Top Navigation
Main Navigation
सोमबार, मंसिर २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  E-paper सोमबार, मंसिर २५, २०८०
Nami News
Nepal Rastra Bank Nepal Rastra Bank
सोमबार, मंसिर २५, २०८०
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
NCELL NCELL
विचार
  • Home
  • विचार
  • जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
जथाभावी एन्टिबायोटिक जनस्वास्थ्यमाथि खेलबाड
रासस
रासस बिहीबार, असोज ११, २०८०
- पदमराज जोशी (लेखक : स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार हुन्)

काठमाडौँ । नेपालमा एन्टिबायोटिकको व्यापक दुरुपयोग भइरहेको छ । यहाँ जुनसुकै एन्टिबायोटिक जहाँ पनि जसले पनि, बिनाचिकित्सकको प्रिस्क्रिप्सन सजिलै किन्न सकिन्छ । बेच्ने वा किन्ने बेला कुनै रोकावट छैन।

मनपरी ढङ्गले खाने गरिएको छ। एन्टिबायोटिक बनाउने, पूर्जामा लेख्ने, बेच्ने, किन्ने र खाने सबै क्षेत्रमा मनपरी छ। त्यसैले त विस्तारै हाम्रो शरीरमा रहेका रोगका जीवाणु बलियो हुँदै गएका छन्। 

यसको परिणामस्वरूप हामीलाई कुनै रोग लागेपछि एन्टिबायोटिक खाए पनि त्यसले काम गर्न छोड्दै गएको छ। एन्टिबायोटिक औषधिभन्दा जीवाणु बलियो हुँदै जानु भनेको चिकित्सा विज्ञान क्षेत्रकै लागि मात्र नभएर मानव जगत्कै लागि ठूलो चुनौती हो।

एन्टिबायोटिक औषधि सेवन गर्नु भनेको पक्कै पनि बदाम र भटमास खाएजस्तै पक्कै पनि होइन। तर विडम्बना देशका दूरदराजका मानिसहरूले मात्र नभएर सहरी क्षेत्रमा बसोवास गर्ने र पढे लेखेका व्यक्तिहरूले पनि कुन बेला, कति मात्र, कुन रोगको उपचारमा एन्टिबायोटिक सेवन गर्ने भन्ने राम्रो ज्ञान पाइँदैन ।

खानै पर्ने बिरामीले एन्टिबायोटिक खाँदा खासै ठूलो समस्या नहोला तर नखानु पर्नेले खादा समस्या देखिएको छ ।  सबै रोगको उपचारमा एन्टिबायोटिकले काम गर्दैन। तर समाजमा एउटा यस्तो भ्रम छ कि हरेक रोगको अचुक उपाय भनेको एन्टिबायोटिक हो। कोभिडको महामारीको बेला एन्टिबायोटिकले काम गरेन। सामान्य सिटामोलबाहेक अरू औषधिले काम नगरेको हामी सबैले अनुभवसमेत गरेको प्रमाणित तथ्य हो ।

तर पनि सङ्क्रमित भएकामध्ये आधा जति नेपालीले कुनै न कुनै प्रकारको एन्टिबायोटिक सेवन गरेको पाइएको पाटन अस्पताल जनरल प्रेक्टिस तथा इमरजेन्सी विभागमा कार्यरत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा आशिष श्रेष्ठ बताउँछन्।

नेपालमा एन्टिबायोटिकको प्रयोगसम्बन्धी नीति नै नभएको भने होइन । छ तर लागू गरिएको छैन । डा श्रेष्ठका अनुसार नियमअनुसार चिकित्सकको प्रिस्क्रिप्सन बिना कडा खालका एन्टिबायोटिक किनबेच गर्न पाइँदैन । तर व्यवहारमा लागू भएको पाइँदैन।

नेपाली समाजमा एन्टिबायोटिक औषधिप्रति जनताको विश्वास ठूलो छ । एन्टिबायोटिक जुनसुकै रोग पनि निको पार्छ भन्ने बलियो मनोविज्ञान छ समाजमा। त्यसैले सितिमिति अरू औषधिमा विश्वास गदैनन् बिरामी पनि। आयुर्वेदिक औषधिको प्रयोग कम हुनुमा यो पनि एक प्रमुख कारण हो ।

