछ। यो मरेको भागलाई इन्फारक्ट भनिन्छ । मायोकार्डियोल इन्फारक्ट भनेको नै हृदयघात हो।

सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो।

विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ।

यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ। यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो।

यस पालिको नारा मुटु बचाउन हृदयको प्रयोग गरौं भन्ने छ । अरूलाई परेका अप्ठ्यारो, वेदनाहरूप्रति पूरा सहानुभूति, पुरा प्रेमका साथ सच्चा मनले मद्दत गर्नु पर्छ भनेको हो । यस कारणले हाम्रो समाजमा नै मुटु कसरी जोगाउने भनेर भित्र मनैदेखि उपायहरू बताउने हो र समाजमा रहेका हरेक मुटुहरूलाई स्वास्थ्य हुनको लागि बाटो देखाउने हो।

यो मुटु बचाउनको लागि भौतिक स्रोत साधन मात्र पटकै होइन, यो आफ्नो आत्मीयता, अरूप्रतिको सद्भाव र प्रेमसँग पनि सम्बन्ध राख्दछ। आफ्नो मुटु त बचाउन परि हाल्यो तर अरूको मुटु बचाउन पनि मनैदेखि या आफ्नो हृदय लगाएर बचाउने कोसिस गर्नु पर्दछ।

मुटु रोगको महामारीबाट जोगीनको लागि एउटै उपाय छ, यो के हो भने यो रोगबाट बच्ने, यो रोग लाग्नै नदिने। त्यसको लागि सबै जनमानसमा यो रोगको जानकारी जति सक्यो बढाउन पर्ने हुन्छ । यस वर्षको नारालाई निम्न तीन किसिमबाट बुझ्न सकिन्छ।

मानवताका लागि मुटु

संसारमै मुटु रोगहरूमध्ये ७५ प्रतिशत लगभग मुटु रोगहरू हाम्रो जस्तो विकास हुन बाँकी, गरिब, पछि परेका देशहरूमा पर्दछ। यस संसारको यति ठूलो मानिसको संख्या मुटु रोगी हुनु र त्यो पनि हाम्रो जस्ते देशमा हुनु ज्यादै नै दुःखको कुरा हो। त्यसैले हरेक मानिसले मानवताको लागि यस कुरालाई मनन गरेर कसरी हुन्छ, कुन उपाय गर्दा यसबाट बच्न र बचाउन सकिन्छ भनेर मुटुमा हात राखेर आफ्नो मुटु साक्षी राखी अरूको मर्म बुझेर समाजमै मुटु बचाउनतर्फ लाग्न अति आवश्यक छ।

मानवताका लागि कसरी हुन्छ यस रोगबाट बच्ने भन्ने कुराको साथसाथै कसैलाई मुटु रोग लागिसकेको छ भने पनि के कसरी उनीहरूको मर्म पिडालाई कम गर्न सकिन्छ भन्नेतर्फ लाग्न जरुरी छ । हाम्रो समाजमा, शिक्षामा, स्वास्थ्यमा धेरैको सहज पहुँच छैन। धेरैलाई यसबारे जानकारी छैन, धेरैमा स्रोत पनि सीमित हुन्छ। यस्तो अवस्थामा यस रोगबारे जानकारी, यसबाट बच्न गर्नुपर्ने उपायहरू र उपचार गर्नुपरे कसरी सहज बनाउने भनेर सबै लगनशीलतापूर्वक सच्चा मनदेखि लागिपर्नु पर्दछ, मद्दत गर्नु पर्दछ।

प्रकृतिका लागि मुटु

मानव जाति प्रकृतिप्रति कठोर नै हुँदै आएको छ। आफ्नो सम्पूर्ण स्वार्थको लागि आफ्नै प्रकृतिरुपी आमालाई शोषण गरिरहेको छ। मानिसकै कारणले गर्दा वातावरण बिग्रिरहेको छ । मौसम बदलिंदै छ, संसारको तापक्रम बढ्दो छ, वायु प्रदूषण बिग्रेर विषैविषले भरिएको छ। यो सबै बिगार्ने अरू कोही होइन, मानव जाति नै हो।

