Top Navigation
  • Contact
Main Navigation
बिहीबार, भदौ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
  • Contact
  E-paper
Nami News
Nepal Rastra Bank
बिहीबार, भदौ २५, २०८३
  • Nami News गृहपृष्ठ
  • राजनीति
  • विजनेश
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • विश्व परिवेश
  • सम्वाद
Search Here
राजनीति
  • Home
  • राजनीति
  • विपद्को समयमा जनताको जीउधन भन्दा ठूलो अरु नहुने : अध्यक्ष दाहाल
विपद्को समयमा जनताको जीउधन भन्दा ठूलो अरु नहुने : अध्यक्ष दाहाल
NamiNews- नामीन्यूज
NamiNews- नामीन्यूज मंगलबार, असार ८, २०७८

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएको छ। 

जिल्ला प्रशासन कार्यालय चितवनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विपद्मा राजनीति भन्दा ठूलो जनता हुने बताएको हो।

बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने अध्यक्ष प्रचण्डको भनाइ थियो। 

अध्यक्ष प्रचण्डले भने, “विपद्मा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।” अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्रथामिकता भएको बताएका हुन्। 

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताए । 

नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको अध्यक्ष प्रचण्डको भनाई थियो।अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उनले नारायणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिए।   

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले भने, “निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन्। ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ।”

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गरे। उनले भन, “चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ।” कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा विपद्को अवस्थाको बारेमा जानकारी गराएको थियो। 

कोरोना कहरदेखि बाढी पहिरोको अवस्थाका बारेमा जानकारी गराउँदै लामिछानेले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताए । उनले भने, “वाढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ।” खोज तथा उद्धारका लागि आवश्यक सामग्री अपुग रहेको उनको भनाई थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोरोना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिए। 

नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरु योजना अनुसार वजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकिएको बताए । 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  २२:३३
##PushpaKamalDahal
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
महाविपत्तिमा कमजोर सरकार
महाविपत्तिमा कमजोर सरकार बिहीबार, भदौ १८, २०८३
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ?
गणतन्त्रमा बदलिएको शासकको अदृश्य हतियार के हो ? शनिबार, भदौ १३, २०८३
बालेनको मुस्ताङ यात्रामा किन शंका ?
बालेनको मुस्ताङ यात्रामा किन शंका ? सोमबार, भदौ ८, २०८३
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता
जेन–जी आन्दोलनमा ध्वस्त प्रमुख ऐतिहासिक संरचनाको पुर्ननिर्माणमा सरकारको बेवास्ता आइतबार, भदौ ७, २०८३
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ? 
किन कांग्रेस क्रियाशील सदस्यतामा जहिल्यै विवाद ?  शुक्रबार, भदौ ५, २०८३
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु
मन्त्रीपरिषद् बैठकले गरेको महत्वपूर्ण निर्णयहरु बिहीबार, भदौ ४, २०८३
जनताको अधिकारको पक्षमा प्रचण्ड
जनताको अधिकारको पक्षमा प्रचण्ड बुधबार, भदौ ३, २०८३
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ?
सभामुखको ‘अन्तिम अस्त्र’,  किन प्रधानमन्त्रीमाथि संसदीय दबाब बढ्यो ? मंगलबार, भदौ २, २०८३
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ? 
देउवा कांग्रेसको धर्मनिरपेक्षतासम्बन्धी धारणा बदल्ने संकेतः सहि की गलत ?  सोमबार, भदौ १, २०८३
लाेकप्रिय समाचार
  • नंः १ भोटेकोशी बाढी प्रभावितका लागि व्यवसायी प्रयास कार्कीको ६ लाख ६६ हजार ६६६ रुपैयाँ सहयोग
  • नंः २ आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
  • नंः ३ साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
  • नंः ४ नामी साप्ताहिक
  • नंः ५ महाविपत्तिमा कमजोर सरकार
विचार
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता
आजको आवश्यकता आपसी सद्भाव र राष्ट्रिय एकता प्रज्ज्वल घिमिरे
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ
साससँग स्वार्थी भए पनि, लाससँग त मानवता देखाऊ शारदा बजगाईँ
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति
चरित्र र स्वभावले पैदा गरेको परिस्थिति प्रज्ज्वल घिमिरे
सूचना-प्रविधि
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा
प्रियंका कार्कीको सहभागीतामा, मोटोरोला एज ७० फ्युजन बजारमा NamiNews- नामीन्यूज
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक
स्मार्ट सुविधासहित रेड्मी वाच-६ सिरिज सार्बजनिक NamiNews- नामीन्यूज
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक
शाओमी वाच एस फाईब स्मार्ट वाच सार्वजनिक NamiNews- नामीन्यूज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Sanchar Media Group Pvt. Ltd.

Lalitpur Metropolitan City-5, Nepal
URL: www.naminews.com
Post Box : No. 5052 , Kathmandu, Nepal
DOI Nepal Reg No. : 2780/2078-079

Marketing

Email: [email protected]
Contact Number: 977-01-5121231,9860007071

News

Email: [email protected]
Office No: 01-5121231,9860007071
Team
Narayan Rai Editor in Chief
Email: [email protected]
Bidur Katuwal Executive Editor
Nirman Chamling Rai Editor
Contact No: 9840021942
Email: [email protected]
© 2026 Nami News. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्