उपभोक्ता मलाई यो नामको एन्टिबायोटिक दिनुहोस् भन्दै फार्मेसी पुग्ने गरेका हुन्छन् । एन्टिबायोटिक बाहेकले मलाई ठीक हुँदैन भन्ने उनीहरूको विश्वास छ। जनचेतनाको अभावका कारण नेपालमा एन्टिबायोटिकको उपभोग बढेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा अर्जुन कार्की बताउँछन् ।

रोग चाँडो निको बनाउने होडबाजीका कारण पनि एन्टिबायोटिकको प्रयोग बढेकोमा विज्ञहरूको एक मत छ। रोग चाँडो निको पार्न बढी डोजको एन्टिबायोटिक दिने र लिने प्रवृति छ। जुन स्वास्थ्यका हिसाबले हितकार होइन।

यही होडबाजीले एक रुपैयाँको सिटामोल खाएर निको हुने रोगको लागि दसौं गुणा बढी मूल्य पर्ने एन्टिबायोटिक उपभोग गराइन्छ। यसरी अनावश्यक एन्टिबायोटिकको प्रयोगमा विभिन्न औषधि कम्पनीहरू र व्यापारीहरूको स्वार्थ पनि रहेको पाइन्छ।

चिकित्सकहरूका अनुसार रोग निको पार्न सधैं एउटै औषधिको प्रयोग भन्दा फरकफरक किसिमको औषधि प्रयोग गर्न राम्रो मानिन्छ। बिरामीलाई एउटा औषधिले निको नभए अर्को औषधि प्रयास गर्नु राम्रो चिकित्सकीय अभ्यास हो।

तर एकैचोटी हाइडोजको एन्टिबायोटिक दिँदा समस्या निम्त्याउँछ । जथाभावी एन्टिबोयोटिकको प्रयोग गर्दा मिर्गौला फेल हुने लगायतका शरीरका अन्य अङ्ग समेत फेल हुने अवस्था आउँछ । चिकित्सकहरुका अनुसार एन्टिबायोटिक नै रोगको पूर्ण निदान होइन।

एन्टिबायोटिक खाएपछि त्यसले शरीरमा संक्रमित ब्याक्टेरियालाई नष्ट गर्छ । यस हिसाबले कुन किसिमको ब्याक्टेरिया हो, त्यही आधारमा एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । यसको मात्रा, अवधि, समय सबैकुरा ख्याल गर्नुपर्छ।

यद्यपि जुनसुकै अवस्थामा एन्टिबायोटिक सेवन गर्छौ। यस किसिमको प्रयोगले शरीरमा भएका ब्याक्टेरियाले आफ्नो रक्षात्मक क्षमता बढाउँछ। कोषिका परिवर्तन गर्छ। यसलाई ‘ड्रग रेजिस्टेन्स’ भनिन्छ । यस्तो हुनु भनेको ठूलो जटिलता हो। जब शरीरमा ब्याक्टेरियाले आफ्नो कोषिका बदल्छ, तब औषधिको प्रभाव कम हुन्छ। रोग फेरि बल्झन्छ र त्यसले थप चर्को रुप लिन्छ।

एन्टिबायोटिकको विषयमा उपभोक्ता मात्र होइन स्वास्थ्यकर्मी र फार्मेसी सञ्चालकहरूमा समेत चेतना अभाव छ। कसरी हुन्छ एन्टिबायोटिक भिडाइ हाल्ने मनोविज्ञान उनीहरूमा पनि छ । 

एन्टिबायोटिक अत्यधिक प्रयोगले अहिले र पहिलेको तुलनामा एन्टिबायोटिकले काम नै गर्न छोड्दै छ। उदाहरणका लागि टाइफाइडमा प्रयोग हुने एन्टिबायोटिकले अहिले काम गर्न छोडेको छ । यो हाम्रो मात्र होइन, विश्वकै ठूलो समस्या हो।