प्रकृतिलाई जिस्काएर मानव जातिले ठूलो भूल गर्दैछ। यसले गर्दा संसारमा प्राकृतिक प्रकोपहरू बढ्दै गएको छ। आगलागी, हावाहुरी, बाढीपहिरो, विभिन्न किसिमका महामारीले अकाल मृत्यु हुने क्रम बढ्दै गएको छ भने युवावस्थामै मानिसहरू नयाँ–नयाँ रोगबाट ग्रस्त भएका छन्। कलिला उमेरका मानिसलाई पनि मानसिक रोग, मुटु रोग, क्यान्सर जस्ता रोगले सताउने गरेको छ। मुटु रोगको नै कुरा गर्दा पनि लगभग २५ प्रतिशत जति मुटु रोग वायु प्रदूषणको कारणले हुने गर्दछ। समाजलाई बचाउने हो भने प्रकृतिलाई विनास होइन, माया गर्नुपर्छ ।

आफ्नै लागि मुटु

अरूको मुटु बचाउने हो भने सर्वप्रथम आफ्नो मुटुमा ध्यान दिन जरुरी छ । हामीले आफ्नो मुटु स्वस्थ राख्न सके अरूको मुटु जोगाउन पनि सक्षम हुनसक्छौँ।  पहिले आफ्नो अवस्थाबारे जान्न आवश्यक छ। आफ्नौ तौल ठिक छ छैन, मधुमेह, रक्तचाप, चिल्लो पदार्थ ठीक छ छैन, व्यायाम गर्ने, ध्यान योग गरेको छ छैन, अनावश्यक तनाव लिने गरेको छ छैन, चुरोट रक्सीको सेवन गरिन्छ कि? घरको साधारण खाना नखाएर बजारिया पत्रु खाना पो खाने गरेको छ कि? यी सबै कुराको जानकारी लिएर यसलाई ठीक अवस्थामा राख्न आवश्यक छ। रोग लागिहाल्यो भने पनि  चिकित्सकको सल्लाह अनुसार पछि औषधि सेवन गरेर आफ्नो शारीरिक र मानसिक अवस्थालाई ठीक सन्तुलित, स्वस्थ राख्नुपर्छ।

मुटु के हो त ?

मुटु रक्त सञ्चारको प्रमुख अङ्ग हो। यो दुई फोक्सोको बीच भागतिर छातीमा हुन्छ । यो ठूलो मान्छेको मुड्की जत्रो हुन्छ, लगभग मिनेटमा ७२ पटक धड्किने गर्दछ। मुटु दिनको एक लाख १५ हजार पटक धड्किन्छ। दिनभरिमा २०० ग्यालन रगत पम्प गर्दछ। हरेक मिनेटमा १.५ ग्यालन रगत पम्प गर्दछ । मुटु एउटा बलियो मांसपेशीले बनेको अङ्ग हो।

यसले पम्प गरेको रगत र रगतबाट जीउलाई चाहिने पौष्टिक तत्वहरू पुर्याउने गर्दछ र यही पम्पले शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पुर्याउँछ। त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पुर्याउने काम गर्छ। यसरी मुटुले अहोरात्र काम गरेकै हुन्छ। बलियो मांसपेशीले बने पनि यो ज्यादै सम्बेदनशील र भावुक हुन्छ। हरेक कुराका राम्रो नराम्रो कुराको असर यसलाई सिधैँ पर्ने हुँदा यसलाई ज्यादै माया गर्नु पर्दछ ।

मुटु रोग लाग्ने कारक तत्वहरू के हुन् ?

मुटुको रोग लाग्ने कारक तत्वहरू वैज्ञानिक हिसाबले प्रमाणित भइसकेका छन्। मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने याने बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी इत्यादि पर्दछन्।

यी कारक तत्वलाई ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिन्छ । जुन कुरा वैज्ञानिकहरूले प्रमाणित गरिसकेका छन्। कारक तत्वमध्ये केही गर्न नमिल्ने एउटै कुरा छ त्यो हो वंशानुगत आउने कारक तत्त्व । यो हाम्रो हातमा निर्भर गर्दैन, बाँकी सबै हामी आफैँ नियन्त्रण गर्न सक्षम छाैं।

के गर्न उचित होला ?