विकसित देशहरूमा जथाभावी एन्टिबायोटिकको किनबेच हुँदैन । डाक्टरको प्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन। त्यहाँ नियम पालना कडाइका साथ हुन्छ। अनुगमन कडा हुन्छ । तर हाम्रो देशमा न त कडा नियम हुन्छ न त अनुगमन बलियो। त्यसैले यहाँ जनस्वास्थ्यमा माथि धनस्वास्थ्यको लडाइँ चलिरहेको छ । पैसा कमाउने निहुँमा जनताको स्वास्थ्य प्रयोगशाला भइरहेको छ। एन्टिबायोटिकको गुणस्तर माथि पनि विचार गर्नुपर्छ।

एन्टिबायोटिक उत्पादन गर्ने कम्पनीबाट त्यसको गुणस्तर निगरानी हुनु पर्छ । एउटै एन्टिबायोटिक धेरै कम्पनीले बनाउने गर्छन्। हाम्रो देशमा  पनि औषधि व्यवस्था विभागले औषधिको गुणस्तर परीक्षण गर्छ । एन्टिबायोटिकको गुणस्तरका विषयमा पनि विभागले हेक्का राख्नुपर्छ। 

एन्टिबायोटिकको जथाभावी प्रयोग एक पक्षको प्रयासले मात्र सम्भव हुँदैन। त्यसमा सबै पक्षको सहयोग, सहकार्य आवश्यक पर्छ। एन्टिबायोटिक बनाउने कम्पनी, एन्टिबायोटिक लेख्ने डाक्टर, बेच्ने फार्मेसी, किन्ने उपभोक्ता र  नियम कानुन बनाएर लागू गराउने सबैको उत्तिकै जिम्मेवारी हुन्छ।

एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्नका लागि जसले पनि किन्न पाउने नियम बन्द गर्नै पर्छ। राज्यले चाहेको खण्डमा एन्टिबायोटिकको प्रयोगमा भइरहेको बेतिथि रोक्न सक्छ । जस्तै उदाहरणको लागि नार्कोनन ड्रग्सबिना लाइसेन्स बेच्न पाइँदैन।

बिनाप्रिस्क्रिप्सन एन्टिबायोटिक बेच्न र किन्न पाइँदैन। किन्ने मान्छेको ठेगाना लेखेर प्रिस्क्रिप्सन लेख्ने डाक्टरको नेपाल मेडिकल काउन्सिलको नम्बरसमेत रेकर्ड राखेर बिक्री गरिन्छ । यसको जथाभावी प्रयोग रोकिएको छ ।

यसैगरी सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न बनाइरहेको नीति नियम कडाइका साथ पालना गरे रोक्न सक्छ। तर यसमा राज्यको इच्छा शक्ति चाहिन्छ। डाक्टरले लेख्ने प्रिस्क्रिप्सनको पनि अडिट गर्ने व्यवस्था गर्नुपर्छ।

कुन रोगको उपचार के औषधि सिफारिस गर्याे? जथाभावी एन्टिबायोटिक त लेखेन? भन्ने बिषयमा प्रिस्क्रिप्सन अडिट गर्ने प्रचलन चलाउनु पर्छ। जथाभावी लेख्ने लाई कारवाही गर्नुपर्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको उपचारात्मक महाशाखाले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत प्रयोग गरिने औषधि प्रिस्क्रिप्सनको अडिट गर्ने काम अगाडि बढाएको छ।  अरू रोगको उपचारमा पनि प्रिस्क्रिप्सन अडिट हुने व्यवस्था गर्नुपर्छ।

यसले जथाभावी एन्टिबायोटिक सिफारिस गर्ने चलन माथि पनि अङ्कुश लाग्न सक्छ । हरेक चिकित्सक आफ्नो पेसाप्रति, समाजप्रति र जनस्वास्थ्य माथि सबै जिम्मेवार हुनुपर्छ । एन्टिबायोटिक सिफारिस गर्ने चिकित्सक, बेच्ने फार्मेसी र किन्ने उपभोक्ता तिनै पक्षलाई जिम्मेवार नबनाएसम्म एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सकिँदैन। यसमा सबैको ध्यान जानु आवश्यक छ।

केही दिन पहिले औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिवायोटिकको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालाई अनुरोध गरेको थियो। विभागले एन्टिबोयोटिकको प्रयोगलाई न्यूनिकरण गर्न र नियन्त्रण गर्न प्रतिवन्ध लगाएको जनाएको थियो।

एन्टिबायोटिकको जथाभावी प्रयोगलाई रोक्ने अभिप्रायले नेपाल चिकित्सक सङ्घले विभिन्न नीतिगत तहमा पैरवी गर्ने गरेको थियो। विश्व स्वास्थ्य सङ्गठनले सन् २०५० सम्म यही तरिकाले एन्टीबायोटिकको गलत प्रयोग भएको अवस्थामा भविष्यमा एन्टीबायोटिकले सही तरीकाले काम गर्न सक्दैन भन्ने अनुमान गरेको छ ।

एन्टीबयोटिकको सही सदुपयोग गर्नु पर्छ भनेर विश्व स्वास्थ्य सङ्गठनलगायत स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले बारम्बार यस विषयलाई उठाइरहेका छन्।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:१७
##padmarajjoshi
प्रतिक्रिया दिनुहोस्
थप विचार
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं मंगलबार, मंसिर १९, २०८०
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या आइतबार, मंसिर १७, २०८०
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा आइतबार, मंसिर १७, २०८०
निराशाकाे दोष सङ्घीय व्यवस्थामाथि थोपार्नु हुँदैन : कांग्रेस नेता  निधि
निराशाकाे दोष सङ्घीय व्यवस्थामाथि थोपार्नु हुँदैन : कांग्रेस नेता निधि मंगलबार, मंसिर १२, २०८०
मानव सेवा नै सर्वोत्कृष्ट धर्म
मानव सेवा नै सर्वोत्कृष्ट धर्म मंगलबार, मंसिर ५, २०८०
सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांंसद मिजार
सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ : सांंसद मिजार मंगलबार, मंसिर ५, २०८०
दलभन्दा माथि उठन सकेन सदनको बहस
दलभन्दा माथि उठन सकेन सदनको बहस आइतबार, मंसिर ३, २०८०
तिहारमा खर्चको व्यवस्थापन
तिहारमा खर्चको व्यवस्थापन सोमबार, कात्तिक २७, २०८०
हामी नागरिकहरु कहिले र कहाँ बोल्न पाउँछौं सरकार ?
हामी नागरिकहरु कहिले र कहाँ बोल्न पाउँछौं सरकार ? आइतबार, कात्तिक १९, २०८०
लोकप्रिय
  • नंः १ सुत्केरी व्यथा लागेपछि पानसराले बाटोमै जन्माइन् बच्चा
  • नंः २ अटोचालक अनिता सारुको अनुभव : इमानदार भएर काम गरे जुनसुकै पेसाले पनि सन्तुष्टि दिने रहेछ
  • नंः ३ ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबर क्षति
  • नंः ४ उदयपुरकाे कटारी-१ कालीखोलाबाट जग्गा नापी शुरु
  • नंः ५ नामी साप्ताहिक
विचार
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं
ट्रेकिङमा चिसोको प्रभाव, सावधानी अपनाऔं NamiNews- नामीन्यूज
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या
अपाङ्गताबारे ऐन, कानुनको प्रभावकारी कार्यान्वयनमा समस्या NamiNews- नामीन्यूज
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
लभ बम्बिङ र लैङ्गिक हिंसाको पुनःपरिभाषा NamiNews- नामीन्यूज
सूचना-प्रविधि
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु
प्रहरी अनुरोध : भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु NamiNews- नामीन्यूज
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर
टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा १० वटा रिट दायर NamiNews- नामीन्यूज
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय
टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय NamiNews- नामीन्यूज
Krishi Samagri Company Limited Krishi Samagri Company Limited
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief Email: [email protected]
Nirman Chamling Rai Editor Contact No: 9840021942 Email: [email protected]
Follow us on Twitter
Nami News
© Nami News - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्