विश्व मुटु दिवस धूमधामले मनाउने भनेकै यो रोग के हो र यसबाट कसरी बच्न सकिन्छ भनेर जानकारी बढाउने हो । जे कुरा गर्न पनि त्यसबारे जान्नु जरुरी छ। तसर्थ हामीले जुन कारक तत्वहरूका बारेमा छलफल गर्याै त्यसमा एउटा वंशानुगतबाहेक सबै कारक तत्वहरू हामी आफँै नियन्त्रण गर्न सकिन्छ ।

वर्षको एक पटक कमसेकम यदि मिल्छ भने आफ्नो जन्मदिन पारेर डाक्टरको सल्लाह लिएर आफ्नो स्वास्थ्यबारे जानकारी लिने गरौं र कुनकुन कारण तत्वलाई ठीक अवस्थामा राख्नु छ, त्यसमा ध्यान दिने गरौँ ।

चुरोट रक्सीको सेवन नगरौँ, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राखौँ, तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने गरौँ, अनावश्यक तनाव लिने, लोभ लालचमा नफसौँ, फलफूल खाने बानी बसालौँ। आफ्नो मुटु स्वस्थ राखौं र आफूले जानेजति, मनैदेखि अरूको पनि मुटु बचाउने अभियानमा लागौं ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:१०
##drabanibhushanupadhyaya
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य-शिक्षा
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन शनिबार, माघ १८, २०८२
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण
किष्ट मेडिकल कलेजलाई ट्रुनाट मेसिन हस्तान्तरण बुधबार, माघ १, २०८२
जाडोलाई तह लगाउँने ११ उपाय
जाडोलाई तह लगाउँने ११ उपाय मंगलबार, पुस १५, २०८२
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ?
अस्पताल अनुगमनको क्रममा स्वास्थ्य मन्त्री गौतमले के भने ? सोमबार, मंसिर २३, २०८२
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ?
बालबालिकालाई चिसोबाट कसरी जोगाउँने ? आइतबार, मंसिर २२, २०८२
सिंहदवारबाट सेवा शुरु
सिंहदवारबाट सेवा शुरु बुधबार, मंसिर ४, २०८२
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन
वीर अस्पताल किन सुध्रिएन ? स्वास्थ्य मन्त्रीको निर्देशन मंगलबार, मंसिर ३, २०८२
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे
निजी तथा आवासीय विद्यालय सञ्चालक समुहकाे आन्दोलन चर्कियाे शुक्रबार, भदौ ६, २०८२
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ
अध्यक्ष प्रचण्ड : नेपालमा विदेशी विद्यार्थी पढ्न आउने वातावरण राज्यले निर्माण गर्नुपर्छ शुक्रबार, साउन २४, २०८२
लाेकप्रिय समाचार
  • नंः १ विद्यार्थीलाई उद्घोषण कला कार्यक्रम सञ्चालन
  • नंः २ आचारसंहिता उल्लंघन नियन्त्रणमा आयोग सक्रिय बन्दै
  • नंः ३ नामी साप्ताहिक
  • नंः ४ हिउँदे फलफुलबाटै उदयपुरमा वर्षमै ३१ करोड भित्रियाे
  • नंः ५ यस वर्षको लायन्स शुभतारा कला-सम्पदा सम्मान इन्द्रमान र डेविडलाई
विचार
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान
परिवर्तित राजनीतिक सन्दर्भ र जनमुखी नेतृत्वको लागि उदयपुर-२ मा तारामा मतदान मणीराज दाहाल (बादल)
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ
कांग्रेसको विशेष महाधिवेशन: वर्तमान अवस्था र राजनीतिक अर्थ विदुर कटुवाल
सत्य आफैमा एउटा ठूलो तन्त्र हो
सत्य आफैमा एउटा ठूलो तन्त्र हो प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल
नथिङ् स्मार्टफोन लञ्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल NamiNews- नामीन्यूज
डिजिटल नेपाल कन्क्लेभ २०२४
डिजिटल नेपाल कन्क्लेभ २०२४ NamiNews- नामीन्यूज
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्